
- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ – काठमाडौँको जीवनशैली निकै महँगो भएको भन्ने चर्चा चलिरहेका बेला सरकारी तथ्यांकले भने काठमाडौँमा सबैभन्दा कम मूल्यवृद्धि भएको तथ्यांक प्रस्तुत गरेको छ । आपूर्ति व्यवस्थापनको सुधार तथा लोडसेडिङ अन्त्यका कारण गत आर्थिक वर्षमा १३ बर्ष यताकै मूल्य बृद्धिमा कमि आएको बताइएको छ ।
सरकारी तथ्यांक अनुसार गत आर्थिक वर्ष २०७३/७४ को जेठ मसान्तको अन्त्यसम्मको मूल्यबृद्धि २.८ प्रतिशत कायम भएको छ । नेपाल राष्ट्रबैंकले मंगलबार सार्वजनिक गरेको ११ महिनाको तथ्यांक अनुसार पहाडमा महंगी ४ प्रतिशत बढेको छ भने तराईमा ३.१ प्रतिशत तथा हिमाली क्षेत्रमा १.८ प्रतिशत मात्रै रहेको छ । यस्तै काठमाडौ उपत्यकामा १.४ प्रतिशत रहेको छ । राष्ट्र बैंकको तथ्यांक अनुसार अघिल्लो वर्षको सोही अवधिमा मूल्यबृद्धिदर पहाडमा १२ प्रतिशत, तराईमा ९.५ प्रतिशत, हिमालमा १०.२ प्रतिशत र काठमाडौ उपत्यकामा १३ प्रतिशत रहेको थियो ।
सरकारी तथ्यांक अनुसार दलहन तथा गेडागुडीको मूल्यमा १७.५ प्रतिशत, तरकारीको मूल्यमा १६.३ प्रतिशत र ध्यू तथा तेलको मूल्यमा १ प्रतिशतले कमी रहेको छ भने यता चिनी तथा चिनीजन्य पदार्थको मूल्य ११.५ प्रतिशत र मदिराजन्य पेय पदार्थको मूल्य १०.८ बृद्धि भएको छ । तर, गतवर्ष तरकारीमा २९.४, दलहन तथा गेडागुडीमा २१.५, मदिराजन्य पेय पदार्थमा १५.९, चिनी तथा चिनीजन्य पदार्थमा १३.५ प्रतिशतले बढेको थियो ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्