
- सिए सरोकार सम्बाददाता
काठमाडौँ- सिटिजन्स बैंकले चार्टर्ड एकाउन्टेन्टदेखि ट्रेनी एसिस्टेन्टसम्मका लागि जागिर खुलाएको छ । एक सार्वजनिक सुचना जारी गर्दै बैंकले सिएको माग गरेको हो । चार्टर्ड एकाउन्टेन्टका लागि आएक्यान र आइसीएआई उत्र्तीणले आवेदन दिन सक्ने बैंकले जनाएको छ ।
आवेदकले आवश्यक कागजात सहित कात्तिक ३० गतेसम्म आवेदन दिन सक्नेछन् । आवेदकले बैंकको वेवसाइट www.ctznbank.com/career.php बाट आवेदन दिन सक्नेछन् ।