काठमाडौँ । काठमाडौँमा लोडसेडिङ अन्त्य गरेर निकै चर्चाको शिखरमा रहेका नेपाल बिद्धुत प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङ फेरी कमिशनखोरहरुको घेरामा पर्न थालेका छन् ।
जनार्दन शर्मा ऊर्जा मन्त्री भएका बेला बिद्धुत प्राधिकरणको प्रबन्ध निर्देशक बनेकाका कुलमानले शर्मा ऊर्जा मन्त्रीबाट गृहमन्त्री बनेपछि आफुलाई पुरानै कमिशनखोरहरुले घेराबन्दीमा परेको अत्तोपत्तो नै पाउन सकेका छैनन् ।
खास गरी कुलमान कसरी कमिशनखोरहरुको घेरामा पर्दैछन् त भन्ने बिषयमा हामीले बिद्धुत प्राधिकरणको उच्च श्रोतनजिक रहेर लामो समय अध्ययन गरेका छौं ।
कुलमानले लोडसेडिङ अन्त्यको अभियानलाई काठमाडौँ बाहिर बिस्तार गर्दै निरन्तर बिद्धुत आयात गर्ने, उत्पादनलाई बढाउने योजना बनाइरहेका थिए । तर भित्र भित्रै कुलमानलाइ असफल पार्न उही पुरानै लोडसेडिङ गरेर कमिशन कुम्ल्याउने मुकेश काफ्ले टीमले भरपुर सड्यन्त्र गरिरहेको तथ्य फेला परेको छ ।
खराब आचरणमा हाकिमहरुलाई तत्कालिन ऊर्जा मन्त्री जनार्दन शर्माले भकाभक फायर गरेपछि केही समय डराएर मात्र चुपचाप बसेका कमिशनखोरहरु अहिले कुलमानलाई गुमराहामा राखेर पुनः सल्बलाएका छन् ।
बिद्धुत प्राधिकरण श्रोतका अनुसार शिब अधिकारी काठमाडौँ क्षेत्रीय कार्यालय प्रमुख दीर्घायु श्रेष्ठ लगायत कमिशन खाएर लोडसेडिङ बढाउने मुकेश काफ्लेलाई सघाउने उही पुरानै टीम फेरी सकृय भएर कुलमानलाई फसाउने योजनामा लागेका छन्।
कुलमानको चर्चाले यी कुराहरु ओझेलमा परे !
यता काठमाडौँमा लोडसेडिङको अन्त्य गरेर चर्चा कमाइरहेका कुलमान घिसिङलाई उता पुर्वी नेपालको उदयपुर सिमेन्ट कारखाना घाटामा गएको कुरा भने पत्तो नै छैन ।
बिद्धुत प्राधिकरण उदयपुरमा काम गर्ने एक महिला कर्मचारीले इमान्दार मिडियासँग भनिन् – ‘उता कुलमान सरको हाईहाई छ यता हामीलाई भने पुर्वी नेपालका जनताको उस्तै पुरानै गुनासो सुन्नु परेका छ ।’
काठमाडौँमा लोडसेडिङ अन्त्य गर्न नेपालको पुर्वी र पश्चिम भागको बिजुली बेला बेलामा काटी राख्नुपर्ने र लोडसेडिङ गरिराख्नुपर्ने हुनाले बिद्धुत अभावका कारण उद्ध्योग घाटामा गएको प्राधिकरणका एक कर्मचारीले बताएका छन् ।
मिटर जडानमा कमिशन लिने चलन जस्ताको त्यस्तै !
मिटर जडानमा कमिशन खाने हाकिमहरुको पुरानो चलन अझै ज्यूँकात्यूँ छ । त्यसको एउटा उदाहरण हो भक्तपुरको एक मिल । जहाँ १० केबीए लाइन जडान गर्न १ लाख ६५ हजार कमिशन मागिएको छ । त्यसको प्रमाण हामीसँग सुरक्षित छ ।
जम्मा ७ हजार पर्ने उक्त मिटर जडानमा बिद्धुत प्राधिकरण भक्तपुरका हाकिम बिक्रम अमात्यले जीवन पराजुली (नाम परिवर्तन) सँग १ लाख ६५ हजार कमिशन मागे ।
कमिशनको खेल सुरु भएको थाहा पाउन बितिकै प्राधिकरण भित्रकै केहि कर्मचारीहरुले उनीहरुलाई समात्ने योजना बनाए । तर कमिशन कुम्ल्याउने योजना बनाउने इन्जीनियर लखन शाह र हाकिम अमात्य समातिएनन् ।
अमात्य र साहको साटो तल्लोस्तरका कर्मचारी मात्र समातिएपछी घटनालाई गुपचुप राख्न र सामान्यकरण गर्न उक्त मिलमा तत्काल मिटर जडान गरियो ।
अर्को उदाहरण काठमाडौँको त्रिपुरेश्वरमा रहेको एक अस्पतालले मिटर जडान गर्न खोज्दा बिद्धुत प्राधिकरणका हाकिम शिब अधिकारीसहितको टोलीले ४ लाख घुस खान खोजेको चर्चा चलिरहेको छ ।
उक्त अस्पतालले भोल्टेज नपुगेको भन्दै हाइ भोल्टेजको मिटर जडान गर्न माग गर्दा ४ लाख कमिशनको माग गरिएको बुझिएको छ ।
कर्मचारी सरुवामा पनि पैसाको खेलो उस्तै
नेपाल बिद्धुत प्राधिकरणमा कर्मचारी सरुवा बढुवामा पनि पैसाको चलखेल हुने र पैसाको भरमा गलत मान्छे राम्रो स्थान पाउने उही पुरानै रोग अहिले पनि निको भएको छैन ।
उदाहरणको रुपमा हालै नेपाल बिद्धुत प्राधिकरण बिराटनगर प्रमुखमा राजू श्रेष्ठलाई नियुक्त गरिएको प्रकरणलाई लिन सकिन्छ ।
श्रेष्ठ पनि बिगतमा लोडसेडिङ गरेर कमिशन कुम्ल्याउने मुकेश काफ्लेकै निकट हाकिमका रुपमा चिनिन्छनन् । उनले लाखौ लगानी गरेपछि तत्काल सरुवा बढुवा प्रक्रिया अगाडी बढाएर बिराटनगर पठाइएको बुझिएको छ।
यति कार्पेटमा भएको करोडौंको घोटाला काण्डमा कारबाही परेर ५ ग्रेड बढुवा रोक्का भएका श्रेष्ठ एकाएक बिराटनगरको प्रमुख भएर सरुवा भएका छन् । प्राधिकरण उच्च श्रोतका अनुसार उनको कारबाही समेत फुकुवा भएको छैन ।
चुहावट झन् बढेको छ
बाहिर कुलमानको जति धेरै चर्चा छ भित्र बिद्धुत प्राधिकरण उति नै खोक्रो बन्दै गइरहेको छ । यो कुरा कुलमानलाई ज्ञात हुनुपर्ने प्राधिकरणकै एक बरिष्ठ कर्मचारीले इमान्दार मिडियालाई बताए ।
बार्षिक ४० अर्बको बिद्धुत बेचिरहेको प्राधिकरणले अहिले बार्षिक १० अर्ब भन्दा बढी घाटा बिद्धुत चुहावटबाट घाटा बेहोरिरहेको छ ।
प्राधिकरणका एक कर्मचारीका अनुसार बार्षिक १० प्रतिशत बिद्धुत चुहावट टेक्निकल कारणले हुन्छ भने बाकी मिटर उल्टो घुमाउने र कर्मचारीको मिलोमतोमा लाइन चोरी गरिने लगायत कारणले चुहावट हुन्छ ।
कमिशनकै लागि पुरानो प्रविधिकको मिटर जडान
प्राधिकरणले अहिले पनि नयाँ प्रविधिको डिजिटल मिटर जडान नगरी पुरानै प्रबिधिको मिटर जडान गरिरहेको छ ।
नेपाल बाहेक अरु कुनैपनि देशमा अहिले उल्टो घुमाउन मिल्ने मिटर जडान गरिएको छैन । छिमेकी मुलुक भारत लगायतका देशमा भने उक्त उल्टो घुमाउन मिल्ने मिटर विस्तापित भइसकेको छ ।
एक कर्मचारीका अनुसार नेपालमा तल्लोस्तरदेखि माथिल्लो तहसम्मका हाकिमले पैसा खाएर सेटिङ्ग मिलाएका कारण नयाँ मिटर खरिद गरी जडान गर्न आनाकानी गरिएको हो ।
अहिले नेपालमा यस्तो डिजीटल मिटर भित्रिएको छ तर हाकिमहरुको कमिशन खाने योजना अनुसार मिटर बक्सलाई कमजोर देखाउन बाहिर कपडाले बेरेर जमिनमा फालेर केहि थान मिटरबक्स फुटाइ कमजोर देखाउँदै जडान नगरिएको बताइएको छ ।
अहिले हजारौ थान उक्त डिजीटल मिटर बक्स प्राधिकरणकै गोदाममा थन्किरहेका छन् ।