
- प्रनिश थापा / अर्थ सरोकार डटकम
काठमाण्डौ – खोला तथा नदीहरुबाट निर्माण सामग्री निकाल्न नपाउँदा चितवनको विकास नै प्रभावित हुने भएको छ । विशेष गरी खोलाहरु बन्द हुँदा चितवनको सडक निर्माणको काम प्रभावित भएको छ । निर्माण व्यवसायी संघका अध्यक्ष होमकुमार शर्माले चितवनका सबै खोलाहरु बन्द रहेको हुँदा त्यहाँबाट निर्माण सामग्री ढुंगा, माटो, बालुवा, गिट्टी निकाल्न नपाएको बताए ।
सडक निर्माण गर्न धमाधम टेण्डरहरु खुलाएको छ, तर नदी तथा खोलाहरु बन्द छन् । अनि कसरी निर्माणको काम समयमै सकिन्छ रु’ संघका अध्यक्ष शर्माले भने, ‘खोलाहरु बन्द भएका कारण चितवनको ५० प्रतिशत पुँजी गत खर्चको विकास बजेट फ्रिज हुने अवस्था देखिन्छ । यसले चितवनको विकासलाई नै प्रभावित पारेको छ ।
निर्माण व्यवसायीहरुले हाल चितवनको लोथर खोला, कयर खोला र खगेरी खोला बन्द भएको बताए । ‘सडकलाई चाहिने ढुंगा, बालुवा, गिट्टी हो, त्यो नै बन्द भए पछि कसरी विकासका कामहरु अघि बढ्न सक्छ रु’ निर्माण व्यवसायी संघका उपाध्यक्ष उमानन्द कँडेलले भने, ‘खोलाहरु बन्द हुँदा चितवनको समग्र विकास पछाडि धकेलिएको छ ।
एक वर्षमा सम्पन्न हुने काम खोलाहरु बन्द हुँदा तीन वर्षमा सकिएको छैन । काम सम्पन्न नहुनुको कारण खोजिन्न । निर्माण व्यवसायीलाई दोष लगाइन्छ ।’डिभिजन सडक कार्यालयका इन्जिनियर वसन्त गाँईका अनुसार खोलानाला निकासी बन्द हुँदा सडक निर्माणको सबै आयोजनाहरु केही न केहीमात्रामा प्रभावित भएको छ । ‘खोलानाला बन्दले सबै सडक निर्माणको काम समयमै नसकिने अवस्था देखिएको छ’ इन्जिनियर गाँईले भने, ‘जिल्ला विकास समितिले खोलाहरु खुलाए देखि समयमै काम नसक्ने निर्माण व्यवसायीलाई भन्ने ठाउँ हुने थियो ।
अहिले त भन्ने ठाउँ नै छैन ।’खोला तथा नदीजन्य सामग्री निकाल्न नपाउँदा चितवनमा ६९ वटा सहरी सडक योजना, ६५ वटा क्षेत्रीय सडक योजना र एक निर्वाचन क्षेत्र, एक सडकको ५ वटा ठूलो आयोजना प्रभावित भएको छ । डिभिजन सडक कार्यालयका प्रवक्ता गजेन्द्र बहादुर चन्दले निर्माण सामग्री उपलव्ध नभएसम्म सडकको कालोपत्रेको कार्य अगाडि बढ्न नसक्ने बताए । उनले भने, ‘सडक निर्माणको लागि टेण्डर आह्वान भइरहेको छ, तर निर्माण सामग्री नपाउँदा समयमै काम सकिएको छैन ।’
खोला बन्द होइन ।यता, प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टले खोलाहरु बन्द नभएको बताए । ‘नीति नियममा बस्नुपर्दा खोलाहरुमा एक्जाभेटर चलाउन रोक्न परेको हो, तर खोला नै बन्द गरिएको होइन’ प्रजिअ भट्टले भने, ‘वातावरणीय प्रभाव मूल्याङ्कन प्रतिवेदनले वातावरणलाई ह्रास ल्याउने तरिकाले निकासी नगर्न भनेको छ, त्यसैले एक्जाभेटर चलाउन रोक लगाइएको हो । उनले देशभर नै यो समस्या रहेको बताए ।
यस विषयमा स्थानीय लेभलमा छलफल चलाएर विकास लाई प्रभावित नपार्ने गरी अघि बढ्ने बताए । टेण्डर खोलेका छौँ ।जिल्ला विकास समितिले खोला तथा नदीजन्य सामग्री निकाल्नको लागि विभिन्न खोलाहरुको टेण्डर खोलेको छ ।
जिल्ला विकास समितिले लोथर, खगेरी, नारायणी र त्रिशुलीको टेण्डर खुलाएको जिल्ला विकास समितिका लेखापाल खडानन्द घिमिरेले बताए । उनका अनुसार टेण्डर खुलेको १५ दिन बढी भइसक्यो । ‘टेण्डर प्रक्रिया मा चलेका खोलाबहरुबाट अहिले निकासी हुने कुरा त भएन । टेण्डरको मिति सकिएपछि जस लाई टेण्डर पर्छ, उसैले सम्झौता बमोजिम निर्माण सामग्री निकाल्न पाउँछ’ लेखापाल घिमिरेले भने, टेण्डरको मिति यही महिनाभित्र सकिन्छ ।’
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्