
- रामु खनाल, सेयरबजार विश्लेषक
सेयर बजारमा शेयर कहिले किन्ने कहिले बेच्ने भन्ने कुरामा सबैको आ-आफ्नै रणनीति हुन्छ । कोहि कम्पनीले दिने लाभाशको आधारमा आफ्नो लगानी रणनीति बनाउछन् । कोहि बजारमा आउने उतार चढावको आधारमा आफ्नो लगानी रणनीति बनाउछन् । कोहि समयको आधारमा आफ्नो लगानी रणनीति बनाउछन् । जसले जसरि लगानी रणनीति बनाए पनि लगानीकर्ताको मुख्य उदेश्य भनेकोनै सेयर बजारबाट नाफा आर्जन गर्नु हो, शेयर बजार बाट फाइदा लिनुनै हो ।
जसले समयको आधारमा आफ्नो लगानी रणनीति बनाउछ, उ उपयुक्त समयमा बजारमा छिर्छ र उपयुक्त समयमानै बजारबाट बाहिर निस्किन्छ । अत यसको लागि लगानीको उपयुक्त समय छनौट गर्नुपर्छ । जहिले पनि बजार घटेको बेलामा बजारमा पस्ने र बजार बढेको बेलामा सबै सेयर बिक्री गरेर पोको पारी बजारबाट बाहिरिनुपर्छ । लगानीकर्ताको ध्यान जहिले पनि शेयर बजारबाट धेरैभन्दा धेरै शेयर जम्मा गर्नेतर्फ भन्दापनि शेयर बजारबाट धेरै भन्दा धेरै पैसा जम्मा गर्ने तर्फ लाग्नुपर्छ ।
जसले समयको आधारमा आफ्नो लगानी रणनीति बनाउ छ उसले बिगतका बर्षहरुको शेयरबजारको ट्रेन्डपनि हेर्नुपर्छ । प्राय कुन समयमा वा कुन महिनामा शेयर घट्छ र कुन समयमा वा कुन महिनामा शेयर बढछ । बिगतको इतिहासलाइ हेर्ने हो भने अधिकाश बर्षहरुमा फाल्गुण, चैत्र महिनामा शेयर घट्ने र श्रावण भाद्र महिना तिर बजार बढ्ने गरेको देखिन्छ । यदि समयको आधारमा आफ्नो लगानी रणनीति बनाउने हो भने यहि घटने महिनातिर शेयर बजारमा लगानी गर्ने र श्रावण भाद्रतिर बजार बढेको बेलामा अहिले लगानी गरेको लगानीको आम्दानी लिनुपर्छ ।
फाल्गुण, चैत्र सम्ममा अधिकाश कम्पनीहरुले दिनु पर्ने लाभाश दिई सक्ने भएकोले यो समयमा बजार घट्ने भएकोले न्यून मुल्यमा शेयर पाइन्छ । अत: फाल्गुण चैत्रमा शेयर बजारमा प्रवेश गर्न उपयुक्त समय मानिन्छ । श्रावण, भाद्र तिर अधिकाश कम्पनीहरुले आफ्नो वित्तीय विवरण प्रकाशन गर्ने एवं लाभाश घोषणा गर्ने हुदा उक्त समयमा राम्रो कम्पनीहरुको शेयर मुल्य उच्च हुने गर्छ ।
अत: उक्त समयमा अहिले गरेको लगानीको नाफा लिन सकिन्छ । जहिले पनि उपयुक्त समयमा बजारमा छिर्नुपर्छ र उपयुक्त समयमानै बजारबाट बाहिरिनुपर्छ । शेयर बजारमा बढेको बेलामा कहिल्यैपनि अधिक लोभ गरी बजारमा झुण्डीरहनु हुदैन । यसरी झुण्डीरहनु भनेको आत्मघाती गोल गरे सरह हो । जसको कारण लोभले लाभ लाभले बिलाप गराउछ । जहिलेपनि शेयर किन्ने समयमानै आफ्नो नाफाको अनुमानित बिन्दुको आँकलन गरि शेयर किन्नुपर्छ र उक्त अनुमानित बिन्दु आयो कि धेरै लोभ नगरी शेयर बिक्रि गरी बजारबाट बाहिरिनुपर्छ ।
अन्य ठाउँमा “अबसर आउछ, पर्खिदैन” भनिन्छ तर शेयर बजारमा भने अबसरहरु आइरहन्छन् , एउटा गए अर्को आउछ । शेयर बजारको घातक रोग भनेकोनै अधिक डर र अधिक लोभ । शेयर बजारको मूलमन्त्र भनेको नै ‘घटेको बेलामा बजारमा पस , बढेको बेलामा सबै शेयर बिक्रि गरि बजारबाट बाहिर बस । ‘ शेयर बजारबाट धेरैभन्दा धेरै शेयर जम्मा गर्ने रणनीति बनाउनु भन्दापनि धेरै भन्दा धेरै पैसा जम्मा गर्ने रणनीति बनाउनुपर्छ। बर्ष भरिको महिनाको हिसावबाट हेर्दा अधिकाश बर्षहरुमा फाल्गुण चैत्रमा बजार न्यून हुने र श्रावण भाद्रतिर उच्च हुने गरेको देखिन्छ ।
यसैले समयको आधारमा लगानी रणनीति बनाउनेहरुको लागि फाल्गुण चैत्र शेयर बजार प्रवेशको लागि उपयुक्त समय मानिन्छ । त्यसैले त समयको आधारमा आफ्नो लगानी रणनीति बनाउनेहरु भन्ने गर्छन् , ‘शेयर बजार फाल्गुण चैत्रको लगानी, श्रावण भाद्रको उब्जनी’
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्