×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

भाषण ठोक्न माहिर बर्दियाका तीन मन्त्रीले गरे लाजमर्दो काम

PRIME CA

भाषण ठोक्न माहिर बर्दियाका तीन मन्त्रीले गरे लाजमर्दो काम

२२ भाद्र २०७४, बिहीबार

पढ्न लाग्ने समय: < ३ मिनेट

काठमाडौँ  – हाल बर्दिया जिल्लाबाट प्रतिनिधित्व गर्ने ३ सांसद मन्त्री छन् । समानुपातिक सांसद गोपाल दहित केही पहिले मन्त्री भएका थिए । पछिल्लो पटक मन्त्रिपरिषद विस्तार हुँदा २ जना थपिएः संजय गौतम र सन्तकुमार थारु ।
गौतम र थारु मन्त्री नियुक्त भएपछि बर्दिया एकै मन्त्रीमण्डलमा धेरै मन्त्री पाउने जिल्लामा दरिएको छ । तर, बर्दियामा भने चर्चा अर्कै छ । गौतम क्षेत्र नम्बर २ बाट निर्वाचित सांसद हुन्, थारु ३ नम्बरबाट । २ र ३ नम्बर क्षेत्रलाई जोड्ने सामारिक महत्वको कुशुमघाटमा पक्की पूल बनाउने भनेर दुबै नेताले चुनावमा वाचा गरेका थिए । २०७० सालको निर्वाचनताका बबइ नदीको कुसुमघाटमा झुलुङ्गे पूल बन्दै थियो ।
गौतमले भाषण ठोकेः अन्नको खानी पदनहालाई जिल्लाको बजार सानोश्री र सदरमुकाम गुलरियालाई जोड्न पक्की पूल नै चाहिन्छ, मेरो कार्यकालमा पक्की पूल बन्नेछ । थारुले भाषण ठोकेः कुशुमघाटमा पूल नहुँदा ३ नम्बर क्षेत्रको व्यापारिक केन्द्र सानोश्रीमा चहलपहल कम भयो, त्यहाँ पक्की पूल बनाइने छ । जितेपछि पनि उनीहरुले पक्की पूलकै रटान लगाइरहे ।०७१ साल साउनमा आएको बाढीले पदनहालगायतका क्षेत्रमा बित्यास ल्याइदियो । संचालनमा आएको महिना दिन नपुग्दै कुशुमघाटको झुलुङ्गे बाढीले बगाइदियो । गौतम र थारु बाढीग्रस्त ठाउँको नीरिक्षणमा निस्के । दुबैले फेरि भनेः झुलुङ्गे तत्काल बनाइनेछ, आफ्नै कार्यकाल भित्र पक्की पूल शुरु गरिनेछ ।
सांसदको आश्वासन सुनेको ४ बर्ष पुगिसक्योः नत झुलुङ्गे बन्यो, नत पक्की नै शुरु भयो । तत्कालीन सुशील कोइराला नेतृत्वको सरकारले बाढीले बगाएका पूल तत्काल बनाइने निर्णय गरेको थियो, र प्रथामिकताको अग्रसूचीमा कुशुमघाट राखिएको थियो । सो निर्णय गरेको तीन पूरा भएको छ तर काम सुन्य छ ।
कुशुमघाटको झुलुङ्गे पूल बनाउनका लागि सात ओटा रुख काट्नुपर्ने देखियो । रुख काट्नका लागि स्थानीय मन्त्रालय अन्र्तगतको डोलिडारले प्रतिवेदन तयार ग¥यो । साविकको पदनहा गाविसका पूर्वअध्यक्ष पूर्ण शर्मा भन्छन्र्, ‘संचारमाध्यममा यहाँको अवश्थाका बारेमा पटक पटक विषयवस्तु आएपछि डोलिडारले प्रतिवेदन तयार गर्न बाध्य भयो । तर, रुख काटेर पूल बनाउने सकिएको छैन ।’
डोलिडारमा कार्यरत योजना प्रमुख गूरुप्रसाद शर्माले काठमाण्डुटुडेलाई बताएअनुसार पुलको ठेक्का दिने काम सम्पन्न भइसकेको र सात वटा रुख काट्ने काम अन्तिम चरणमा पुगेको बताए । वन विभागले स्वीकुति दिएपछि काम सुचारु गर्ने उनको दाबी छ । तर, रुख काट्ने काम यो भन्दा अगाडि पनि प्रक्रियामा थियो ।
मन्त्री नियुक्त भएसँगै बर्दिया पुगेका गौतमले जिल्लाको सिमाना मानपूरमा ढोगेको तस्बिर सामाजिक संजालमा चर्चित बनेको थियो । आफू निर्वाचित क्षेत्र र त्यहाँका जनताप्रति उनले देखाउने स्नेहभाव कलात्मक छ ।
तुलनात्मकरुपमा उनी पहुँचवाला र खान्दानीय मानिन्छन् । पहिलो पटक सांसद भएकै बखत क्याबिनेट मन्त्री बन्न काँग्रेसमा सजिलो छैन, तर गौतम बने । सिँचाइ मन्त्री बनेसँगै उनी कुशुमघाटमा ढुंगा तरेर पदनहालगायतका ठाउँपनि पुगे । जनताले उही कुरा सोधेः पूल कहिले बन्छ रु उनले मुस्कुराउँदै भनेः अब छिट्टै बन्छ । दुई पटक निर्वाचित सांसद भइसकेका थारु पशु मन्त्री भएका छन् ।
उनीमाथि कुशुमघाटमा पूल बनाउन चर्को दबाब छ । हालै भएको स्थानीय तहको निर्वाचनमा माओवादीले कुशुमघाटमा पूल बनाउने प्रतिबद्धता व्यक्त गरेको थियो । बाह्रबर्दिया नगरपालिकामा माओवादीले ठूलै मतान्तरमा जित हाशिल गरेको छ ।
गौतमसँग प्रतिक्रिया लिन खोज्दा उनले विकास निर्माणका काममा प्रक्रियागत रुपमा लागेर बजेट छुट्टयाउनुपर्ने भएकाले समय लागेको र अब छिट्टै नै उक्त पुलको काम सम्पन्न गर्ने दाबी गरे । पुल बनाउन आफू मरिमेटेर लागेको र सबैले धन्यवाद दिनुपर्ने भन्दै जगिंए । तर, उनको यो भनाईमा सत्यता भने देखिंदैन । आफूले गर्दा प्रक्रिया छिट्टै अगाडि बढेको दाबी गरे जबकी तीन महिनामा बन्ने भनिएको झोलुंगे पुल तीन वर्षमा पनि बनेको छैन । पक्की पुल बनाउने चुनावी बाचा त परको कुरा भयो ।
कुशुमघाटमा ढुंगाको ठेक्का लिइरहेका मानबहादुर थारु पदनहाको वडाध्यक्ष निर्वाचित भएका छन् । आफ्नो ठेक्का जोगाउने कि पूल बनाउने त वडाध्यक्ष ज्यू ?’ स्थानीयले प्रश्न गर्न थालिसकेका छन् ।
तीन बर्षसम्म सातवटा रुख काट्ने निर्णय गराउन नसक्ने संजय गौतम र सन्तराम थारु भन्ने जनजिब्रोमा झुण्डिएको छ । यी दुबै नेतालाई मिठो कुरा गर्न जान्ने तर काम गर्न नसक्ने बात लागेको छ । यस्तो बात लागेका नेताले अब के गर्लान कुशुमघाटले उत्तर खोजिरहेको छ ।
रुख काट्ने टुंगो नलाग्दै गत साउनमा डोलिडारले पूल बनाउने ठेक्का दिइसकेको छ । पूल बनाउने वातावरण तयार नभइ ठेक्का दिनु र ठेक्का दिएको एक बर्षसम्म पनि रुख काट्ने निर्णय गराउन नसक्नुमा डोलिडारको गम्भीर त्रुटी देखिएको सरोकारवालाको बुझाइ छ । – काठमाडौँ टुडे 
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: