
- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ – बीमा कम्पनीको नाम बेचेर मनपरी गर्नेका दिन जाने गरी बिमा समितिले कडा नियम ल्याएको छ ।बीमा समितिले बीमकको संस्थागत सुशासन सम्बन्धी निर्देशिका, २०७५ जारी गरेसँगै अव बीमाका नाममा मनपरी गर्नेको दिन गएको हो । समितिले कडाइका साथ कार्वनयन गरेको खण्डमा यो नियमले बीमा क्षेत्रमा रहेका धेरै समस्याहरु समाधान गर्ने कुरामा शंका छैन । समितिले आइतबारदेखि लागु हुने गरी विभिन्न नयाँ प्रावधान समेट्दै निर्देशिका जारी गरेको हो । हेर्नुहोस् उक्त निर्देशिकाका मुख्य बुँदाहरु ।
१. अव हरेक इन्सुरेन्स कम्पनीले तीन महिनाभित्र डेपुटी सीईओ राख्नुपर्ने भएको छ । हाल कायम रहेका ३९ वटा कम्पनी मध्ये कुनैमा पनि डेपुटीसीईओ छैनन् । निर्देशिका जारी भएको मितिले तीन महिनाभित्र डेपुटी सीईओ नियुक्त गरी समितिमा जानकारी दिनुपर्ने व्यवस्थासहितको नियम जारी भएको छ ।
२.नयाँ व्यवस्था अनुसार अनुसार एउटा बिमा कम्पनीबाट जागिर छोडेको सीईओ ६ महिनासम्म अर्को बिमा कम्पनीमा सोही पदमा काम गर्न जान नपाउने भएका छन् ।
३. अव देखि बीमा कम्पनीका सीइओले कम्पनी सचिवको रुपमा काम गर्न पाउने छैनन् । यस अघि त्यसरी काम गर्न पाउने व्यवस्था थियो ।
४. सीइओको योग्यता केहि लचिलो बनेको छ । प्रमुख कार्यकारी अधिकृत हुन बीमा, वित्त, व्यवस्थापन, अर्थशास्त्र, बाणिज्यशास्त्र, कानुन, गणित, तथ्यांकशास्त्र वा इन्जिनियरिङ विषयमा स्नातकोत्तर उतिर्ण गरेको हुनुपर्नेछ । स्नातकोत्तर उपाधि हािसल गरी कम्तिमा व्यवस्थापक तहमा बीमा क्षेत्रमा भए पाँच बर्ष, बैंक तथा वित्तीय क्षेत्रमा भए आठ बर्ष वा दुबै क्षेत्रमा भएमा बीमामा एक बर्षको अनभुव सहित कम्तिमा सात बर्षको अनुभव भएको व्यक्ति हुनुपर्ने नयाँ निर्देशिकामा उल्लेख छ ।
५. नयाँ निर्देशिका अनुसार एउटा कम्पनीमा दुई कार्यकालसम्म सिइओ बन्न पाइनेछ ।
६. ७० वर्ष उमेर पुगेका ब्यक्ति सिइओ बन्न पाउने छैनन् । पहिला यो उमेरहद ६० बर्षको थियो । यो नियम ल्याउन ६० बर्ष नाघेकाहरुले ठुलै चलखेल गरेको आरोप लागेको छ ।
७. बीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृतले पदमा वा पदबाट हटेको एक वर्षसम्म कुनैपनि कम्पनीको शेयर खरिद बिक्री गर्ने तथा सञ्चालक सर्भेयर, बीमा दलाल, सहजकर्ता वा परामर्शदाता भएर काम गर्न समेत नपाउने भएका छन् ।
८. कम्पनीहरुले प्रक्रिया पुर्याएर प्रतिस्पर्धाका आधारमा मात्र कर्मचारी नियुक्त गर्नुपर्ने भएको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page







प्रतिक्रिया दिनुहोस्