
- सुर्य बहादुर बस्नेत
आधा शताब्दीभन्दा अघि अमेरिका व्यापार मन्दीले पूर्णतः धराशायी अवस्थामा पुगेको थियो । उत्पादन स्वात्तै घटेको थियो । एक चौथाइ कामदारहरु बेरोजगार भए । धेरै विद्यालयहरु बन्द भए । न्युयोर्कका कैयो विद्यालयका बालबच्चा कुपोषणले ग्रस्त भए । ३ करोड भन्दा बढी मानिसहरु कुनै पनि आम्दानी नहुने अवस्थामा पुगे । यस्तो सङ्कटपूर्ण अवस्थामा राष्ट्रपति फ्राङ्कलिन रुजवेल्टले देशवासीलाई रेडियोमार्फत् सम्वोधन गर्दै भने ‘भगवानको कृपा छ’, हाम्रा कठिनाइहरु सांसारिक वस्तुको चाहानाले मात्र भएका हुन् ।
अन्याय र अत्याचारले जुनसुकै समाजलाई निराशातर्फ अग्रसर गराउँछ । नैतिक मान्यता हराएको जुनसुकै समाज विनाशतर्फ अग्रसर हुन्छ । हामीले इतिहासमा देखेका छौँ । सबै असफलता नैतिक असफलताबाट सुरु भएका छन् ।
परिवर्तन निरन्तर भैरहन्छ, हामीले चाहेर पनि नचाहेर पनि परिवर्तन हुन्छ । सन् १९८८ मा विद्यालयमा निरीक्षण गरिँदा सोधिएको थियो कि तपाईंका विद्यार्थीहरुको मुख्य समस्या के हो ? तेतिवेलाका शिक्षकहरुको उत्तर थियोकी गृहकार्य नगर्ने, सम्पत्तिको रक्षा नगर्ने, किताबको जतन नगर्ने, बत्ती ननिभाइकन झ्यालढोका नलगाइकन हिँडिदिने, कक्षामा थुकका फोका निकाल्ने आदि इत्यादि थिए भने त्यही प्रश्न ३० वर्षपछि सोध्दा उत्तर फरक थियो । अहिलेका हाइ–स्कूलका विद्यार्थीका समस्याहरु फरक हुन थालेका छन्, जस्तो कि गर्भपतन, एड्स, ब्यभिचार, लागु औषध, हिंसात्मक व्यवहार, विद्यालयमा चक्कु, छुरा बोकेर जाने, जतिवेलापनि मोवाइलमा फेसबुक, गेम आदि–इत्यादि रहेका छन् ।
युवा पुस्ता नैतिक रुपमा गैरजिम्मेवार बन्दै गएकोमा हामीलाई चिन्ता छ, उनीहरुको व्यवहारले कस्तो परिणाम ल्याउने हो, उनीहरुलाई दोष दिनु अगाडि त्यसबारे निक्र्यौल गरौं । मूल्य र असल गुण वंशानुगत कुरा होइनन्, ति सिक्नपर्ने कुरा हुन् । हामीले आउँदो पुस्तालाई प्रभावित गर्ने हो भने हाम्रा प्राथमिकताहरु सहि हुनुपर्दछ । काम विनाको सम्पत्ति, चेतनाविनाको आनन्द, चरित्रविनाको ज्ञान, नैतिकताविनाको व्यवसाय, मानवियता विनाको विज्ञान, सिद्धान्तविनाको राजनीति यी सबै कुराहरुले मूल्यको अभाव दर्शाउँछ ।
हाम्रो काम विगतलाई दोष दिनु होइन, बरु भविष्यको मार्ग निश्चित गर्नु हो । जिवनमा असल मूल्य मान्यता स्थापित गर्न दह्रो अठोटको आवश्यकता पर्दछ । अठोटले आवश्यकताहरुबिच व्यवस्था र असुरक्षाहरुकाबिच सुरक्षाको प्रत्याभुति गर्छ । सकारात्मक अठोट भरोसा, भरपर्दोपन, निश्चितता, निरन्तरता, अरु प्रति ख्याल गर्ने, सहानुभुति, कर्तव्यपालन, इमान्दारीता, चरित्रवान, निष्ठा, बफादार जस्ता अठोट भएका व्यक्तिहरुले राम्रो समाज निमार्ण गर्न सक्छन् ।
कडा परिश्रमले मानिसलाई पैसाको महत्व सिकाउँछ । सबै कामको प्रतिफल पैसामा पाउँन सकिदैँन । हामी सबै कुनै न कुनै उदेश्यले यस संसारमा आएका छौं । हामी यो बृहद संसारको एक अङ्श हौं । त्यसैले हामीले निष्ठा, नैतिकता र सहनशिलता जस्ता मूल्य र मान्यतालाई अँगाल्दै सम्वृद्ध राष्ट्र निमार्णमा लाग्नु पर्दछ । अत्यन्तै पपुलर पूर्विय दर्शन छ तपाइसँग एक वर्षको दुरदर्शिता छ भने फुल लगाउनुहोस्, तपाइसँग दश वर्षको दुरदर्शिता छ भने रुख लगाउनुस् । यदि तपाइसँग असिमित दुरदर्शिता छ भने मानिसलाई शिक्षित बनाउनुस् ।
(लेखक नयाँ शक्ति पार्टी नेपालका केन्द्रीय परिषद सदस्य हुन् ।)
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page







प्रतिक्रिया दिनुहोस्