×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नारायणीका सञ्चालकलाई उन्मुक्ति नै उन्मुक्ति !

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

नारायणीका सञ्चालकलाई उन्मुक्ति नै उन्मुक्ति !

Artha Sarokar

९ चैत्र २०७३, बुधबार

पढ्न लाग्ने समय: ३ मिनेटभन्दा कम

काठमाडौं । ०५७ सालमा स्थापना भएर राम्रै कारोबार गरिरहेको नारायणी विकास बैंक सञ्चालकहरूको लापरबाहीका कारण धराशायी बन्दै गएको छ । ०६८ सालसम्म ४ सय प्रतिशतभन्दा बढी लाभांश वितरण गरेको उक्त संस्था ०६९ देखि ओरालो लाग्न थालेको बताइन्छ ।
०६९ देखि भने नेपाल राष्ट्र बैंकका कर्मचारीहरूसँग मिलेमतो गरी सञ्चालक समितिका सदस्यहरूले वार्षिक साधारण सभा नै नगरी सुधारात्मक कारबाहीका नाममा संस्था धराशायी पार्दै लगेको बताइन्छ । त्यसयता बैंकलाई समस्याग्रस्त हुँदै खारेजीको संघारसम्म पु¥याई लगानीकर्तालाई अन्यायमा पारेको एक सेयर सदस्यले बताए । बैंकको यस्तो अवस्था उत्पन्न हुनुमा नियमनकारी निकायकै मिलेमतो रहेको आरोप पनि ती लगानीकर्ताले लगाए । 
समयमै साधारण सभा गर्दै सञ्चालक परिवर्तन गरेको भए पुँजी वृद्धि भई संस्था सुचारु हुन सक्ने थियो । तर, आपसी मिलेमतोमा ढुकुटीको रकम कर्जा असुली देखाई अपचलन गर्ने र एकजनालाई मात्र तमसुक गराई अन्य अपराधीले बैंकिङ कसुरका मुद्दा अदालतमा विचाराधीन हुँदाहुँदै सञ्चालकको हैसियतले कार्य गरिरहनुका साथै बैंक सञ्चालन गर्नुभन्दा पनि त्यहाँ भएका सम्पत्ति कसरी आफ्नो कब्जामा लिने भन्ने ध्यानमा लागेको बताइन्छ । सञ्चालकहरूले विचारधीन मुद्दाको प्रमाण
लोप गराउनेदेखि राष्ट्र बैंकसमेतलाई प्रभावमा पारेर काम भइरहेको आरोप छ । सञ्चालकहरूले विगत १३ वर्षदेखि कर्जा समितिका अधिकारीहरूले गरेको अनियमितता र समस्याग्रस्त भइसकेपछि पनि ती अनियमित कर्जालाई राफसाफ पार्ने, बैंकिङ कसुर लागेका तिनै सञ्चालकको कर्जालाई ब्याजछुट गर्नेलगायतको काम राष्ट्र बैंकको प्रत्यक्ष संलग्नतामा हुँदै आएको बताइन्छ ।
तिनै बैंकिङ कसुर लागेका र पुनरावेदन अदालत हेटौंडाको आदेशमा धरौटीमा छुटेर तारेखमा मुद्दा खेपिरहेका व्यक्तिहरूबाटै सञ्चालकका हैसियतले नियमित काम भइरहेकाले अनियमितता र मनपरी बढेको हो । आफ्ना तर्फका सबै कर्जाको ब्याज मिनाहा गरिसकेपछि मात्र खारेजीमा लैजाने प्रक्रिया राष्ट्र बैंकका अधिकारीहरूको प्रत्यक्ष संलग्नतामा भइरहेको बैंक स्रोतले बतायो ।
सेयर होल्डरहरूले समयमै साधारण सभा गराउन कम्पनी रजिस्ट्रारको कार्यालय, अदालत र नेपाल राष्ट्र बैंकलाई गुहार्दा पनि सञ्चालकहरूले नटेरेको बताइन्छ । तिनै बैंकिङ कसुर लागेका व्यक्तिको इसारामा राष्ट्र बैंकले वास्तविक अपराधीलाई उम्काउने, नाम मात्रको ऋणीलाई दण्डीत गर्ने किसिमले पुनरावेदन अदालत हेटौंडामा मुद्दा दायर गरी ठाडो अन्यायको चपेटामा पारेको बताइन्छ ।
केन्द्रीय अनुसन्धान ब्युरोले राष्ट्र बैंककै प्रांगणबाट पक्राउ गरी अदालत पेस गरेका व्यक्तिसँग राम्रो आम्दानीको सेटिङ मिलाएर न्यूनतम धरौटीमा छुटाई उन्मुक्ति दिलाउन सफल हुनु र पुनः बैंक सञ्चालकको जिम्मा दिनुले विषय रहस्यमय रहेको बताइन्छ । बैंकिङ कसुरमा रहेको व्यक्तिलाई पुनः सञ्चालकमा पठाई ३ करोड रुपैयाँ जति ब्याज मिनाहा गरी संस्थालाई अझ बढी सञ्चालकहरूले नै धराशायी पारेको बताइन्छ ।
बैंकलाई पुनः सञ्चालनमा ल्याउन र अनियमित कार्यलाई नियन्त्रण गर्न आवश्यक सल्लाह सुझावसहित ऐनकानुनअनुसार कार्य गराउन कानुनी सल्लाहकारका रूपमा बालकृष्ण ढकाल र कम्पनी सचिवको पदमा गोविन्दकुमार श्रेष्ठलाई नियुक्त गरिएकामा उनीहरूले पनि बैंक सुधार्नेभन्दा पनि तलबभत्ता बुझ्ने काम मात्र गरिरहेको बताइन्छ । प्रचलित ऐनकानुन मिचेर बैंकका नाम मात्रका ऋणीहरू सरोजकुमार पोखरेल र हरिचन्द्र सुवेदीको कर्जा राफसाफ गर्ने बहानामा वारेसनामा अधिकृत राकेशकुमार कर्माचार्यको नाममा लिन लगाई झेलखेल गरेको आरोप छ ।
कर्माचार्यको नाममा लिन लगाई धितो राखेको जग्गा आंशिक रूपमा फुकुवा गरी बिक्रीसमेत हुँदा र सो जग्गा बिक्रीबापत प्राप्त रकम बैंकको कर्जाबापत नबुझाई अति न्यून रकम मात्र बुझाई अत्यधिक रकम सञ्चालकहरूले हिनामिना गरेको थाहा भएको छ ।
यति धेरै अनियमिता हुँदा पनि पछिल्लो समय बैंकका सञ्चालक राजेश कर्माचार्यका भाइ भएकै नाताले राकेश कर्माचार्यमाथि कुनै कारबाही भएको छैन । ऐनमा एकाघरका परिवारले कर्जा लिन नपाउने व्यवस्था हुँदाहुँदै एकापरिवारका पिता कृष्ण कर्माचार्य, भाइ राकेश कर्माचार्य र बुहारी शान्ता श्रेष्ठले लिएको कर्जा र ब्याज हालसम्म पनि नतिरेर बसिरहेको बताइन्छ । बुधबार साप्ताहिकका अनुसार अन्य सेयरहोल्डरहरूले यसबारे छानबिन गर्न माग राख्दा पनि नियमनकरी निकायसमेत रमिते बनेर बसेको बताइन्छ ।
बैंकले विगत ६ वर्षयता आफ्नो साधारण सभा नगरेर कुनै पनि प्रतिवेदन नबुझाएकोमा समस्याग्रस्त घोषणा गरिदिएर राष्ट्रबैंक पन्छिन नमिल्ने सेयर सदस्यहरूको भनाइ छ । ऐननियमअनुसार नियमित कार्य गर्न नसक्ने सञ्चालकहरूलाई वित्तीय अपराधको कार्य गर्न नियमितता दिनुले नियमनकारी निकायका कर्मचारीको नियतमा समेत खोट रहेको बताइन्छ ।
राष्ट्र बैंकको प्रतिवेदनले पुनरावेदन अदालतमा बैंकिङ कसुरमा मुद्दा चली धरौटी तारेखमा छुटी मुद्दा खेपिरहेका उत्तमप्रसाद दाहाललाई कार्यवाहक अध्यक्ष तथा धीरेन्द्र मैनाली, गोपाल कर्माचार्यलगायतलाई सञ्चालकमा राखी कार्य गरिहनुले उनीहरूको नियत प्रस्ट हुँदै गएको बताइन्छ । – बुधबार साप्ताहिकमा खबर छ । 
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी