
- रोहन शर्मा
केहिदिन अगाडीको कुरा हो अमेरिका का ग्रीनकार्ड धारी एक मित्रसँग भेट भयो , उनलाई अहिले बजार निकै तल झरेको हुँदा सेयर बजारमा लगानी गर्दा घाटा नहुने सुझाउँदा उनले भने,”नेपालको लगानीको क्षेत्र सँधै काँचोनै रहने भयो भाषणमा, नारामा जतीनै ठुला कुरा गरेता पनि आज भन्दा १० बर्ष अघीको र अहिलेको अवस्थालाई दाँज्दा बाहिर राम्रो देखिएता पनि अहिले अवस्था झन् बिग्रँदो देख्छु।
राज्य कर उठाउने धुनमै मस्त छ। कर लिए बापत सेवा सुबिधा दिनु पर्दैन? लगानीको सुरक्षाको जिम्मा लिनु पर्दैन ? युरोप अमेरिका तिर राज्यले कर लिए बापत पहिलो प्राथमिकता भनेको लगानिकर्ताको आर्थीक सुरक्षानै हो । नेपालमा NRN लाई सेयरमा लगानी गर्न लगाउने भन्न थालेको दशौं बर्ष भैसक्यो। गाँठी कुरा त यहाँ आएर हामिले गरेको लगानीको प्रतिफल आफु रहेको मुलुक लैजान नपाउने भए पछी हामी किन यहाँ लगानी गर्ने ? हामिले अरुको लागी थोडी लगानी गरिदिने हो ? अमेरिकामै हेर्नुस् भारतिय लगानीको ओईरो छ, यहाँ को आउँछ लगानी गर्न?”
यी मित्रको कुरा सुन्दा गवर्नर डा. नेपालले आज एउटा कार्यक्रममा जोडेको प्रसँग जोड्न सान्दर्भिक लाग्यो, “नेपालको सेयर बजार पुड्को भयो ।”
महोदय सही भन्नु भयो। पुड्को मात्र हैन अवस्था यही रहिरहने हो भने उचाई अझै घट्दै फेरी गर्भमै जान बेर छैन। बजारलाई आयोडिन खुवाउने काम कस्को ? बजारको ताला चाबी लिएर बस्नेहरु आफु मात्र आयोडिन खाएर अग्लो हुने? अनि बजार पुड्को भयो भन्दै हिंड्ने?
कहिले कालो धन, कहिले भ्याट , कहिले यो ट्याक्स, कहिले त्यो ट्याक्स् जस्ता कुराहरु गरेर नियामक निकाय लगायतका क्षेत्रबाट लगानीकर्ताको मनोबल गिराउने, तर्साउने , धम्क्याउने ,घाँटी निमोठ्ने काम भएको छ । यि सब कारणले गर्दा लगानिकर्ता “लगानी गरेर कतै मैले अपराध त गरेको छैन? भनेर सोच्न बाध्य छन्।”
देशको लागी सेयर बजार चाहिन्छ जस्तो लाग्छ भने स्पष्ट धारणा आओस्, तत्काल स्पश्ट निती नियम बनोस्, हैन आवश्यक छैन जस्तो लाग्छ भने भने सदाको लागी बन्द गरियोस्।
आजै मात्र २ अर्ब को तामाकोशीको सेयर निश्काशनको लागी स्विकृत भन्ने समाचार सुनियो। पुँजिबजार अनुत्पादक हो भने सार्वजनिक निश्काशन किन गर्नुपर्यो ? यो त झन् राष्ट्रीय गौरबको आयोजना हो, सरकार आफैले सत् प्रतिशत लगानी गरे भैगो।
पछिल्लो समय सेयर बजारका लगानीकर्ता यतिसम्म त्रसित छन् कि धेरै भन्दा धेरै सकेसम्म बजारबाट कसरी बाहिरिने भन्ने सोचमा देखिन्छन्। यस्तो अवस्थामा लगानीकर्ताको मनमा उब्जने एउटै प्रश्न, “लगानीकर्ताले तिरेको करबाटै मुखमा माड लागेका सँस्थाहरु ( धितोपत्र बोर्ड, नेप्से, सिडिएस) लगानिकर्ताको पक्षबाट वकालत गर्नबाट किन तर्कन्छन्?”
बास्तबमा नियामक निकाय भनेको समग्र बजार/समग्र लगानिकर्ताको अभिभावक हो । प्रतिकुल अवस्थामा अभिभावकले आफ्ना बच्चाहरुको सुरक्षा दिन सक्नुपर्छ। अभिभावले नै दु:खमा नहेर्ने हो भने लगानिकर्ता शरण लिन कहाँ जाने?
बारम्बार लगानिकर्ता माथी प्रहार गर्ने काम बन्द गरीयोस्, हरेक लगानिकर्ताको बैयक्तिक बिवरण, लगानिकर्तासँग भएको सेयरको बिवरण, हामिले कारोबार गरेको बिवरणको सबै रेकर्ड ब्रोकर, नेप्से, सिडिएसमा सुरक्षित रहेको हुन्छ। यती हुँदाहुँदै पनि केहि दिन अगाडी धितोपत्र बोर्डका प्रवक्ताले दिएको जस्तो गैर जिम्मेवारी अभिब्यक्ती बारम्बार आउँछ भने कतै सिस्टमनै “OUT OF ORDER” त छैन? भन्ने जस्तो देखिन्छ। सम्बद्द सरोकारवाला सबैमा जिम्मेवारी बोध होस्।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page







प्रतिक्रिया दिनुहोस्