×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

पन्ध्र खर्बको बजारमा एक प्रतिशत पनि हिस्सा नओगटेको समूहलाई किन ज्वाईं सुविधा (आरक्षण)? किन अर्थमन्त्रीनै लागे बिज्ञापन गर्न?

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISH HOME

पन्ध्र खर्बको बजारमा एक प्रतिशत पनि हिस्सा नओगटेको समूहलाई किन ज्वाईं सुविधा (आरक्षण)? किन अर्थमन्त्रीनै लागे बिज्ञापन गर्न?

Artha Sarokar

५ असार २०७५, मंगलवार

पढ्न लाग्ने समय: ३ मिनेटभन्दा कम

  • रोहन शर्मा 

केहिदिन अगाडी एक म्युचुअल फण्डका प्रतिनिधी र एक ब्रोकरबिच भएको बार्तालाप यस्तो थियो :
MF प्रतिनिधी : “बजार त निकै तला जाला जस्तो देखियो …xyx कम्पनीको सेयर १०००० कित्ता जती फाल्नु पर्‍यो। असारमा त प्रोफिट बुकिङको लहरनै चल्छ, त्यो भन्दा पहिले मेरो यो चाहिं सल्टाईहाल्नु पर्‍यो।”
ब्रोकर: (हाँस्दै) “१०००० कित्ता त के सर १० कित्ता पनि बायर छैन। हेरौ २ बजे पछी अलि अलि बायर आयो भने कती जान्छ NON गरेर हुत्याईदिउँला। बजार पनि घट्दो छ सबैमा सेलिङ प्रेसर अत्याधिक छ।”
MF प्रतीनिधि: “त्यही भएर पो टेन्सन भो त , फेरी हामी त नयाँ पर्‍यौं , टिक्नै गाह्रो पो पर्ला जस्तो भो त। यस्सो खोज्नुस् न कोही बिग फिस, भिडाईदिनुस् न!”
ब्रोकर : “को मुर्ख छ र सर अहिले, फेरी सबको गोजी रित्तो भको बेला छ । १०००० कित्ता मार्केटमै फाल्दा त रेट निकै तल आउँछ, बरु म पनि बायर खोज्छु , तपाईं पनि खोज्नुस्, अलि मिलाएर म्याचिङ गरिदिउँला।”
यो घटनाबाट बजारका एक सकृय लगानिकर्ताले भनेको कुरा याद आयो, एक भेटमा उनले अत्तालिंदै भनेका थिए,”सर फलानो ब्रोकरको कुरामा लागेर ५००० कित्ता जती प्रभु बैंकको सेयर ३२२ को दरले किने, मैले मात्र हैन त्यहाँबाट कारोबार गर्ने सबैले किने, राम्रो हुन्छ सकेको किन्नु भन्यो, किन्यौं, अहिले त भाउ २०० तल पो आईसक्यो, त्यस्तो केहि राम्रो कुरा आउँदैछ भने होल्ड गर्नु पर्ला, हैन भने फालिदिनु पर्‍यो, १६ लाखको लगानी १० लाखमा झर्‍यो। नराम्रोसँग डुबियो!”
कतै तपाईंहरुलाई पनि कुनै ब्रोकर तथा ठुला लगानिकर्ताले कुनै कम्पनी बिशेषलाई लिएर उक्त कम्पनीको सेयर खरिद गर्न बेला बेलामा सुझाउने गरेका त छैनन्? ठुलो भोलुममा आफै मार्केटिङ गर्दै कुनै कम्पनी बिशेषको सेयर लगानिकर्तालाई भिडाउने त गरेका छैनन्? छन् र यस्तो खालको घटनामा बेला बेलामा पर्नु भएको छ भने यो कुरालाई माथीकै बार्तालापको उपज भनेर बुझ्दा हुन्छ। 
म्युचुअल फण्डलाई भनेर सबै कम्पनीको प्राथमिक सेयरको ५% आरक्षण बापत छुट्टाईएको हुन्छ। कारोबारमा क्यापिटल गेन ट्याक्स छुट दिईएको छ। ब्रोकरहरुबाट कमिशन डिस्काउण्ट लिने गरेका छन् (कमिशन डिस्काउण्टलाई कतिले सँस्थाको आयको रुपमा दाखिला गर्ने गरेका छन् भने कतिपयले आफ्नै पकेटमा पनि हाल्ने गरेका हुन सक्छन्, छानबिन हुनु जरुरी छ।) 
नेपालका म्युचुअल फण्ड त बास्तबिक म्युचुअल फण्डनै हैनन्, यि त नियामक निकायबाट म्युचुअल फण्डको अनुमतिपत्र प्राप्त कारोबारी सँगठन हुन्। आफ्ना भाई भातिजा , साला साली , आफन्त नातेदारको भर्ती केन्द्र हो, जो हाम्रो लगानी र निमायकबाट पाएका ज्वाईं सुबिधाबाट पालिने गरेका छन्, जसलाई सार्वजनिक दाईत्वबोध पटक्कै छैन। 
प्राय कुनै पनि म्युचुअल फण्ड नियम अनुसार चलेका छैनन्, निश्चित प्रतिशत रकम मात्र बैंक मौज्दात राख्न पाईने बाँकी रकम पुँजी बजारमा लगानी गर्नुपर्नेमा अहिले धेरैले नियम बिपरित बैंक मौज्दात राखेर ब्याज खाईरहेका छन्।
एक टेलिभिजन च्यानलमा यस बिषयलाई लिएर केहि समय अगाडी सिद्धार्थ क्यापिटलका सिईओ ध्रुब तिमील्सिनाले भनेका थिए, “हामी लगानीकर्तालाई प्रतिफल दिनको लागी सँचालित हौं, डुबाउनको लागी हैन । घट्दो बजारमा लगानी गरेर घाटा बेहोर्न चाहँदैनौं ।”
एक हिसाबले कुरा ठिकै पनि हो , तर घट्दो बजारमा लगानी गरेर जोखिम मोल्न नचाहने तपाईंहरु बढ्दो बजारमा लगानी गरेर लगानिकर्तालाई किन जोखिममा पार्नु हुन्छ त ? ५०१ रुपैयाँमा BPCL को FPO स्विकार्ने तपाईहरुले सोही कम्पनीको सेयरको मुल्य अहिले ४४० हुँदा चाहिं महँगो देख्नुहुन्छ। बजार मुल्य भन्दा बढीमा अक्सनबाट सेयर उठाउनुहुन्छ।
साँच्चै अबको दिनमा म्युचुअल फण्ड भनिने तत्वमा लगानी गर्ने लगानिकर्ता उकासिएलान् र भन्या? 
बास्तबमा म्युचुअल फण्डको प्रभावकारिता तब देखिनु पर्छ जब बजारमा गिरावट आउँछ। अहिलेकै अवस्थाको कुरा गर्ने हो भने धेरैको NAV अंकित मुल्य १० भन्दा तल रहेको छ । एकपट सोचौं यदि आरक्षण नपाएको भए अवस्था के हुँदो हो?अर्को कुरा आधारभुत तथा प्राबिधिक बिज्ञहरुद्वारा सँचालित म्युचुअल फण्डले लगानी गरेका कम्पनीको सुची हेर्ने हो भने सुचिकृत कम्पनीहरु लगभग सबैनै देखिन्छन्। अनी लगानिकर्ताले चाहिं लगानीको लागी किन म्युचुअल फण्डनै रोज्ने त ? 
केहि समय अगाडी लगानिकर्ता सँघका पदाधिकारीसँगको भेटमा भएको कुराकानीको अडियो रेकर्ड सार्वजनिक भएको थियो। जसमा अर्थमन्त्री डा. खतिवडाले बोलेका हरेक बाक्य महत्वपुर्ण थिए।  ,उनले भनेको एउटा बाक्य यो पनि थियो, “मैले तपाईंहरुको फाईनान्सिएल एडभाईजरीको काम गर्ने होईन, मैले त ईश्युमा कुरा गर्ने हो ।”
कुरा सही थियो।
यसको केहि समय पछी आयोजना भएको क्यापिटल एक्स्पोमा उनले भने , “तपाईंहरु आफु जोखिम लिनु भन्दा म्युचुअल फण्डमा लगानी गर्नुस्।”
के अर्थमन्त्री म्युचुअल फण्डका फाईनान्सियल एड्भाईजर हुन्?
पन्ध्र खर्बको बजारमा एक प्रतिशत पनि हिस्सा नओगटेको समुहलाई किन ज्वाईं सुबिधा (आरक्षण) ? किन अर्थमन्त्रीनै लागे बिज्ञापन गर्न? 
क्यापिटल एक्स्पोमा रहेका १७० स्टलमा कुनै पनि सुबिधा प्राप्त नगरेका धितोपत्र बोर्डबाटै अनुमतिपत्र प्राप्त केहि लगानी ब्यवस्थापन कम्पनीहरुले अहिलेको अवस्थामा पनि १५% सम्म प्रतिफल ज्ञारेण्टी गरेका ब्यानर राखेका थिए। एक्स्पो निरिक्षणको क्रममा त्यतातर्फ अर्थमन्त्री डा.खतिवडा ज्यु र धितोपत्र बोर्ड प्रमुख डा. रेवत कार्की ज्यु (जोर डाक्टर ज्यु) को नजर पुग्यो कि पुगेन? अब उनिहरुको पनि बिज्ञापन गरिदिने कि ? नियामकले उनिहरुलाई पनि म्युचुअल फण्डले पाउने सुबिधा प्रदान गर्ने बारे सोच्ने कि! आखिर समग्र बजार र लाखौं लगानिकर्ताको हितमा कदम चाल्नु त यहाँहरुको कर्तव्य र धर्मनै हो।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी