×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

EXCLUSIVE : अव ८ होइन १६ ! वाणिज्य बैंकको चुक्ता पूँजी १६ अर्व पुर्याउन निर्देशन दिने अन्तिम तयारीमा राष्ट्र बैंक !

PRIME CA

EXCLUSIVE : अव ८ होइन १६ ! वाणिज्य बैंकको चुक्ता पूँजी १६ अर्व पुर्याउन निर्देशन दिने अन्तिम तयारीमा राष्ट्र बैंक !

२० पुष २०७४, बिहीबार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ – ८ अर्व चुक्ता पूँजी पूर्याउन कतिपय बैंकलाई धौ-धौ भएको स्थितिकाबीच नेपाल राष्ट्र बैंक आक्रामक रुपमा वाणिज्य बैंकहरुको पूँजी बढाउने उदेश्यले प्रेरित भएको खुलासा भएको छ । नेपाल राष्ट्र बैंकले वाणिज्य बैंकहरुको चुक्ता पूँजी १६ अर्व बनाउन निर्देशन दिने तयारी गरिरहेको तथ्य बाहिरिएपछि यस्तो खुलासा भएको हो । राष्ट्र बैंक उच्च स्रोतले अर्थ सरोकारलाई दिएको जानकारी अनुसार आउँदो असार मसान्तपछी गनिनेगरी नेपाल राष्ट्र बैंकले आउँदो २ बर्षमा पूँजी १६ अर्व पुर्याउन निर्देशन दिने अन्तिम तयारी गरिसकेको छ।
‘वाणिज्य बैंकहरुको चुक्ता पूँजी १६ अर्व पुर्याउनेबारे आन्तरिक सहमति भइसकेको छ । धेरै बैंकरहरुकहाँ पनि यो कुरा पुगिसकेको छ ।’ स्रोतले भन्यो, ‘नेपाल राष्ट्र बैंकले जतिसक्दो बैंक तथा वित्तीय संस्थाहरुलाई संख्यात्मक हिसावले कम बनाउने योजना बनाएको छ । असार मसान्तपछी गनिने गरी नेपाल राष्ट्र बैंकको यस्तो नीति आउनेछ ।’ यद्यपी बिकास बैंकका हकमा यो नीति कुन रुपमा ल्याउने भन्नेबारे भने राष्ट्र बैंक गृहकार्यमै रहेको स्रोतको भनाइ छ । उक्त कुरा टुंगिएपछी नेपाल राष्ट्र बैंकले यो नीतिलाई अवलम्बन गर्ने गरी अगाडी बढ्ने स्रोतको दावी छ ।   

राष्ट्र बैंक उच्च स्रोतले अर्थ सरोकारलाई दिएको जानकारी अनुसार आउँदो असार मसान्तपछी गनिनेगरी नेपाल राष्ट्र बैंकले आउँदो २ बर्ष मा पूँजी १६ अर्व पुर्याउन निर्देशन दिने अन्तिम तयारी गरिसकेको छ।

स्रोतका अनुसार आफ्नो कार्यकाल बलियो बनाउने र आफ्नै कार्यकालमा वाणिज्य बैंकहरुको चुक्ता पूँजी १६ अर्व बनाउने भन्दै गभर्नरपनि यो कुरामा तातेका छन् । यसअघि पनि नेपाल राष्ट्र बैंकले चुक्ता पूँजी ८ अर्व पुर्याउन निर्देशन दिएपछि मर्जर, बोनस सेयर र हकप्रद सेयरमार्फत राष्ट्र बैंकले तोकेको चुक्ता पुँजी पुर्‍याउने कसरतमा बैंकहरु लागेका थिए । अझ खास कुरा त के छ भने कतिपय बैंकरहरुले चुक्ता पूँजी २० अर्व पुर्याउन समेत गभर्नरलाई सुझाव दिएका छन् । 
यद्यपी यसपालीको निर्देशनमा भने हकप्रदको हकमा केहि कसिलो नियम आउने बुझिएको छ । ‘राइटको  कुरामा क्याप लगाउने तयारी राष्ट्र बैंकले गरेको छ । राइटको कुरालाई बैज्ञानिक ढंगले मिलाएर १६ अर्व पूँजी पुर्याउन निर्देशन दिने अन्तिम तयारीमा नेपाल राष्ट्र बैंक छ ।’ स्रोतले भन्यो । यसो त विभिन्न कार्यक्रमहरुमा नेपाल राष्ट्र बैंकका गभर्नरले समेत चुक्ता पूँजी अझ बढाउने विषयमा नेपाल राष्ट्र बैंकले सोचीरहेको बताएका थिए । केहि समयअघि सेन्चुरी बैंकको एक कार्यक्रममा पनि गभर्नरले यहि आसय व्यक्त गरिसकेका थिए ।   
यो निर्देशन आएपछि बैंकहरुको संख्या स्वात्तै घट्ने पक्का छ । राष्ट्र बैंकको उदेश्य पनि यहि नै भएको राष्ट्र बैंकका उच्च अधिकारीहरु बताउँछन् ।  
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: