×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

प्रधानन्यायाधीशको रोचक कहानी, दुईपटक फूलमाला, तीनपटक विहे

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

प्रधानन्यायाधीशको रोचक कहानी, दुईपटक फूलमाला, तीनपटक विहे

Artha Sarokar

३ श्रावण २०७४, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

मान्छेका जीवनमा अचम्मका संयोजन जुर्छन् । यस्तै संयोगमा भीआइपी पनि पर्छन् । पुनारावेदन अदालतबाट सर्वोच्च अदालतको न्यायाधीशमा बढुवा हुने क्रममा गोपालप्रसाद पराजुलीलाई तीनवटा विवाह गरेको उजुरी संसदीय समितिमा परेको थियो । 
सुनुवाईका क्रममा उनले सफाई पाए । उनले एकपछि अर्की श्रीमतिको निधन भएका कारणले तीन विवाह गर्नुपरेको तर त्यो बहुविवाह नभएको सफाई दिएपछि उनी न्यायाधीश भए ।
फेरि, तत्कालिन प्रधानन्यायाधीश सुशिला कार्कीलाई महाअभियोग लाग्नुअघि उनलाई उमेर बढाएको भन्ने अभियोग पनि लाग्यो ।
तर, त्यो पनि प्रमाणित हुन सकेन । महाअभियोग लाग्नासाथ पराजुली कार्यबाहक प्रधानन्यायाधीशमा नियुक्त भए र फूलमाला लगाएर कार्यालयमा पदभार ग्रहण गरे ।
उनी त्यसबेलै प्रधानन्यायाधीश हुने पक्का भइसकेको थियो तर सर्वोच्चले कार्कीलाई तत्काल सर्वोच्चमा हाजिर हुन आदेश दिँदै महाअभियोग नबढाउन संसदमा पत्र पठायो । कार्कीले काम थालेपछि पराजुली कार्यालय जान छाडेका थिए ।
तर, पुनः सरकारले उनलाई प्रधानन्यायाधीशमा नियुक्त गरेपछि सोमबार राष्ट्रपति विद्या भण्डारीबाट पद तथा गोपनियताको शपथ खाएपछि पदभार सम्हाल्न पुग्दा फूलमालाले स्वागत भयो । उनी दुई पटक फूलमालाको स्वागत पाउने भीआइपी पनि बने । 
२७ औं प्रधान्यायाधीश पराजुली आउँदो वैशाख १५ गतेसम्म पदमा रहनेछन् । ०४७ सालमा पुनरावेदनको अस्थायी न्यायाधीशका रूपमा उनी न्याय सेवामा प्रवेश गरेका थिए । जनप्रहार साप्ताहिकले समाचार छापेको छ।
CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी