×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

चार्टड एकाउन्टेन्सी क्वालिफिकेसन र समकक्षता : यस्तो छ भ्रम र वास्तविकता !

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

चार्टड एकाउन्टेन्सी क्वालिफिकेसन र समकक्षता : यस्तो छ भ्रम र वास्तविकता !

Artha Sarokar

५ बैशाख २०७५, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • समाचार टिप्पणी 
काठमाडौँ – चार्टड एकाउन्टेन्सी क्वालिफिकेसन लिएका तर कुनै विश्वविद्यालयबाट स्नातकोत्तर नगरेकाहरुको एकेडेमिक समकक्षता कति हुन्छ ? पछिल्लो समय धेरैले नबुझेको र नियामकले बुझाउन नसकेको प्रश्न हो यो । आम नागरिकलाई नियामक संस्थाले सचेतना फैलाउन नसक्दा सिए भएर पनि त्रिभुवन विश्व विद्यालयको माष्टर्स पास सर्टिफिकेट नभएकै कारण सिएहरुलाई गलत लान्छना लगाउने, क्वालिफिकेसनमाथि प्रश्न उठाउने जस्तो काम विभिन्न क्षेत्रबाट भइरहेको छ । नियामकले समकक्षता बारे आम नागरिकसँग सत्य कुरा पुर्याउन नसक्दा विद्वान भनिएका कथित प्रोफेसनल र तथष्ट भनिएका बुझ्रुक मिडियाहरुले पनि यो क्वालिफिकेसनका बारेमा गलत टिप्पणी गरिरहेका छन् । 
चार्टड एकाउन्टेन्सी कुन डिग्री सरह हो ?
एकेडेमिक हिसावले हेर्दा स्नातक उतिर्ण गरी र चार्टड एकाउन्टेन्सी शिक्षा भारतीय बोर्ड वा नेपाल बोर्डबाट उतिर्ण गरेका सिएहरुलाई त्रिभुवन विश्व विद्यालयले स्नातकोत्तरको समकक्षता दिन्छ । अर्थात कोहि ब्याचलर पास भएको छ र उ सिए हो भने उसलाई त्रिभुवन विश्वविद्यालयले माष्टर्सको समकक्षता दिन्छ । समकक्षताको विषयलाई छोड्ने हो भने चार्टड एकाउन्टेन्सी आफैंमा विज्ञ हुनुको डिग्री हो । नेपाल वा भारतमात्र होइन, संसारका अधिकांस देशमा सिएलाई लेखापरीक्षण, फाइनान्स, एकाउन्टस्, ट्याक्स लगायतका विषयका विज्ञ मानिन्छ । अझ नेपालमा त व्यवस्थापन शिक्षाको सबैभन्दा माथिको शिक्षा नै सिए हो । यसरी सिए उतिर्ण गरेकाहरुको क्वालिफेक्सनको सत्य तथ्य सबैलाई थाहा नहुँदा वा थाहा गराउन नियामकको भूमिका कमजोर हुँदा कतिपय ठाउँमा सिए क्वालिफिकेसनका बारे अनावश्यक बहस भइरहेको छ ।
सरकारी जागिर वा नियामकहरुमा यो डिग्रीको भ्यालु के ?
विभिन्न सरकारी निकायहरुमा पनि सिएको डिग्री निकै माथि राखिएको छ । कतिपय ठुला अहोदाको नियुक्तिमा पनि व्यवस्थापन शिक्षामा माष्टर्स गरेको वा चार्टड एकाउन्टेन्सी उतिर्ण गरेको भन्ने उल्लेख छ । नेपाल स्टक एक्सचेन्जले महाप्रबन्धक पदको नियुक्तिका लागि आवेदन दिंदाको सुचना पछिल्लो उदाहरण हो । नेपाल राष्ट्र बैंक, वीमा समिति, धीतोपत्र बोर्ड, लगायतका निकायमा पनि यो क्वालिफिकेसनलाई धेरैजस्तो अवस्थामा माष्टर्स सरहको भ्यालु दिइएको छ भने केहि अवस्थामा सिएमात्र सकेको भए ब्याचलर र सिए गरी माष्टर्सको समकक्षता मागिएको हुन्छ । तर अरुलाई पछार्न थाहा नहुँदाको फाइदा उठाएर यी निकायमा पनि बेलाबेलामा क्वालिफिकेसनको इस्यु उठाएर गलत नजीर बनाउने दुष्प्रयास पनि पटक पटक नभएको होइन ।
पीडीत बन्दै सिए, नियामक आइक्यान किन मौन ?
नियामक निकाय नेपाल चार्टड एकाउन्टेन्स संस्था (आइक्यान) ले सिए क्वालिफिकेसनका बारेमा जानाकारी ठाउँ-ठाउँमा पुर्याउन नसक्दा विभिन्न सिएहरु पीडीत बन्न थालेका छन् । क्वालिफिकेसनको सत्य तथ्य नबुझेका कतिपयले विभिन्न ठाउँमा उजुरी गरिदिने वा यस क्वालिफिकेसनको तथ्य नबुझी क्वालिफिकेसनको इस्यू उठाएर मिडियाहरुले मानहानी नै हुने गरी समाचार सम्प्रेषण गरिदिंदा सिएहरु पीडीत बनेका छन् । यस विषयमा आइक्यानले सोच्नुपर्ने जरुरी छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी