
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं – एनएमबी बैंकले आगामी साउन ३१ गते २२ औं बार्षिक साधारणसभा गर्ने भएको छ । बैंकले नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठान (स्टाफ कलेज) जावलाखेलामा ३१ गते दिनको २ बजेका लागि साधारणसभाले बोलाएको छ ।
यो बैंकको साधारण सभाले गत आर्थिक वर्षमा गरेको नाफाबाट सेयरधनीलाई शून्य दशमलव ७८ प्रतिशतले हुन आउने रु ६ करोड २५ हजार ९७९ रुपैयाँ नगद लाभांश स्वीकृत गर्ने भएको छ ।
यसले १५ प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव पारित पनि गर्ने छ। सभाले बैंकले प्रस्ताव गरेको चुत्तापुँजी बढाउन १ अर्ब १४ करोड ४ लाख रुपैयाँ बराबरको बोनस सेयर दिने र यसका लागि साधारणसभाले अनुमोदन गर्नुपर्ने उल्लेख छ । बोनस सेयर स्वीकृतिपछि चुत्तापुँजी बढेर ८ अर्ब ७४ करोड रुपैयाँ पुग्ने छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्