×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सहकारीभित्र चकलेटको व्यापार ? ग्राहकलाई फिर्ता पाउने पैसाले अनिवार्य चकलेट किन्नु पर्ने यो कस्तो नियम ?

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

सहकारीभित्र चकलेटको व्यापार ? ग्राहकलाई फिर्ता पाउने पैसाले अनिवार्य चकलेट किन्नु पर्ने यो कस्तो नियम ?

३ असार २०७५, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ- चिया पसलमा खुजुरा पैसा नभएका बेला चुइगम वा चकलेट दिने चलन नयाँ होइन । यसो त यो व्यवसाय गर्ने तरिका पनि हो । तर सहकारीमा पनि यस्तो हुन्छ भन्ने सुन्दा तपाईंलाई अचम्म लाग्न सक्छ । तपाईंलाई अचम्म नै लागेपनि यो गह्तना सत्य भने हो । मोरङ जिल्लाको सुन्दरहरैन्चामा रहेकोे मोरङ सामुदायिक ग्रामिण विद्युत सहकारी संस्था लिमिटेडमा विद्युत शुल्क बुझाउन जाँदा ग्राहकले चकलेट किन्नुपर्ने वाध्यता छ । रु. १ देखि १० रुपैयाँसम्म खुजुरा फिर्ता आउनुपर्ने खण्डमा संस्थाले चकलेट नै दिने गरेको छ । यसरी एकातर्फ फिर्ता रकम पाउनुपर्ने ग्राहकको अधिकार जवरजस्त खोसिएको छ भने अर्कोतर्फ चकलेट बेचेर नाफामुलक काम गरिएको छ, जसको रिटर्न (आउने नाफा) त्यहाँकै कर्मचारीले लिन्छन्, जुन नियमत: गलत हो। 
यसो त यस विषयमा सहकारीका प्रमुखलाई ग्राहकले गुनासो नगरेको पनि होइन । सहकारीमा पुगेका एक ग्राहकले यस विषयमा बुझ्दा समेत सहकारीका प्रमुखले बैंकबाट खुजुरा पैसा नपाएकोले त्यसो गरेको बताउँछन्।नियमत: बिजुलीको महसुल तिर्दा पैसा-पैसाको हिसावसमेत हुने गर्छ । तर यो संस्थाले पैसाको हिसाव गर्नु त कहाँ हो कहाँ १० रुपैयाँसम्म फिर्ता दिनुपर्दा समेत चलाकेट बाँड्ने गरेको छ ।
‘हिसावनै गर्ने हो भने १० रुपैयाँको चकलेट बेच्दा करिव ४ रुपैयाँ नाफा हुन्छ । त्यो नाफा त्यहाँकै कर्मचारीले खाने गरेका छन् । सहकारीलाई परेको मूल्यमात्र दिने गरेका छन् । सरसर्ती हिसाव गर्दा त त्यहाँका कर्मचारीले तलव जति रकम त चकलेट बेचेर नै कमाउँछन् । जुन सरासर दादागिरी हो ।’ एक ग्राहकले अर्थ सरोकार डटकमसँग भने । उनका अनुसार खुजुरा पैसामात्र होइन, बैंकमा अन्य थुप्रै सानातिनाजस्तो देखिने तर गम्भीर प्रकृतिका अनियमिततापनि भएका छन् । विभिन्न बाहाना गरी दैनिक १.५ घन्टा लाेडसेडिङ्ग गर्ने, न्यून भोल्टेज पठाउने, मिटर वितरणमा ढिलाइ गर्ने, लगायतका काममा सहयोग गरी बदमासी गर्ने गरेको समेत गुनासो उक्त सहकारीको विषयलाई लिएर आउने क्रम बढेको छ । 
यता सहकारीका प्रमुखले भने खुजुरा पैसा नहुँदा आफुले चलाकेट बाँड्ने गरेको स्वीकारेका छन् । तर अन्य खालका बदमासी आफुले नगरेको र सबैलाई राम्रो सुविधा दिन आफुहरु लागिपरेको दावी गरेका छन् ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
ACTIVE ACADEMY

प्रतिक्रिया दिनुहोस्

सिफारिस: