Skip to content
LAXMI SUNRISE BANK

अर्घाखाँची सिमेन्टको कर्तुत नम्बर १ : नियम विपरित खानी उत्खनन् भएको खुलासा, गुणस्तरमाथि पनि गम्भीर प्रश्न उठ्यो

अर्थ सरोकार

  • बाबुराम भुसाल / अर्थ सरोकार डटकम 
काठमाडौँ – उद्योग बाणिज्य महासंघका पूर्व अध्यक्ष पशुपति मुरारका समेत सञ्चालक रहेको अर्घाखाँची सिमेण्ट उद्योग नियम विपरित सञ्चालन भइरहेको खुलासा भएको छ । कम्पनीले पाएको अनुमतिभन्दा दैनिक ७०० प्रतिशत बढी चुनढुङ्गा उत्खनन् गरी प्राकृतिक स्रोत तथा खानीको चरम दोहन गरिरहेको पाईएपछि यस्तो खुलासा भएको हो । खानी विभाग र वन विभागका कर्मचारी, कतिपय राजनीतिक दलका नेता तथा कार्यकर्तालाईसमेत प्रभावमा पारेर उक्त कम्पनीले राष्ट्रिय स्रोत तथा साधनको चरम दोहन गरिरहेको भन्दै केहि स्थानीयले विभिन्न निकायमा उजुरी गरेपछि यस्तो रहस्य बाहिर आएको हो । 
पशुपति मुरारका सञ्चालक रहेको सिद्धार्थ मिनरल्स प्रा. लि. ले पाल्पा जिल्लाको श्री डाँडा स्थित चुनढुङ्गा खानीबाट चुन ढुङ्गा उत्खनन गरी भैरहवामा रहेको फ्याक्ट्रीबाट सिमेण्ट उत्पादन गरिरहेको छ । उक्त कम्पनीले खानी विभागबाट १२०० मेट्रिक टनसम्म मात्र चुनढ्ङ्गाा उत्खनन गर्ने अनुति पाएको भएपनि नेपालको प्रचलित कानुनलाई चुनौती दिँदै दैनिक ७००० मेट्रिक टनसम्म चुनढुङ्गाा उत्खनन गरिरहेको स्थानीयले विभिन्न निकायमा दिएको उजुरीमा उल्लेख छ । स्थानीयले अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी गरी त्यसको बोधार्थ अन्य विभिन्न निकायमा पठाएको उजुरीकर्ता स्थानीयले बताएका छन् । ‘खानीबाट फ्याक्ट्रीसम्म ढुङ्गा पु¥याउँदा सडक बोर्डलाई तिर्नुपर्ने राजश्व समेत कम्पनीले छलेको छ । ढुङगा ढुवानी गर्दा प्रति ट्रिपर ६० रुपैँया राजश्व लाग्छ । उक्त कम्पनीले मासिक लाखौँ रुपैयाँ सडक दस्तुर छल्दै आएको छ ।’ उजुरीकर्ताले विभिन्न निकायमा उजुरी पठाएपछी अर्थ सरोकार डटकमलाई सम्पर्क गर्दै भने । 
यसो त कुरा त्यतिमा मात्र सिमित छैन । उजुरीमा सिमेन्टको ब्राण्डमाथि पनि प्रश्न उठाइएको छ । ‘अर्घाखाँची जिल्लाको नरपानी लेकमा अवस्थित चुनढुङ्गा खानीलाई आफुले दर्ता गरी उक्त खानीबाट चुनढुङ्गाा ल्याएर सिमेण्ट उत्पादन गर्ने बहानामा उक्त कम्पनीले आफ्नो सिमेण्टको नाम ‘अर्घाखाँची सिमेन्ट’ राखेको थियो । पछि अर्घाखाँचीका जनताले कम्पनीले चरम प्राकृतिक स्रोत दोहन गरेको भन्दै चर्को आन्दोलन गरेपछि सिद्धार्थ मिनरल्स त्यहाँ बाट भाग्यो । अहिले उक्त खानी बन्द अवस्थामा छ । यहि बारे पनि उजुरी गरेका छौं । उजुरीकर्ताले अर्थ सरोकार डटकमसँग भने, ‘अर्घाखाँचीका राजनीतिक दल, नागरिक समाज र जनताले अर्घाखाँची जिल्लासँग सो कम्पनीको कुनै साईनो नरहेकाले उक्त कम्पनीले अर्घाखाँचीको नाम बेचेर कालो धन्दा चलाएका कारण अर्घाखाँची सिमेण्टको नाम खारेज गर्न दबाब दिईरहेका छन् । अर्घाखाँची सिमेण्टको ब्राण्ड नाम खारेजीको लागि उद्योग विभागमा उजुरी समेत पुगेको छ । अहिले मुरारकाले अर्घाखाँचीको उक्त ढुङ्गा खानी बिक्रि गरिसकेका छन् ।’ 
उजुरीमा उल्लेख भएको विवरण अनुसार ‘सिद्धार्थ मिनरल्सले ढुङ्गा ल्याएको पाल्पा श्रीडाँडाको खानीको ढुङ्गामा एमजीएम को मात्रा अत्यधिक छ । जुन सिमेण्टको गुणस्तरको शत्रु रसायन हो । सिमेन्टमा एमजीयमको मात्रा बढी हुँदा उक्त सिमेण्टले बनेको संरचना डेढ देखि दुई बर्षमा चर्किने र फाट्ने हुन्छ । यसकारण अर्घाखाँची सिमेण्ट गुणस्तरहीन छ । यो सिमेण्टको गुणस्तरबारे गुणस्तर तथा नापतौल विभागमा सोधपुछ गर्दा, विभागले अर्घाखाँची सिमेण्टको गुणस्तर परिक्षणका लागि कम्पनीको गोदाममा अनुगमन गर्यो । अनुगमनको क्रममा यी बोराको सिमेण्ट गुणस्थर परिक्षणका लागि विभागमा ल्याउनु भनि ताल्चा मारियो तर सिद्धार्थ मिनरल्सका कमैचारीले ताल्चा मारेको बोरा लगेनन् । अर्को बोराको सिमेण्ट लगे । त्यस बिषयलाई ईस्यु बनाएर गुणस्तर विभागले कारबाही स्वरुप अर्घाखाँची सिमेण्टलाई पत्राचार समेत गरेको छ । सिमेण्ट विद्का अनुसार अर्घाखाँची सिमेण्टमा माटोको मात्रा अत्यधिक छ ।’
उजुरीमा अगाडी भनिएको छ, ‘अर्घाखाँची सिमेण्टको श्रीडाँडा खानीले अनुमती पाए भन्दा सात गुणा बढी दोहन गरेपछि तीन पटकसम्म खानी विभागको टोली अनुगमनमा गयो । तर आर्थिक चलखेलका कारण उक्त केसलाई यतिक्कै गुपचुप राखियो । खानी विभागका कर्मचारीहरु यस विषयमा धेरै बोल्न चाहेनन् । खानी विभागमा जनशक्तिको कमी भएकाले प्रयाप्त अनुगमन गर्न नसकिएको बताए । उक्त खानीको कारण अहिले हजारौँ रुख मासिएका छन् भने प्राकृतिक सन्तुलन बिग्रदै गएको छ । तर राज्यलाई यसबापत नोक्सानी मात्रै हात लागेको छ ।’ उजुरीकर्ताका अनुसार अर्घाखाँची सिमेण्टले उक्त खानीबाट गरेको अधिक उत्खननको रोयल्टी समेत तिरेको छैन । जसबाट पाल्पा जिल्लालाई बार्षिक ५ करोडभन्दा बढी राजश्व घाटा लागेको छ । यसरी कौडीको मुल्यमा चुन ढुङ्गाा ल्याएर उत्पादन गरि सिद्धार्थले प्रति बोरा १००० रुपैँयासम्ममा बिक्रि गरिरहेको छ । जबकि अर्घाखाँची सिमेण्टको उत्पादन लागत प्रति बोरा ४३० देखि ४५० रुपैयाँ छ । 
यता सिमेण्ट उत्पादनमा सिण्डिकेट लगाएका भारतीय मुलका व्यापारीहरुले १०० प्रतिशतसम्म नाफा राखेर नेपाली जनतालाई ठग्दै आएकोसमेत उजुरीमा उल्लेख गरिएको छ । ‘दलालमुखी कानुन, फितलो अनुगमन, घुस्याहा कर्मचारी र भ्रष्ट राजनीतिकर्मीलाई पैँसामा किनेर मुरारकाहरुले नेपालको स्रोत र साधनलाई चरम दोहन गर्दै नेपाली पुँजीलाई भारततर्फ निर्यात गराईरहेका छन् । त्यसो त अर्घाखाँची सिमेण्टमा कार्यरत श्रमिक तथा कर्मचारीलाई अत्यन्तै न्युन तलवमा काम गराई रहेको छ । देशमा भएको चरम बेरोजगारीको फाईदा उठाउँदै पशुपति मुरारकाको उक्त कम्पनीले गत आर्थिक बर्षमा लगभग दुई अर्ब नाफा गरेको छ ।’ उजुरीमा उल्लेख छ।
यस बाहेक मुरारकाले अर्को सिमेण्ट उत्पादन गर्ने भन्दै पाल्पा जिल्लाकै माथागढी गाउँपालिकाको कसिनी स्थित अर्को खानी दर्ता गराएको तथ्य पनि उजुरीमा उल्लेख छ । 
हामी निरन्तर यो विषयको फलोअपमा छौं । 
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK