
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आयोगका पूर्वप्रमुख आयुक्त लोकमानसिंह कार्कीको कार्यकालमा भएका अवैध कारोबार र बदमासीमा सघाउने सारथीलाई निशानामा राखेर अनुसन्धान गरिरहेको छ। आयोगले पछिल्लो समय हिरासतमा लिएर कारवाही थालेका आन्तरिक राजस्व विभागका महानिर्देशक चुडामणी शर्मासँगको प्रारम्भीक बयानमा समेत कार्कीको कार्यकालमा भएका ठुला कारोबारको वार्गेनिङका बिषयमा सोधिएको आयोग स्रोतले जानकारी दियो ।
आयोग उच्चस्रोतका अनुसार कार्कीले दुरसञ्चार, सुरक्षा, निर्माण, उत्पादन र किनबेचमा मोटो रकम कमिसन लिएर आफु अनुकुल निर्णय गराएको उजुरी प्रमुख आयुक्त दिप बस्न्यात समक्ष पुगेको छ ।
आयोगले लोकमानका खास कारोबारी श्रीमती सुनिता कार्की, छोरी आध्याश्री कार्की, ज्वाई प्रवल थापा, भाई बालमानसिंह कार्की, विवादित ब्यापारी दीपक मल्होेत्रा र दीपक भट्टलाई यतिबेला गोप्य निगरानीमा राखेको छ । यस्तै भागेर क्यानडा पुगेका कार्कीको परिवारको आर्थिक कारोबारका बिषयमा समेत आयोगले गोप्य टोली बनाएर अनुसन्धान गरिरहेको स्रोतको दाबी छ ।
आयोगले कार्कीका सारथीको सुचिमा राखेका सचिवालयका गोवर्धन श्रेष्ठ, पूर्व सहसचिव भरत सुवेदी र पूर्वप्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्यालका बिषयमा अनुसन्धान थालेको छ ।
स्रोतका अनुसार २०७० को सुरुवातमा प्रमुख आयुक्त नियुक्त भएका लोकमानसिंह कार्कीलाई अख्तियारमा ल्याउन राजनीतिक, आर्थिक र अन्तर्राष्ट्रिय सहयोग जुटाउने समुहकै योजनामा लोकमानले तीनवर्ष अख्तियार दुरुपयोग रोक्ने भन्दा आएका उजुरीमा र विवादित योजनालाई आफु अनुकुल ब्यापार बनाउने गरेका थिए । लगानी बोर्ड, मन्त्रालय र वैदेशिक सहयोगका ठुला योजना बाहेक चौधरी समुह, सचिनलाल श्रेष्ठको समुह, दिपक मल्होत्रा र दिपक भट्टको स्वार्थ अनुकुलका ब्यापारमा समेत लोकमानले ‘बिजनेश डिल’ गरेको दाबी स्रोतले गरेको हो । सिजी टेलिकम, स्मार्ट टेलिकम र एनसेलका मुख्य कारोबार अख्तियारकै लोकमान सचिवालयबाट भएको हो । यस्तै बोर्डबाट स्विकृत रहेका उपत्यकाको फोहरमैला ब्यवस्थापन, जलविद्युत आयोजना र नेपाल प्रहरी तथा सशस्त्र प्रहरी भित्रको खरिद विक्रीमा समेत लोकमानतन्त्र हावी भएको भन्दै छानविनका लागि उजुरी परेको हो ।
‘स्क्वायर नेट आज स्मार्ट टेलिकम बन्नु, चौधरी समुहको साझेदारीमा लोकमान निकट समुहका सुरेश घिमिरे पुग्नु योजनावद्ध थियो, चौधरी समुहको डिलमा लोकमान आफै सक्रिय थिए,’ तीन वर्षको तथ्याँक हेर्दा हुन्छ,’ एकजना सचिवले भने । उनका अनुसार अख्तियारले तीन प्रकारले काम गर्दै आएको थियो । पहिलो उजुरी र सम्पत्ती विवरणका आधारमा सरकारी संयन्त्रलाई प्रभावमा राख्ने, दोस्रो सरकार र निजी तथा अन्तराषर््िट्रय क्षेत्रका लागनीमा संचालित योजनामा प्रभाव राख्ने, तेस्रो सरकारसँग हुने ठुला कारोबार दवाब सृजनागर्दै आफु अनुकुलका ब्यक्तीलाई पु¥याउने थियो ।
अख्तियारको कारवाहीका लागि सिफारीस भएका कर्मचारीमा लोकमानको सचिवालयको पूर्ण नियन्त्रणमा थियो । राजस्वमा रहेका चुडामणी शर्मा, सम्पत्ती सुद्धिकरणका किशोरजंग कार्की, राजस्व अनुसन्धानका निर्मलहरी अधिकारी, हाल भारतमा महाबाणिज्य दूत बनेका कृष्णहरी पुष्कर, उपत्यका विकास प्राधिकरणका भाईकाजी तिवारी र लगानी बोर्डका महाप्रसाद अधिकारी लोकमान समुहको ‘बिजनेश डिल’ का सहयोगी बनेका थिए । महाप्रसाद र चुडामणी दुबै अख्तियारमा उजुरी परेपछि राम्रो स्थानमा पोस्टिङ पाउने भाग्यमानी हुन । तिवारी भने प्राधिकरण अन्र्तगतका योजना लोकमान निकट ठेकेदारलाई उपलब्ध गराउने मुख्य ब्यक्ती हुन । यस बाहेक हिमालयन बैंक लिमिटेडका मनोजबाबु श्रेष्ठ र बिराटनगरका ब्यापारी बिष्णु अग्रवाल लोकमान निकट रहेका ब्यापारी हुन ।
ब्यापारीक घराना खेतान समुहले समेत अख्तियारबाट बिशेष सहुलियत उठाउदै आएको थियो । हुण्डी कारोबारी पवन सरिया, पूर्वएआईजी भिष्म प्रसार्इँ र नवराज ढकाल समुहले समेत अख्तियारमा लोकमान सहयोगीको भुमिका निभाएका थिए । जनप्रहार साप्ताहिकमा खबर छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्