×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

सेयर ब्रोकर अफिसहरुमा पनि नक्कली सर्टिफिकेटधारीको बिगबिगी, ९ ब्रोकरका मेनेजरको सर्टिफिकेट नक्कली !

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ- नेपाली बैंकिङ क्षेत्रमा नक्कली सर्टिफिकेटधारीहरुको भागाभाग चलिरहेका बेला नेपालका ५० ब्रोकरहरुमध्ये ९ ब्रोकरहरुमा नक्कली सर्टिफिकेटधारी कर्मचारी रहेको खुलासा भएको छ । नियमअनुसार ब्रोकर हाउसको साखा प्रमुख हुन वा मेनेजर हुन कम्तीमा पनि स्नातक हुनुपर्ने प्रावधान भएकाले कतिपयले नक्कली सर्टिफिकेटका भरमा ब्रोकर हाउसहरुमा काम गरिरहेको खुलासा भएको छ ।
‘सेबोनमा विवरण त पुगेको छ तर कसको सर्टिफिकेट नक्कली हो भन्ने छानविन गर्ने आँट सेवोनले गरेको छैन ।’ स्रोतले अर्थ सरोकार डटकमसँग भन्यो, ‘९ वटा ब्रोकर हाउसहरुमा अहिले पनि नक्कली सर्टिफिकेटधारीहरु काम गरिरहेका छन् । कतिपय ब्रोकरहरुमा त ब्रोकरकै आफन्तहरु यसरी नक्कली सर्टिफिकेट बोकेर काम गरिरहेका छन् । कतिपयलाइ त धीतोपत्र बोर्डकै संरक्षण छ । अनि कसले कारवाही गर्ने ? ‘
स्रोतका अनुसार यसरी नक्कली सर्टिफिकेट बोक्नेहरुमध्ये केहिको भारतीय सर्टिफिकेट छ भने कहिले त्रिभुवन विश्वविद्यालयकै नक्कली सर्टिफिकेट बनाएका छन् । झट्ट हेर्दा थाहा नहुने र औपचारिकताका लागि मात्र प्रयोग हुने हुनाले पनि यस्ता सर्टिफिकेटको छानविन हुने गरेको छैन । केहि समय अघि नक्कली सर्टिफिकेटबारे सेबोनकै कार्यक्रममा समेत यस्ता नक्कली सर्टिफिकेटको कुरा उठेको भएपनि सेबोनले खासै पहल कदमी लिएको छैन ।
यसरी नक्कली सर्टिफिकेट हुने ब्रोकरहरुमा केहि निकै चलेका ब्रोकर हाउसहरु पनि छन् । तर पैसा र पावरका भरमा यस्ता ब्रोकर हाउसहरुमा नक्कली सर्टिफिकेटधारीहरुको धन्दा चलीरहेको छ । यता सेबोनका अधिकारीहरु भने उजुरी परेको खण्डमा यसबारे छानविन हुने बताउँछन् । 
‘उजुरी परे छानविन हुन्छ । तर उजुरी गर्न पनि कसैले आँट गर्दैन । केहि ब्रोकर हाउसमा नक्कली सर्टिफिकेटधारी भने पक्कै छन् । यो हामीलाई पनि थाहा भएको कुरा हो । तर संस्थागत निर्णय गरेर कारवाहीको प्रक्रिया अगाडी नबढाएसम्म हामीले केहि पनि भन्न मिल्दैन ।’ सेबोनका एक अधिकारीले अर्थ सरोकार डटकमसंग भने ।
नक्कली सर्टिफिकेट प्रकरणमा अर्थ सरोकारको खोज 
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: