
- अर्थ सरोकार सम्बाददाता
जनकपुर – नेपालको प्रचलित कानुनविपरित नाफा लिएर जनताको पसिना चुस्न पल्किएको कम्पनी अर्थात नेपालका लागि हुण्डार्इ गाडीको आधिकारिक बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टलले जनकपुरमा सेल्स,सर्भिस र स्पेयर पार्टससहितको शोरुम खोलेको छ । एउटै विक्रीबाट मनग्य नाफा खाने गरेको कम्पनीले अत्याधुनिक शोरुम खोलेपछि अब जनकपुरबासी पनि ठगिने निश्चित भएको छ । उक्त कम्पनी अहिले नेपालको सबैभन्दा बढी जनता ठग्ने ‘लुटेरा’ कम्पनी हो ।
कम्पनीले जनकपुरको ओम अटोमोबाइलसँगको सहकार्यमा यो शोरुम खोलेको हो । जनता ठग्ने उक्त कम्पनीको नयाँ शोरुम ओम अटोमोबाइलका अध्यक्ष वैद्यनाथ साह र लक्ष्मी इन्टरकन्टिनेन्टलका डेपुटी जनरल म्यानेजर रुपेशशर्मा भट्टले संयुक्त रुपमा उद्घाटन गरेका थिए । जनतालाई जसरी पनि कुनै पनि बहानामा ठग्न पल्किएको यो कम्पनीले उक्त शोरुममा पाँचदेखि ७ वटा गाडी डिस्प्ले गर्न सकिने जनाएको छ । जनताबाट लुटेको पैसाले सर्भिस सेन्टरमा प्रत्येक महिना तीन सय गाडीलार्इ सेवा दिनसक्ने क्षमता बनाएको छ । यो सेन्टरमा जनता अझ बढी ठगिने हुण्डार्इको पार्टससमेत पाइने कम्पनीले जनाएको छ ।
कम्पनीले जनता ठगेको भन्दै उजुरी परेपछि केहि समय अगाडी आपूर्ति विभागले कम्पनीको खातापाता नियन्त्रणमा लिएको छ । चर्को दवावपछी तत्कालीन आपूर्तिमन्त्री हुन्डाईका गाडी बेच्ने कम्पनीमा छापा मार्न सहमत भएका थिए । हुन्डाईको गाडी बेच्ने कम्पनीलाई आपूर्ति मन्त्रीले छुन समेत नसक्ने आरोप लागेको थियो भने जनतालाई ठग्ने कम्पनीमा कहिले छापा मार्नुहुन्छ मन्त्रीज्यू भनी जनताले चर्को उत्तर मागेपछि उनी उक्त कम्पनीमा छापा मार्न सहमत भएका थिए । पछिल्लो समय हुन्डाईका गाडी किन्नेहरुलाई बजारमा ‘मुर्ख’को दर्जा दिने समेत गरिएको छ ।
हुन्डाई पछिल्लो समयमा सेल्स घटेको गाडी कम्पनी हो । जनतालाई ठगीरहेको थाहा भएपछि पछिल्लो समय हुन्डाईका गाडी किन्नेहरू घटेका छन् । गत नाडा अटो शोमा पनि हुन्डाईको गाडी सबैभन्दा कम विक्री भएको थियो । यो कुरा हुन्डाईकै मार्केटिङ अफिसरले समेत स्वीकारेका छन् ।
अर्थ सरोकार अटो अपरेशनका यी सामाग्री छुटे कि ?
अपरेशन नम्बर १२
अपरेशन नम्बर ११
अपरेशन नम्बर १०
अपरेशन नम्बर ९
अपरेशन नम्बर ८
अपरेशन नम्बर ७
अपरेशन नम्बर ६
अपरेशन नम्बर ५ :
अपरेशन नम्बर ४ :
अपरेशन नम्बर ३ :
अपरेशन नम्बर २ :
अपरेशन नम्बर १ :
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्