×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

राजनितिमा आएको ‘वाम ट्रेण्ड’, लगानीकर्ताको ‘कम्युनिष्टफोबिया’ र अवको सेयर बजारको भविष्य

 

  • नरेन्द्र चुदाली 
‘सिजन’को फाइदा उठाउन नसकेको सेयर बजार राष्ट्रिय राजनितिमा देखिएको धुर्वीकरणले केही प्रभावित हुन पुग्यो । प्रमुख वामपन्थी शक्तिहरु एउटै कम्युनिष्ट केन्द्र र सामाजवादको दीर्घकालीन रणनीतिसहित चुनावमा गएपछी बजारमा देखिएको ‘एन्टि-वाम’ मनोविज्ञान चुनावपछी निस्कृय हुने अनुमान गरिएको थियो । भविष्यमा वामपन्थी सरकार पूँजी बजारप्रति उदार नहुने अनुमानबीच धेरै लगानीकर्ताको मनोविज्ञान कमजोर हुन पुग्यो ।
वाम गठबन्धनको त्रास मुख्य कारण बनी बजार निरन्तर ओरालो लाग्ने क्रम जारी रहेपछी एमाले अध्यक्ष ओलीले सार्वजनिक रुपमै पूँजी बजारका लगानीकर्तालाई आश्वस्त पार्ने कोसिस गरे । जसबाट बजार केही हदसम्म सम्हालिएको चर्चा पनि भएको थियो । तर केही समयपछिनै बजार पुरानै लयमा फर्किएको थियो । बजारको उतारचढावपूर्ण यात्रा चुनावपछि सुधारको क्रममा फर्किने विस्वास गरिएपनि बजार ओरालो लाग्ने क्रम रोकिएको छैन । चुनावपछिका सम्पुर्ण कारोबारहरुले ‘एन्टि-वाम रिएक्सन’ देखाएको छ । 
बुधबार बजारमा केही सुधारको संकेत देखिएपनि कारोबार रकम हेर्दा बजारको मनोविज्ञान अझैपनि धरमराएको अनुमान गर्न सकिन्छ । वजारमा सधै उत्साहप्रद वुल छाउदैन । त्यसको निम्ति बजारले कुनै न कुनै अवसरको प्रतिक्षा गरिरहेको हुन्छ । त्यसकारणपनि अहिले राजनीतिमा देखिएको यो महत्त्वपूर्ण ‘टर्निङ प्वाइन्ट’लाई बजारले भरपुर उपयोग गर्न सक्नुपर्थ्यो । बजारमा उत्साहप्रद ‘वुल’ आएको भएमात्र लामो समयसम्म ‘वियरिश ट्राय्प’मा परेका लगानीकर्तालाइ राहत मिल्थ्यो । र उनीहरुको ‘लस राइट ब्याक’ हुने स्थिति आउँथ्यो । तर बजार केही मात्रामा बढ्न खोजेपनि त्यो लामो समय टिक्न सकिरहेको देखिदैन ।

बजारको उतारचढावपूर्ण यात्रा चुनावपछि सुधारको क्रममा फर्किने विस्वास गरिएपनि बजार ओरालो लाग्ने क्रम रोकिएको छैन । चुनावपछिका सम्पुर्ण कारोबारहरुले ‘एन्टि-वाम रिएक्सन’ देखाएको छ । 

शेयर बजारको प्रकृति जिवन्त हुने र यसको सम्बन्ध देशको राजनितीसँग प्रत्यक्ष जोडिने भएकोले पनि देशमा अहिले राजनैतिक स्थिरताको हिसावले स्वर्णिम युगको प्रारम्भ भएको छ । राष्ट्रिय राजनीतिमा देखिएको यो सकारात्मक वातावरणलेपनि सेयर बजार बढनुपर्ने हो । किनकी राजनिती अर्थनितिको पनि मार्गदर्शक हो । यसभन्दा अघिपनि देशको राजनीतिमा आउने सकारात्मक परिवर्तनलाई सेयर बजारले खुलेर स्वागत गर्ने गरेको नजिर छ । तर अलिले सक्रमणकालको अन्त्य हुने गरि देशमा सुरु भएको स्थिरताको यात्रामा सेयर बजारले अनुकुल प्रतिक्रिया जनाउन सकेन । यसमा खासगरी अवको ५ बर्षको लागि बन्ने बहुमतको वाम सरकार सेयर बजारप्रति उदार देखिदैन कि आम लगानीकर्ताको मनोविज्ञानले काम गरेको देखिन्छ । जुन त्यति बस्तुगत छैन ।
किनकी नेपालमा वामपन्थी दलहरुको नीति खुल्ला बजार अर्थनितिको प्रतिकुल हुनेगरी छैन  । जुन उनीहरुको घोषणापत्रमा पनि देख्न सकिन्छ । उनीहरुको सेयर बजारप्रति कुनै अनुदार नीति छैन । बरु पूँजी बजारको विकासमा उनीहरुको जोड छ । त्यसकारण पनि लगानीकर्ताहरु वमपन्थी त्रासबाट मुक्त हुनु जरुरी छ । अब राजनैतिक संक्रमण अन्त्य भइसकेको अबस्थामा देशको एकसुत्रीय एजेन्डा भनेको आर्थिक समृद्धि नै हो । जसमा पूँजी निर्माण र परिचालनमा सेयर बजारको महत्त्वपूर्ण भुमिका हुन्छ भन्ने कुरामा वामपन्थी नेताहरुपनि एकमत छन्। किनकी नेपालका कमिनिस्टहरुको स्कुलिङ भनेको अर्थव्यवस्थालाई नियन्त्रण गर्ने होइन । 

खासगरी अवको ५ बर्षको लागि बन्ने बहुमतको वाम सरकार सेयर बजारप्रति उदार देखिदैन कि आम लगानीकर्ताको मनोविज्ञानले काम गरेको देखिन्छ । जुन त्यति बस्तुगत छैन ।

निजी क्षेत्र र पूँजी बजारको लागि उनिहरुको नियन्त्रणमुखी सिद्धान्त छैन भन्ने कुरा यस अघिका वामपन्थी सरकारको गतिविधिलाई नियाल्दा प्रष्ट हुन्छ । र अर्को कुरा उनीहरुले भनीरहेको आर्थिक समृद्धिको निम्ति अनुदार आर्थिक नीति प्रतिउत्पादक हुने प्रष्ट छ । यसबाट उनिहरु असफल हुने खतरा रहन्छ । यो कुरा उनिहरुले राम्रोसँग बुझेका छ्न । विदेशी लगानी भित्र्याउनूका साथै देशमा आन्तरिक पूँजी निर्माणको निर्माणको निम्तिपनि सरकारको उदार आर्थिक नीतिनै आवश्यक हुन्छ भन्ने कुरामा वामपन्थीगरुकोपनि प्रष्टता छ । 

नेपालमा वामपन्थी दलहरुको नीति खुल्ला बजार अर्थनितिको प्रतिकुल हुनेगरी छैन  । जुन उनीहरुको घोषणापत्रमा पनि देख्न सकिन्छ । उनीहरुको सेयर बजारप्रति कुनै अनुदार नीति छैन । बरु पूँजी बजारको विकासमा उनीहरुको जोड छ । त्यसकारण पनि लगानीकर्ताहरु वमपन्थी त्रासबाट मुक्त हुनु जरुरी छ ।

त्यसकारण अब वाम फोवियोबाटै कमजोर बनेको सेयर बजारको यात्रा रोकिनु जरुरी छ । त्यसोत अधिक आपूर्ति र महँगो ब्याजदरले पनि बजारलाइ ‘हिट’ गरेको छ । तर त्यो भन्दा पनि प्रमुख कारण भनेको लगानीकर्ताको कमजोर मनोविज्ञान नै देखिएको छ । केही समस्याका वाबजुत समग्र रुपमा हेर्दा सेयर बजारमा अहिले अनुकुलताको वजन धेरै देखिन्छ । जसलाइ बजारले सदुपयोग गर्नु पर्ने देखिन्छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: