
- रामु खनाल, शेयरबजार विश्लेषक
अन्य कुराहरु सामान्य रहेमा भन्ने अर्थशास्त्रीय मान्यता अनुरुप इतिहास दोहोरिन्छ भन्ने आधारमा हिजोको बजारमा रहेको मुभमेन्टको आधारमा आज र आजको बजारको मुभमेन्टको आधारमा भोलिको बजारमा अर्थात बिगतको डाटा आधारमा भबिष्यमा हुन सक्ने बजारको परिबर्तन वा कुनै कम्पनीको शेयरको मुल्यमा हुनसक्ने परिबर्तनको बिभिन्न प्राबिधिक औजारहरुको सहयोगबाट पूर्वानुमान गर्ने, विश्लेषण गर्ने तरिका एवं विधिलाई शेयर बजारमा प्राबिधिक विश्लेषण भनिन्छ ।
नीतिगत परिवर्तन, राजनीतिक परिवर्तन, गोप्य सूचनाहरुको चुहावट ,मास साइकोलोजीमा हुने परिवर्तन लगायतका कारणहरुबाट बजारमा हुन सक्ने परिबर्तनहरुको मापन प्राबिधिक विश्लेषण बाट गर्न सकिदैन । सबै कुराहरु सामान्य एवं स्थिर रहेको अवस्थामामात्र , हिजो जस्तो थियो आजपनि त्यस्तै हुन्छ , आज जस्तो छ भोलि पनि त्यस्तै हुनेछ अर्थात इतिहास दोहोरिन्छ भन्ने मान्यताको आधारमा मात्र सेयर बजारमा प्राबिधिक विश्लेषणले काम गर्छ, अन्यथा गर्दैन । प्राबिधिक विश्लेषण गर्नको लागि धेरै किसिमका औजारहरूको प्रयोग गरिन्छ । बिभिन्न औजारहरु मध्ये एक Relative Strength Index (RSI) पनि एक औजार हो । यसबारेमा केहि चर्चा गरिदैछ ।
सामान्यतया कुनैपनि कम्पनीको दुइ हप्ताको कारोबारमा भएको मुल्यमा भएको वृद्धि एवं गिरावटको आधारबाट बजारमा कम्पनीको अवस्थिति के कस्तो छ, खरिद चाप के छ , बिक्रि चाप के छ भनी हेर्ने विश्लेषण गर्ने सेयर बजारको एक Technical Tools हो Relative Strength Index (RSI) । कुनै कम्पनीको RSI निकाल्नुभन्दा पहिला उक्त कम्पनीको RS निकाल्नु पर्छ । RS पत्ता लगाउनको लागि दुइ हप्ताको अबधिमा कुनै कम्पनीको मुल्यमा वृद्धि भएको छ भने हरेक दिनको मुल्य वृद्धि भएको रकमको अगाडी + चिन्ह राखी मुल्यवृद्धि भएको रकम लेखि राख्ने । दुइ हप्ताको अबधिमा कुनै कम्पनीको मुल्यमा गिरावट भएको छ भने हरेक दिनको मुल्यमा भएको गिरावट भएको रकमको अगाडी – चिन्ह राखि रकम लेखि राख्ने राख्ने ।
हरेक दिनको डाटाको लागि उक्त दिनको क्लोज भ्यालु लिनु पर्छ । अब दुइ हप्ताको अबधिमा भएको मुल्य वृद्धिलाई र मुल्यमा भएको गिरावटलाई अलग अलग जोडी १४ ले भाग गर्ने । यसो गर्दा औसत दिनको मुल्यवृद्धि अर्थात फाइदा र औसत दिनको मुल्यमा भएको गिरावट नोक्सान निस्किन्छ । अब औसत फाइदा अर्थात औसत मुल्य वृद्धि लाई औसत गिरावट अर्थात औसत घाटाले भाग गर्ने । यसरी आएको अंकलाई नै RS भनिन्छ । अब RS लाइ निम्न सूत्रमा राखि RSI निकाल्ने।
Relative Strength Index (RSI) = 100 – 100 / 1+RS
यसरी क्यालकुलेसन गर्दा Relative Strength Index (RSI) को भ्यालु जहिले पनि 0 देखि १०० बिचमा आउछ ।
Relative Strength Index (RSI) विश्लेषण गर्ने तरिका :
यदि RSI को भ्यालु ७० भन्दा माथि आएको छ भने उक्त कम्पनीको शेयर अधिक खरिद अर्थात Over Purchase गरिएको छ भनी बुझ्नु पर्छ । अव उक्त कम्पनीको शेयर कुनै पनि बेला घटन सक्छ भनी बुझ्नुपर्छ । अत: यस्तो अवस्थामा उक्त कुनै कम्पनीको सेयर किन्दै नकिन्ने रबरु आफु संग भएको सबै शेयर बिक्रि गरिहाल्ने ।
यदि RSI को भ्यालु ३० भन्दा कम आएको छ उक्त कम्पनीको शेयर अधिक बिक्रि गरिएको छ भनि बुझ्नुपर्छ । अव उक्त कम्पनीको शेयर कुनै पनि बेला बढ्न सक्छ भनी बुझ्नुपर्छ । अत: यस्तो अवस्थामा उक्त कुनै कम्पनीको शेयर खरिद गर्नुपर्छ ।
कुनैपनि कम्पनीको Relative Strength Index (RSI) को भ्यालु ७० को हाराहारिमा आएको छ भने उक्त कम्पनीको शेयर नकिन्ने आफुसंग भएको शेयर बिक्रि गर्ने र यदि Relative Strength Index (RSI) को भ्यालु ३० को हाराहारिमा आएको छ भने अब उक्त कम्पनीको मुल्य वृद्धि हुने सम्भावना अधिक रहेको छ भन्ने बुझेर खरिद गर्ने । Relative Strength Index (RSI) हेर्न तथा विश्लेषण हेर्न रेखा चित्रको सहायताबाट गर्न सकिन्छ । सेयर बजारमा प्राबिधिक विश्लेषण गर्नको लागि बिभिन्न सफ्टवेयरहरुको निर्माण भैरहेका छन् । यस्ता बजारमा किन्न तथा डाउनलोड गर्न पनि सकिन्छ । म्यानुअलबाट भन्दापनि सफ्टवेयरको सहायताबाट हेर्न तथा विश्लेषण गर्न निकै सजिलो हुन्छ ।
र अन्त्यमा , चाहे तपाई आधारभूत तरिकाबाट विश्लेषण गर्नुहोस् वा प्राबिधिक तरिकाबाट विश्लेषण गर्नुहोस वा अन्य कुनै तरिकाबाट विश्लेषण गर्नु होस् हेर्नु होस् तर नाफा हुने शेयरमा मात्र लगानी गर्नुहोस् । तपाई आफैनै सेयर बजारको ठुलो ज्ञाता हो , तपाई आफैनै शेयर बजारको ठुलो विश्लेषक हो । तपाइको मननै तपाइको सबै भन्दा ठुलो गुरु हो ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्