×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

वामपन्थी गठबन्धनलाई बागी उम्मेदवारले दिए यस्तो खतरनाक चुनौति !

LAXMI SUNRISE BANK

वामपन्थी गठबन्धनलाई बागी उम्मेदवारले दिए यस्तो खतरनाक चुनौति !

७ कार्तिक २०७४, मंगलवार

पढ्न लाग्ने समय: २ मिनेटभन्दा कम

रामेछाप – बागी उम्मेदवारहरुले वामपन्थी गठबन्धनलाई हैरान पार्नेगरी चुनौती दिएका छन्, यो रामेछापको खबर हो ।
टिकट वितरणमा असन्तुष्टि जनाउँदै रामेछापका पूर्वसभासद लक्ष्मी गुरुङ, माओवादी केन्द्रीय पोलिटब्युरो सदस्य तथा जिल्ला संयोजक मैनकुमार मोक्तान र जिल्ला सचिवालय सदस्य हेमन्त पौडेलले वामपन्थी गठबन्धनबिरुद्ध बागी उम्मेदवारी दिएका छन् ।
प्रतिनिधिसभामा माओवादी नेता तथा गृहराज्यमन्त्रीबाट बिनाविभागीय बनेका श्यामकुमार श्रेष्ठविरुद्ध पूर्वसभासद लक्ष्मी गुरुङले बागी उम्मेदवारी दर्ता गराएकी छन् । गुरुङ पहिलो संविधानसभामा समानुपातिक सभासद थिइन् । गएको संविधानसभा निर्वाचनमा भने प्रत्यक्ष उम्मेदवार बनेर पराजित भएकी थिइन् ।
वाम गठबन्धनको तर्फबाट प्रतिनिधि सभा सदस्यका लागि उम्मेदवारी दिएका माओवादी केन्द्रका पोलिटब्युरो सदस्य श्यामकुमार श्रेष्ठ यसअघि साविक क्षेत्र नम्बर २ बाट निर्वाचित सांसद हुन् । उनी शेरबहादुर देउवाले गृह राज्यमन्त्रीको जिम्मेवारी खोसेपछि विनाविभागीय राज्यमन्त्रीकै रुपमा चुनावमा गएका छन् ।
प्रतिनिधिसभा सदस्यका लागि माओवादीभित्र श्याम श्रेष्ठ र युवराज चौलागाईंबीच प्रतिस्पर्धा चलेको थियो । अन्तिम घडीमा श्रेष्ठले टिकट पाएपछि चौलागाईं पक्ष असन्तुष्ट बनेको छ । बागी उम्मेदवारी दर्ता गराउन चौलागाईंसहितको टोली मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगेको थियो । यसबाट पनि माओवादीभित्रको विवाद निकै पेचिलो रहेको प्रष्ट हुन्छ ।
यस्तै, प्रदेशसभातर्फ १ मा हेमन्त पौडेल ‘निकास’ बागी उम्मेदवार बनेका छन् । भागबण्डामा २ वटा प्रदेशसभा सदस्यको टिकट पाएको एमालले १ नम्बर बाट शान्तिप्रसाद पौडेललाई चुनाव लडाएको हो । उनी एमाले जिल्ला अध्यक्ष हुन् । पौडेल यसअघि नामाडी गाविस अध्यक्ष र जिविस सदस्य बनिसकेका नेता हुन् ।
प्रदेशतर्फको २ नम्बरमा मैनकुमार मोक्तान बागी उम्मेदवार बनेका छन् । उक्त क्षेत्रमा वाम गठबन्धनको तर्फबाट उम्मेदवारी पाएका एमाले नेता कैलाश ढुंगेल एमालेका पूराना नेता हुन् । ०४६ को परिवर्तनपछि दुई पटक जनमोर्चासँगको तालमेलमा एमालेलाई छाडेबाहेक हरेक चुनावमा उनी एमालेको तर्फबाट उम्मेदवारा बनेका छन् । तर, उनले यसअघि संसद र संविधानसभा निर्वाचनमा पराजय बेहोर्नु परेको थियो ।
एमालेभित्रै पनि ढुंगेललाई बारम्बार टिकट दिइएकामा असन्तुष्टि देखिएको छ । बहुदलयताका हरेक चुनावमा कैलाशबाहेक अरुले उम्मेदवार बन्न नपाएको आक्रोश कार्यकर्तामा तीव्र देखिएको छ ।
प्रदेशसभामा यसपटक ढुंगेल समूहकै प्रभावशाली नेता रत्न गौतमले टिकट पाउने निर्णय भइसकेको अवस्थामा स्थायी कमिटीका केही नेताले कैलाशलाई नै अघि बढाउन अध्यक्ष केपी ओलीलाई दबाब दिए । यस्तै, केन्द्रीय लेखा आयोगका सदस्य होम बुढाथोकी र युवा नेता ज्ञानकुमार श्रेष्ठ पनि टिकटका आकांक्षी थिए ।
केही कार्यकर्ताले असन्तुष्टि जनाएकामा नेता ढुंगेलले पार्टीमा सबैलाई सन्तुष्ट बनाउन नसकिने बताउँदै पार्टी निर्णय सबैलाई मान्य हुने प्रतिक्रिया दिएका भने छन् । माओवादी नेताहरुले पनि तोकिएको समयमा मनोनयन फिर्ता लिने उनले आशा व्यक्त गरे ।वामपन्थी गठबन्धनका लागि सबैभन्दा ठूलो चुनौति माओवादीका वागी उम्मेदवार बनेका छन् ।
पूर्वसभासद लक्ष्मी गुरुङ, जिल्ला संयोजक तथा पोलिटब्युरो सदस्य मैनकुमार मोक्तान नै विद्रोही भएपछि जिल्ला तहबाट यो विवाद समाधान हुने देखिँदैन ।
उनीहरुलाई प्रभावशाली युवा नेता युवराज चौलागाईं, पेमा लामा, रामकुमार तामाङ, पूर्वसभासद डिल्लीमान तामाङ, दोरम्बा गाउँपालिका अध्यक्ष कमानसिंह तामाङलगायतको साथ छ । विद्रोही उम्मेदवारहरुले केन्द्रीय हेडक्वार्टर र प्रदेश हेडक्वार्टरसँग मात्र वार्ता हुने बताइरहेका छन् । विद्रोही माओवादीलाई एमालेका असन्तुष्ट नेताहरुको पनि साथ रहेको स्रोतले जनाएको छ ।
यदि मोक्तानले उम्मेदवारी फिर्ता लिएनन् भने गाल्बापारि वामपन्थी गठबन्धनका साझा उम्मेदवारलाई प्रवेश निषेध गर्ने तयारी उनीहरुले गरेका छन् । त्यति मात्र होइन रामेछापलाई लालकिल्ला बनाउने समेत वामपन्थी गठबन्धनलार्इ बागीले चुनाैति दिएका छन ।
यो अवस्थामामा एमाले अध्यक्ष केपी ओली र माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड निक्कै तनावमा छन् । यो विवादलाई बेलामा सच्याउन नसके बाम गठबन्धनका लागि घातक साबित हुन् सक्छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी