
- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ – अर्थमन्त्री युवराज खतिवडाले शैक्षिक प्रमाणपत्र धीतोमा राखेर ऋण दिने व्यवस्था मिल्ने घोषणा बजेटमार्फत गरेका छन् । त्यसपछि यो विषय ‘टक अफ दी टाउन’ भएको छ । जताततै यहि विषयको चर्चा छ । शैक्षिक प्रमाणपत्र धीतो के आधारमा राख्ने ? कतिजनालाई यस्तो ऋण दिने ? नेपालमा माष्टर्सको सर्टिफिकेट भएका लाखौँलाई यसखाले कर्जा दिन सम्भव छ ? कर्जा केका लागि दिने ? कर्जा नतिरे के हुन्छ ? यस्ता थुप्रै बहसहरु चलिरहेका छन् । तर तपाईंलाई थाहा छ कि छैन, सर्टिफिकेट धितो राखेर बैंकले कर्जा दिने विषय नौलो हुँदै होइन । यस अघि नै नेपाल बंगलादेश बैंकले नेपालमा चार्टड एकाउन्टेन्सी पढिरहेका विद्यार्थीहरुलाई सिएको दोश्रो तहको सर्टिफिकेट धीतोमा राखेर ऋण दिन्थ्यो ।
यसअघि नै नेपाल बंगलादेश बैंकले गरेको थियो यस्तो स्किमको सुरुवात !
कुरा सन् २०१६ सेप्टम्बर महिनाको हो । नेपालमा सिए अध्ययापन गराउने र लेखाव्यवसायको नियामक निकाय नेपाल चार्टड एकाउन्टेन्येट्स संस्था (आइक्यान) संग नेपाल बंगलादेश बैंकले सर्टिफिकेट धीतोमा राखेर कर्जा दिने गरी सम्झौता गरेको थियो । तत्कालीन अवस्थामा नेपाल बंगलादेश बैंकका तर्फबाट हालका डीसीइओ सुरेन्द्र भुषण श्रेष्ठ र आइक्यानका तत्कालीन कार्यकारी निर्देशक बिनय प्रकाश श्रेष्ठले उक्त सम्झौतापत्र आदान प्रदान गरेका थिए । सोहि अवसरमा आइक्यानमा आयोजित एक कार्यक्रममा बोल्दै नेपाल बंगलादेश बैंकका सीइओ ज्ञानेन्द्र ढुंगानाले शैक्षिक प्रमाणपत्र धीतोमा राखेर कर्जा दिने स्किम सुरु गर्न पाएकोमा आफुलाई खुसी लागेको बताएका थिए ।
यस्तो थियो ‘क्राइटेरिया’ !
तत्कालीन समयमा भएको सम्झौता अनुसार नेपाल चार्टड एकाउन्टेन्ट्स संस्था (आइक्यान) अन्तर्गत सिएको दोश्रो तह क्याप टु उतिर्ण गरेकालाई नेपाल बंगलादेश बैंकले ३ लाखसम्म सर्टिफिकेट धितो राखेर कर्जा दिने सम्झौता भएको थियो । सम्झौता अनुसार आइक्यानले बैंकलाई ऋणका लागि सिफारिस गरिदिने र उक्त सर्टिफिकेट धीतोमा राखेर बैंकले ३ लाखसम्म कर्जा दिने व्यवस्था गरेको थियो । यो स्किममा थुप्रै विद्यार्थीहरु सहभागीसमेत भएका थिए । अर्थ सरोकार डटकमसँग कुराकानी गर्दै बैंकका तत्कालीन प्रमुख बित्त अधिकृत (जो अहिले बैंकका सहायक महाप्रबन्धक छन्) सुरेश देवकोटाले भनेका थिए ‘क्याप टु सकेर क्याप थ्री अध्ययन गरिरहेका विद्यार्थीहरुले क्याप टु को सर्टिफिकेट धितो राखेर शैक्षिक कर्जा लिन सक्नेछन् । हामीले अहिले ३ लाखसम्म कर्जा दिने सम्झौता गर्न लागेका छौं । यसले क्याप थ्री पढ्न विद्यार्थीहरुलाई सहज हुने विश्वास लिएका छौं ।’ पछी चरम तरलता अभाव भएका बेला बैंकले यो स्किम बन्द गरेको थियो ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्