
- अर्थ सरोकार इन्फोग्राफिक्स ब्यूरो
स्ट्याण्डर्ड चार्टड बैंकको आ.व २०५६/५७ देखि आ.व २०७३/७४ सम्मको पूँजी वृद्धिको ट्रेन्डलाई नियाल्दा बैंकले समयअनुसार अन्य बैंकलेझैँ पूँजी बिस्तारमा चासो दिएको देखिदैन । बैंकले समिक्षा अवधिको आधा जसो समयमा पूँजी वृद्धिमा खासै चासो दिएको देखिन्न । सिमित पूँजीबाट कामय नाफाबाट बैंकले आफ्ना शेयरधनीलाई राम्रै लाभांश दिएको देखिन्छ ।

आ.व २०५६/५७ देखि हाल घोषित १०० प्रतिशत बोनस शेयरलाई समेत समावेश गर्दा बैंकले आफ्ना लगानीकर्तालाई ३८० प्रतिशत बोनस शेयर दिंदा नगद लाभांश भने १२०० प्रतिशत भन्दा धेरै प्रदान गरेको देखिन्छ । बैंकले फेरिपनि नगद लाभांशमै जोड दिने इतिहासलाई फेरि दोहोर्यउने देखिन्छ । यति महँगो मूल्यमा उक्त बैंकको शेयर किनेर अब आउने वर्षहरुमा नगद लाभांशनै पाउनु हो, त्यो पनि लाभांश वितरण हरेक वर्ष घट्दो ट्रेन्डमा छ । आ.व २०६२/६३ देखि बैंकले थोरै थोरै भएपनि पूँजी वृद्धि गरेसँगै बैंकको प्रतिशेयर आम्दानीमा पहिरो आएको प्रस्ट देखिन्छ । अहिले १०० प्रतिशत बोनसले बढेको पूँजीपछि बैंकको प्रतिशेयर आम्दानी थप तल आउने स्पष्ट छ।

गत बर्ष थप नयाँ साधारण सेयर अर्थात एफपीओ जारी गर्दा नै बैंकले २०७५ मा प्रतिसेयर आम्दानी २२ रुपैयाँ हुने आँकलन गरेको थियो । शतप्रतिशत बोनस पछि बैंकको ‘बिजनेश’ पनि सोहि अनुसार नबढ्ने हुनाले बैंकको सेयर तत्काल किनिहालने अवस्था होइन । न बैंकले साखा विस्तार गर्ने योजना ल्याएको छ, न पूँजी वृद्धी नै ! अघिल्लो बर्ष झण्डै चार हजार रुपैयाँ प्रतिकित्तामा सेयर किनेकाहरु अहिले पनि पछुताईरहेको अवस्था छ ।
उक्त बैंकले गत आर्थिक बर्षमा १ अर्ब ३८ करोड १९ लाख रुपैयाँ खुद नाफा कमाएकोमा प्रिमियम मूल्यमा थप नयाँ साधारण सेयर बिक्रीबाट जगेडा कोषमा जम्मा भएको रकम समेत उपयोग गरी १०० प्रतिशत बोनस प्रस्ताव गरेको हो । शतप्रतिशत बोनसको कर प्रयोजनका लागि प्रतिसेयर ५ रुपैयाँ २६ पैसाको दरले नगद लाभांस समेत वितरण गर्ने प्रस्ताव गरेको छ ।

बैंकको सबै अवस्थाको विश्लेषण गर्दा यो बर्षको अन्त्यसम्ममा बैंकको प्रति सेयर आम्दानी २६ रुपैयाँसम्म कायम हुने देखिन्छ । सोहि इपीएसका आधारमा दिइने नगद लाभांश धेरै र बोनस सेयर कमको हिसाब गर्दा खास फाइदा हुने देखिंदैन । त्यसैले लगानीकर्ता सचेत भएर मात्र यो बैंकको सेयर किन्न हाम फाल्दा उचित हुन्छ । समग्रमा ठ्याक्कै मूल्यकै विश्लेषण गर्ने हो भने बैंकको अहिलेको प्रतिकित्ता २१०० रुपैयाँ सेयर मूल्य नै धेरै महँगो हो । कुनै बेला महंगोमा सेयर किनेर पछुताईरहेकाहरु अहिले पनि पछुताईरहेका छन् । तपाईंपनि पछुताउने काम गर्ने कि नगर्ने, त्यो तपाईंमै भर पर्ने कुरा हो ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्