सुर्खेत – छाउपडी प्रथा उन्मूलनमा शिक्षित ‘नयाँ पुस्ता’ नै मुख्य तगारो बनेको छ । आजको अन्नपूर्ण पोस्टमा खबर छ । गाउँका शिक्षित व्यक्तिले नै रजस्वलाको समयमा महिलालाई छाउगोठमा सुताउने गरेका छन्। पढे/लेखेका र जागिरे महिला महिनावारी हुँदा आफैं छाउगोठमा सुत्दै आएका छन्। शिक्षित भनिएका व्यक्ति र ‘नयाँ पुस्ता’ ले नै छाउ बार्ने कुसंस्कारलाई अँगाल्न थालेपछि छाउपडी उन्मूलनमा झन् चुनौती थपिएको हो।
अभियान सञ्चालन
प्रदेश नम्बर ६ र ७ का जिल्लामा छाउपडी प्रथा अन्त्यका लागि भन्दै सरकारी तथा गैरसरकारी निकायले विभिन्न चेतनामूलक अभियान सञ्चालन हुँदै आएका छन्। तर, छाउपडी प्रथा गलत हो भन्ने बुझेको शिक्षित पुस्ताले नै प्रतिवाद गर्नुको साटो यो प्रथालाई अँगाल्न थालेको छ।
नयाँ पुस्ता थप तगारो
गाउँका अगुवा, जागिरे महिला र पढे/लेखेका व्यक्तिले नै छाउ बार्न नछाडेपछि यो कुसंस्कार विस्तारै नयाँ पुस्तामा हस्तान्तरण हुँदै गएको छ। धार्मिक अन्धविश्वास र चेतनाको कमीले गर्दा छाउपडी उन्मूलनमा कठिनाइ भइरहेका बेला यही कुसंस्कार अँगाल्न थालेपछि नयाँ पुस्ता अभियानमा थप तगारो बनेको हो।
फरक दृष्टि
कक्षा १० सम्म अध्ययन गरेकी दैलेख लैनचौर निवासी १४ वर्षीया कृष्णकला विक छाउगोठमा सुत्न थालेको चारपटक भयो। महिनावारी एक सामान्य प्रक्रिया हो भन्ने उहाँलाई राम्रोसँग जानकारी छ। तर, गाउँकै शिक्षकका घरमा समेत छाउ बार्दै आएको देखेकी उहाँ परिवारले छाउगोठमा सुताउँदा प्रतिवाद गर्न सक्नुहुन्न। उहाँ भन्नुहुन्छ, ‘गाउँमा सबैले बार्छन्, हामीले मात्र नबार्दा अरूले फरक दृष्टिले हेर्छन्। समाजमा बहिष्कृत हुनुभन्दा त छाउगोठमै सुत्छौं, एक्लै प्रतिवाद कसरी गर्नु ? ‘
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्