×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

यी १० कारण चम्किने छ नेपाली सेयर बजार

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

यी १० कारण चम्किने छ नेपाली सेयर बजार

Artha Sarokar

२६ आश्विन २०७४, बिहीबार

पढ्न लाग्ने समय: ७ मिनेटभन्दा कम

अहिले नेपालको सेयर बजार सिजन को समयमा पनि घटेको घटैछ जबकी नेपालको सेयर बजारको २०६१ देखि २०७४ बैशाख देखि भाद्र महिना सम्मको इतिहास लाई हेर्दा यो १४ बर्षमा बजार बढेको छ भने ४ बर्ष मात्र घटेको छ । अहिले पनि सिजनमा बजार घटेको घटै गर्दा धेरै साना र नयाँ लगानी कर्ताहरु आत्तिएर घाटै खाएर भए पनि सेयर बेचेर बजार बाट पलायन हुँदै छ्न । तपाईहरु आत्तिनु पर्ने अवस्था छैन आज म सेयर शिक्षा अन्तर्गत नेपाली सेयर बजार को भबिस्यको बारेमा बताउन गैइरहेको छु ।
अहिले सिजनको समयमा पनि सेयर बजार नबढनु अरु विविध झिनामसिना कुराहरू गौढ हुन प्रमुख कारण भनेको सेयर बजारमा सेयर को आपूर्ति अत्यधिक हुनु नै हो नेपाल रास्ट्र बैंकले बैंकहरुलाई आर्थिक बर्ष २०७३/०७४ असार मसान्तसम्ममा र बिमा समितिले इन्स्योरेन्स कम्पनीहरु लाई आर्थिक बर्ष २०७४/०७५ असार मसान्तसम्म मा चुक्ता पुजी पुर्याउनु पर्ने बाध्यकारी नियम ल्याए पछि बैंक तथा इन्स्योरेन्स कम्पनीहरुले समय सिमा भित्र चुक्ता पुजी पुर्याउन क्रममा मर्जरको नितिलाई प्राथमिकता मा राख्नु भन्दा पनि हकप्रद, फपिओ र बोनस सेयर मार्फत पुजी पुर्याउने कार्यलाई जोड दिदाँ सेयर बजारमा सेयरको आपूर्ति अत्यधिक हुन गयो फलस्वरूप सेयर को सिजनमा पनि सेयर बजार बढन सकेन । 
जब बजारमा बस्तुको आपूर्ति अधिक हुन्छ र माग कम हुन्छ भने बस्तुको मुल्य घटदछ यदि बस्तुको आपूर्ति कम र माग बढी हुन्छ भने बस्तुको मुल्य बढछ । बजारमा अहिले यही सिद्धान्त लागू भएको हो । तर समग्रमा नेओ,को सेयर बजार क्रयास हुने घटदै जाने र लगानी कर्ताको लगानी डुब्ने अबस्था छैन । अहिले नेपालको सेयर बजारमा सेयर को आपूर्ति अधिक र सेयर बजार को सिमा सिमित हुँदा मागको कमि हुन गैइ बजार घटन पुगेको हो तर तपाई लगानी कर्ताहरले कुनै पनि चिन्ता गर्नु पर्ने अवस्था छैन निम्नलिखित दश कारणहरुले गर्दा नेपाली सेयर बजारको भविस्य निकै राम्रो र उज्जवल छ :
१. अन्लाईन ट्रेडिङ को सुरुवात: अब ढिलो चाँडो नेपाली सेयर बजारले अन्लाईन ट्रेडिङ को सुरुवात गर्नेनि छ । अन्लाईन ट्रेडिङ भनेको ईन्टरनेट को माध्यम बाट घरमै बसेर कम्प्युटर तथा मोबाईल बाट सेयर खरिदबिक्री गर्ने सुविधा हो । अहिले सेयर खरिदबिक्रीको अडर दिन दलालको कार्यालयमा पुग्नै पर्ने बाध्यता छ फोनबाट अडर दिदा पनि खरिदबिक्री आदेश फम भर्न दलालकोमा नै जानुपर्ने बाध्यता छ । 
अनलाइन सेवा सुरु भए पछि यस्ता सबै समस्या समाधान भएर जाने छ्न । यो सुबिधा लागू भए पछि रोजगारी र अध्यनको शिलसिलामा बिदेशमा बस्ने लाखौं नेपालीहरु को पहुँच नेपाली सेयर बजारमा पुग्ने छ । बिश्वको कुनै पनि देशमा बस्ने नेपाली नागरिकले पनि बिदेशमा नै बसेर सेयर किन- बेच्न गर्न सक्ने छ्न । साथै नेपाल भित्रै देशका विभिन्न कुना कन्धारामा बस्ने नेपालीहरुले पनि सहज तरिकाले सेयर खरिदबिक्री गर्न सक्ने छ्न । त्यसकारण नेपाली सेयर बजार को भविस्य उज्वल छ ।
२. गैर-आवासीय नेपालीहरुको लगानी लाई नेपाल को सेयर बजारमा भित्राउने कार्य को थाल्नी: नेपालमा जन्मेर बिश्वका विभिन्न मुलुकम गएर जागिर र ब्यापार-ब्यवासाय गरि त्यहीको नागरिकता लिएर बसेका लाखौं गैर-आवसिय नेपालीहरुलाई नेपालको सेयर बजारमा लगानी गर्ने वातावरण बन्दै गरेको अवस्थामा । यो सुबिधा लागू भएपछि गैर-आवासीय नेपालीहरुले नेपालको सेयर बजारमा सिधै लगानी गर्न सक्ने छ्न । 
यसले बजारमा अहिलेको जस्तो अधिक आपूर्तिले पिरोल्ने छैन । गैर आवासीय नेपालीले सेयर बजारमा लगानी गर्ने अवसर पाए भने यसले बजारको रौनक पनि बढाउने छ फलस्वरूप लगानी कर्ताको संख्या बढेर माग समेत उच्च हुने छ र अहिलेको अधिक आपूर्ति समेत अपुग भइ बजार थप विकास र विस्तार हुनेछ । त्यसकारण नेपाली सेयर बजारको भबिस्य उज्ज्वल छ ।
३. बैंकहरुलाई ब्रोकर लाईसेन्स दिने कार्यको अध्यन जारी: अहिले लगानी कर्ताको खर्वौ रकम ५० वटा ब्रोकर कम्पनीमा मात्र सिमित छ । अब ५० वाट ब्रोकर कम्पनीहरुले मात्र यति ठूलो रकम को व्यस्था गर्न सक्ने अवस्था रहने छैन । त्यसकारण ढिलो-चाँडो बैंकहरुलाई ब्रोकर लाईसेन्स दिनै पर्ने बाध्यता छ । 
बैंकहरुले ब्रोकर लाईसेन्स पाए पछि नेपालको कुनै पनि कुना कन्धरा बाट नेपाली नागरिकले सेयर किन्छ बचत खाता बाट पैसा घटछ डिम्याट खातामा सेयर भरिन्छ सेयर बेच्छ डिम्याट खातामा सेयर घटछ बैंक खातामा पैसा बढछ । यी सवै गतिविधिहरु अन्लाईन बाटै हेरिन्छ । रोहन शर्मा ज्युले भने जस्तै मुस्ताङको भोटले स्याउ बेचेको पैसा सेयर मा लगानी गरेछ सेयर को भाउ बढेछ दंगछ । कोशी पारिको बल्छी ध्रुबेले माछा बेचेर कमाएको पैसा सेयरमा लगानी गरेछ छ महिनामै राम्रै कमाएछ । 
तराई को एउटा यादव किसानले तरकारी खेती बाट कमाएको पैसा सेयर मा लगाएछ आज सेयर बढ्दा उ पनि दंग परेको छ । यसरी हरेक नेपाली नागरिकले सेयरमा लगानी गर्न पाए भने राम्रै पैसा आर्जन गर्न सक्षम बन्नेछन यसरी कुना-काप्चमा सामान्य आम्दानी गर्नेहरू लाई समते आर्थिक गतिविधिमा सामेल गराई उनीहरुको आर्थिक अवस्था कायापलट गरिदिनेछ । यो सपना हामी सबै लगानीकर्ताहरु को सपना हो यो सपना तब मात्र पुरा हुन्छ जब बैंकहरुले ब्रोकर लाइसेन्स प्राप्त गर्दछ्न । बैंकहरुले ढिलो-चाँडो ब्रोकर लाईसेन्स प्राप्त गर्नेनी छ्न । यो कोणबाट समेत सेयर बजारको भविस्य अति सुन्दर छ ।
४. बजार निर्माता को ब्यवस्था: अहिले नेपाली सेयर बजारमा सेयर को आपूर्ति बढी हुँदा सिजनमा पनि सेयर बजार घटेको घटै छ भने अर्को तिर नेपाली सेयर बजार बढी अस्थिर छ यस्ता समस्या लाई समाधान गर्नको लागी नागरिक लगानी कोष र सन्चय कोषलाई बजार निर्माता को रूपमा भित्राउने बहसको व्यापक सुरुवात भएको छ । नागरिक लगानी कोष र सन्चय कोषलाई बजार निर्माता को रूपमा सेयर बजारमा भित्राए पछि अहिलेको अत्यधिक सेयर आपूर्ति को समस्या पनि समाधान हुने र बजार पनि स्थिर हुनेछ । त्यसकारण नेपाली सेयर बजार को भबिस्य उज्ज्वल छ ।
५. देशमा राजनितीक स्थाईत्वको सुरुवात: मुलुक राजनितिक स्थाईत्वतर्फ अघि बढदै छ । स्थानीय निकायको तेस्रो चरणको चुनाव पनि शान्तिपुर्ण तरिकाले सम्पन्न भएको छ । संविधान कार्यन्वयन हुने क्रममा अगाडि बढिरहेको छ । मंसिरमा मा केन्द्र र प्रदेश को निर्वाचन हुने निश्चित भईसकेको छ । संघीयता कार्यान्वयन हुनेक्रम मा अघि बढेको छ । 
प्रदेश र केन्द्र को चुनावपछि नेपालमा राजनीतिक क्रान्ति पुरा भइ आर्थिक क्रान्ति अगाडि बढने छ । संघीयता कार्यान्वयन हुनु भनेको केन्द्रीकृत शासन प्रणाली विकेन्द्रीकृत हुदै जानू हो । विकेन्द्रीकृत शासन प्रणालीले गाउँ को विकासमा बहार ल्याउने अपेक्षा गरिएको छ । त्यसपछि समग्र मुलुकले विकास को काँचुली फेर्नेछ । यस्तो अवस्थामा लगानी का अवसरहरु विस्तार भइ आर्थिक गतिविधि बढने र त्यसके सेयर बजारलाई चम्काउनु सयोग गर्ने छ ।
६. तीब्र गतिमा आर्थिक वृद्धि: गत बर्ष नेपालले चौबीस बर्षकै उच्च आर्थिक वृद्धि हासिल गर्यो त्यति मात्र होईन तीब्र गतिमा आर्थिक वृद्धिदर हासिल गर्ने मुलुकहरुमा तेस्रो स्थानमा पर्न सफल भयो । सन २०१७ र २०१८ कोम आर्थिक वृद्धि दर ४.५ प्रतिशत संसोधित प्रक्षेपण गरेको छ । 
यो वृद्धिदर निरासा जनक पनि होईन । यसरी देशको आर्थिक वृद्धिदर बढदै जादा वैदेशिक लगानीको वातावरण बन्ने छ । नयाँ उद्योग धन्दा खोल्ने छ्न खुले सँगै रोजगारिका अवसर प्रसस्त सिर्जना हुने छन । रोजगारी बढेपछि आम्दानी बढने छ आम्दानी बढेपछि सेयर मा लगानी बढने छ । त्यसकारण नेपाली सेयर बजार को भविस्य उज्ज्वल छ ।
७. बैंकमा देखिएको तरलता को संकट समाधान: बैंकमा देखिएको तरलता को संकट समाधान हुँदै गइरहेको छ । बैंकहरुले ब्याजदर घटाउन सुरु गरिसकेका छ्न । ब्याजदर र सेयर बजारको सम्बन्ध उल्टो हुन्छ । यसको अर्थ ब्याजदर बढेमा सेयर बजार घटछ भने ब्याजदर घटेमा सेयर बजार बढछ । अहिले तीब्र गतिमा बैंकहरुले ब्याजदर घटाउन सुरु गरिसकेका छ्न । 
तरलता को समस्या समाधान सँगै बैंकहरु मा सेयर कर्जा दिने काम मा तीब्र प्रतिस्पर्धा सुरु भइसकेको छ । आउँदा दिनहरू वित्तीय क्षेत्रको समस्या समाधान हुने तथा बजारका लागि आधुनिक पुर्वधार संचालन मा आउने । नेपाल रास्ट्र बैंक र बिमा समितिले थप बित्तिय संस्था खोल्ने अनुमति रोक्ने कुरा को साथै विद्यमान मा रहेका वित्तीय संस्थाहरु लाई मर्जगर्ने रणनीति लिनु, बित्तिय संस्थाहरु को चुक्ता पुजी वृद्धि सगै झन झन बलिया हुँदै जानू, धेरै कम्पनीहरुले सकारात्मक वित्तीय विवरण पस्किसकेको अवस्था आदि सेयर बजारका लागी सकारात्मक पक्ष हुन त्यसकारण सेयर बजारको भबिस्य उज्ज्वल छ ।
८. ब्रोकर कम्पनीहरुलाई मार्जिन ट्रेडिङ र डिलरसीप सेवा दिने: ब्रोकर कम्पनीहरु लाई सेयर धितो राखेर लगानीकर्ताहरु लाई ऋण दिने सुविधा मार्जिन ट्रेडिङ र सेयर बजार सम्बन्धि काम गर्ने डिलरसिप दिने कुरा आईरहेको छ । यो सुविधा ब्रोकर कम्पनीहरुले पाए पछि लगानी कर्ताहरुलाई सेयर कारोवार गर्न धेरै सजिलो हुनेछ त्यसकारण नेपाली सेयर बजार को भबिस्य उज्ज्वल छ ।
९. नेपाल धितोपत्र बोर्डले विभिन्न राम्रा-राम्रा कार्यक्रमहरु को घोषणा गरेको अवस्था: धितोपत्र बोर्डले आगामी बर्षको योजनामा विभिन्न कार्यक्रमहरु जस्तै सेयर कारोवार का गतिविधिलाई सहज बनाउने भनेर धितोपत्र बोर्ड को क्षेत्रीय कार्यलय खोल्ने, धितोपत्र बजार प्रशिक्षण प्रतिश्ठान स्थापन गर्ने , ब्रोकर कम्पनीको कार्यक्षेत्र विस्तार गर्ने आदि राम्रा कार्यहरु को घोषणाले नेपाली सेयर बजार को भबिस्य उज्ज्वल छ ।
१०. माथि उल्लेखित कार्यक्रमहरु बाहेक नियामक निकायहरुले निम्नलिखित कार्यहरू अगाडि बढाउनु पर्छ भनेर चौतर्फी रुपबाट दबाब सिर्जना दिने काम भइरहेको छ । जस्तैः
* अहिलेको आपूर्ति थेग्न दिगो संयन्त्र को विकास गर्ने ।
* वास्तविक क्षेत्रका कम्पनीहरुलाई सेयर बजारमा आकर्षण गराउने ।
* सेयर शिक्षा प्रबर्द्धन गर्नको लागी सरकार तथा नियामक निकायले ब्यवहारिक तालीम को ब्यवस्था गराउदै सेयर बजार को महत्त्व सर्वसाधारणलाई वुझाउने ।
* विद्यालय र विश्वविद्यालयहरु को पाठयक्रम मा सेयर बजार सम्बन्धि ज्ञान दिने बिषय बस्तु समटने ।
* विद्यालय तह देखिनि विद्यार्थीहरु लाई बचतको महत्त्वको जानकारी गराउदै सेयर बजारमा लगानी गर्न उत्प्रेरित गर्ने । रोहन शर्मा ज्युले भने जस्तै विद्यार्थीकाल देखी नि प्रोटफोलियो बनाउन सिकाउने ।
* गाउँ-गाउँ सम्म सेयर किनबेच गर्न सक्ने संयन्त्र विकास गर्न ब्रोकर कम्पनी तथा बैंकहरुलाई संघीय संरचना अनुसार गाउँ केन्द्रित गराउने । आदि कार्यहरू निकट भबिस्यमा नियामक निकायहरूले कार्यान्वयन गर्नै पर्ने बाध्यता छ । त्यसकारण नेपाली सेयर बजार को भविस्य ज्यादै सुनौलो र उज्ज्वल छ ।
अन्तमा म के भन्दछु भने अहिले सेयर बेचेर सेयर बजार बाट भाग्ने होईन कि भविस्यमा सुनको अन्डा दिने कम्पनीहरु जसको अहिले सेयर मुल्य अन्डर भ्यालु छ । धेरै राम्रा बाणिज्य बैंकहरुको सेयर मुल्य अहिले अन्डर भ्यालुमा छ्न । यस्ता कम्पनीको सेयर किनेर बस्ने बेला यहीँ हो । यो मौका लाई खेर नफाल्नुहोस भन्ने अनुरोध गर्दछु ।
लेखक सेयर बजारका अध्यनकर्ता हुन
CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी