- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ – आज बुबाको मुख हेर्ने दिन । बुबालाई मीठो मसिनो खुवाउने दिन । आजको दिन खुब विक्री हुन्छ मिठाइ । तपाईंले पनि किन्नुभयो होला । कतिजना किन्ने सोचमा हुनुहुन्छ होला । यदी तपाईंले आँगन र भाटभटेनीबाट मिठाइ किन्दै हुनुहुन्छ भनेचाहिं एक पटक सोच्नु राम्रो हुन्छ । किनकि नेपाल सरकार वाणिज्य विभागले मानव मलमुत्रमा पाइने ‘कोलिफर्म’ भेटिएको भन्दै एकपटक कारवाही गर्ने प्रक्रिया अगाडी बढाएको आँगनको मिठाइ उक्त प्रक्रिया टुंगो नलाग्दै पुन: खुलेआम बेच्न थालिएको छ । आँगनकै कर्मचारीहरु अहिलेपनि परिक्षण गरेको खण्डमा उक्त मिठाइहरुमा ‘कोलिफर्म’ भेटिने दावी गर्छन् ।