पछिल्लो समय सेयर बजारमा बैंकिङ समुहको बारेमा सुनिने कुराहरु :
☆८ अर्ब पुँजी पुगिसक्यो अब बैंक काम छैन ।
☆सप्लाई नै बढी छ , कसरी बढोस् ।
☆फर्स्ट क्वाटर रिपोर्ट नै झुर आयो , अब काम छैन बैंक ।
☆अब बैंकका दिन सक्किए …..!
……..आदी ईत्यादी ।
दुई अर्बबाट छोटो समयमा एकै पटक आठ अर्बको रेसमा बाध्यात्मक रुपमा दौडिएका बाणिज्य बैंकहरु मद्धे दौड पुरा गरिसकेकाहरु कतिपय अहिले आरामको अवस्थामा छन् ।त्यस्तै आठ अर्बको गन्तव्यमा नपुगेकाहरु आफै दौड पुरा गर्न आफ्नो गतीलाई बढाउँदै छन् भने दौडको क्रममा थाकेका अथवा आफैले दौड पुरा गर्न नसक्ने निश्चित भएकाहरु अरु बलिया प्रतियोगीहरुसँग बिलयनै भएर पनि कतीपय गन्तब्यमै पुगिसकेका छन् भने कतिपय पुग्ने क्रममा छन्।
एउटा गन्तब्यको अन्त्य भैसकेपछी पुन अर्को रेस सुरु हुन केहि समय लाग्छ। अर्को रेसको लागी पुरानो थकाई मेट्नुका साथै नयाँ तयारी गर्नुपर्ने हुन्छ । समयमै कुनै कठिनाई बिनानै दौड पार गरेकाहरु भने अर्को रेस घोषणा हुनु अगावै आराम नगरिकनै आफ्नै गतिमा हिंड्न सुरु गरिसकेका छन्।
माग र आपुर्तिले बजार मुल्य निर्धारण गर्ने हुँदा अहिले बैंकिङ समुहमा माग पक्ष फितलो भई आपुर्ति पक्ष बलियो देखिएको कारण अन्य समुहाको तुलनामा बैंकिङ समुहको अबमुल्यन देखिएको छ । यसको मुल कारण गत बर्ष को राईट र बोनसको बाढी नै हो । बुझ्नु पर्ने कुरा के छ भने अब पहिले जस्तो बाढी आउने छैन । जसरि बाढी पछी नदी सन्तुलनमा आउन केहि समय लाग्छ त्यसैगरी अबको केहि समयमा सप्लाईको बाढी बिस्तारै बिस्तारै मत्थर हुँदै जानेछ। बिस्तारै माग पक्षमा सुधार आउँदा बजार मुल्यमा सकारात्मक प्रभाव नपर्ने कुरै छैन।
एउटा गन्तब्यको अन्त्य भैसकेपछी पुन: अर्को रेस सुरु हुन केहि समय लाग्छ। अर्को रेसको लागी पुरानो थकाई मेट्नुका साथै नयाँ तयारी गर्नुपर्ने हुन्छ । समयमै कुनै कठिनाई बिनानै दौड पार गरेकाहरु भने अर्को रेस घोषणा हुनु अगावै आराम नगरिकनै आफ्नै गतिमा हिंड्न सुरु गरिसकेका छन्।
हिजोको दिनमा १०/२० करोडमा खुलेका बैंक २ अर्बमा पुग्दा भन्ने गरिन्थ्यो कि, अब बैंकले प्रतिफल दिन सक्दैन। अहिले ८ अर्बमा पुग्दा पनि बजारमा यस्तै हल्ला चलेको सुनिन्छ। निश्चय पनि सँख्यात्मक रुपमा बढ्दै जाँदा गुणात्मकतामा ह्रास त आउँछ नै , तैपनी हामिले बुझ्नुपर्ने कुरा चाहिं ब्यवसायको आकार भनेको बढ्दै जाने हो घट्ने हैन। हिजोको दिन र आजको समग्र देशको अवस्थालाई हेरौं, अर्थतन्त्रको आकारलाई हेरौं , बजारको पुँजीकरणलाई हेरौं, बजारमा हुने कारोबारलाई हेरौं, कम्पनीको कमाई लाई हेरौं , हामिले प्राप्त गर्ने प्रतिफल लाई हेरौं , पक्कै पनि यदि लगानी सही ठाउँमा परेको छ भने हाम्रो लगानी बढ्दै गए अनुरुप प्रतिफल पनि बढ्दै गएको पाउँछौं।
धेरै भूमिका नबाँधी भन्नुपर्दा बाँणिज्य बैंकको लागी यो नै अन्तिम गन्तव्य हैन, आठ अर्बनै पर्याप्त पुँजी हैन। नियामकले ढिलो चाँडो पुन पुँजी बृद्धीको अर्को योजना ल्याउनेनै छ। जब आधिकारिक रुपमा योजना सार्वजनिक हुन्छ तब बजारमा उछाल आउने निश्चितनै छ।
कतिपय बैंकहरु ८ अर्बलाई फड्किएर आगामी गन्तव्यको लागी अघी बढिसके को कुरालाई हेर्दा ८ अर्ब पुँजी अझै पर्याप्त छैन भन्ने अनुमान गर्न सकिन्छ।
मनन गर्नैपर्ने तथ्यहरु:
☆हाम्रो सेयर बजारमा बैंकिङ समुहको प्रभुत्व ७०% को हाराहारीमा छ।
☆बैंकिङ समुहको सेयर नहुने सायदै कुनै लगानिकर्ता होलान्।
☆ईतिहास साक्षी छ,अहिलेसम्म बैंकिङ उपसुचकले नै समग्र बजारको दिशा निर्धारण गर्ने गरेको छ।
☆बजारको बुलिस ट्रेण्ड र बियरिस ट्रेण्डको आधार तय गर्ने सुचकनै बैंकिङ समुह हो।
☆राजनिती/अर्थतन्त्रमा देखिने प्रभावको प्रत्यक्ष असर पहिले बैंकिङ च्यानलमै पर्दछ। मुलुकको अर्थतन्त्रमा यो समुहको प्रत्यक्ष सहभागिता रहेको छ।
☆बजारको पछिल्लो परिदृश्यलाई हेर्दा यहाँ प्रत्यक्ष नियामक नभएको सँस्थामा ब्रम्हलुट छ । अनेकौं चोर दुलोहरु छन् गिद्दहरुको लागी । चाहे त्योबिना कुनै आधार ६०० बाट २२०० पुगेर लगानिकर्ता डुबाएको HDL होस्, या रिजर्वलाई समेत गनणा गरेर झुटो बिवरण देखाई १७० को EPS लाई ५८० देखाएर ३५०० मा चलेको सेयरलाई ७६०० पुर्याएर लगानिकर्ता डुबाउने BNT होस् ,सबैको ब्रम्हलुटनै छ बजारमा। अन्त्यमा धितोपत्र बोर्डको कारवाहीको घेरामा पुग्दा धेरै लगानीकर्ता उठ्नै नसक्ने गरी ब्रम्हनालमा लम्पसार परिसकेका हुन्छन्!
यि सबै तथ्यलाई हेर्दा बैंक तथा बित्तिय सँस्थालाई मुलुकको केन्द्रिय बैंक नेपाल राष्ट्र बैंकले प्रत्यक्ष नियमन गर्दछ। लगानीको लागी यो जती स्पष्ट आधार के होला ?
बाँणिज्य बैंकको लागी यो नै अन्तिम गन्तव्य हैन, आठ अर्बनै पर्याप्त पुँजी हैन। नियामकले ढिलो चाँडो पुन पुँजी बृद्धीको अर्को योजना ल्याउनेनै छ। जब आधिकारिक रुपमा योजना सार्वजनिक हुन्छ तब बजारमा उछाल आउने निश्चितनै छ।
अब बैंकको सेयरमा लगानी गर्नेहरुले बिगतको अनुभवलाई मध्यनजर गर्दै निम्न कुरामा ध्यान दिनु जरुरी छ:
१.आफ्नै श्रोतबाट तोकिएको पुँजी तोकिएकै समयमा पुर्याउन सक्षम बैंकलाई प्राथमिकतामा राख्नुहोस्।
२. हकप्रदको भारी मात्र बोकाउने कम्पनीलाई वास्तै नगर्नुस्, हकप्रद भनेको प्रतिफल हैन यो त थप लगानी हो। तसर्थ थप लगानी गर्न लगाउने भन्दा पनि नियमित रुपमा प्रतिफल दिने कम्पनी रोज्नुहोस्।
३. बिगतमा नियमकलाई बारम्बार अटेर गर्ने कम्पनी भन्दा निती नियमलाई पालना गर्ने सँस्थागत सुशासन भएका कम्पनी छान्नुहोस्।
४. बैंकिङ समुहमा लगानी गर्नेले बजारको उतार चढावबाट लिने लाभलाई दोस्रो प्राथमिकतामा राखी कम्पनीले प्रदान गर्ने प्रतिफलबाट प्राप्त हुने लाभलाई पहिलो प्राथमिकतामा राख्नुहोस्।
५.लगानिकर्ताप्रती उत्तरदायि, ब्यापार बिस्तार गर्दै लगेका, समयमै बित्तिय बिवरण प्रकाशित गर्ने, समयमै लाभांश बितरण गर्ने कम्पनी रोज्नुहोस्।
अन्त्यमा,
“ढिलो गए अवश्य पुगिन्छ, हतार गरे भन्न सकिन्न!” भन्ने भनाईलाई आत्मसाथ गर्नुहुनेहरुले लगानीको प्राथमिकतामा बैंकिङ समुहलाई राख्दा पक्कै राम्रो हुनेछ।