×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

लोभले लाभ, लाभले विलाप : १० हजार लिएर काठमाडौँ छिरेका ज्ञवालीले १५ बर्षमा ३ अर्व कमाए, तर उसैगरी गुमाए !

PRIME CA

लोभले लाभ, लाभले विलाप : १० हजार लिएर काठमाडौँ छिरेका ज्ञवालीले १५ बर्षमा ३ अर्व कमाए, तर उसैगरी गुमाए !

१९ आश्विन २०७५, शुक्रबार

पढ्न लाग्ने समय: < २ मिनेट

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ- बैकिङ कसुरमा फरार तत्कालीन किष्ट बैकका सिइओ कमल ज्ञवाली पक्राउ परेका छन् । करोड सम्पत्ति धितो राखेर ३ गुणा बढी कर्जा प्रवाह गरेको अभियोगमा उनको समूहमाथि प्रहरीले अनुसन्धान थालेलगत्तै ज्ञवाली फरार थिए । उनलाई भारतबाट पक्राउ गरिएको हो । भारतको मथुरामा लुकीछिपी बसेको अवस्थामा प्रहरीले उनलाई पक्राउ गरेको हो ।
कुनै बेलाका बैंकिङ क्षेत्रका ‘राजा’ यसरी भए बदनाम !
कुनै बेला बैंकिङ क्षेत्रका ‘राजा’ मानिन्थे उनी । साखा भ्रमण गर्दा पनि हेलिकोप्टर लिएर जान्थे । सफल बैंकर भनेकै कमल ज्ञवाली हुन् भन्नेको जमात ठुलो थियो । ०५९ सालमा ‘पावर टु सक्सिड’ नारा राखेर किष्ट मर्चेन्ट बैंकिङ एन्ड फाइनान्स स्थापना गरे उनले । त्यसलाई ०६६ मा किष्ट बैंक बनाइयो । तत्कालीन अवस्थामा किष्टलाई उनले सबैभन्दा बढी शाखा भएको बैंक बनाए । तर अहिले परिस्थिति बदलिएको छ । कसैले खराब बैंकरको नाम लिनुपर्यो भने उनैको नाम लिन्छन् । जम्को प्रकाशनका नाममा किष्ट बैंकबाटै र सिद्धार्थ डेभलपमेन्ट बैंकबाट ऋण लिएर दुरुपयोग गरेको रहस्य खुलेपछि सुरु भएको ज्ञवालीको बदनामीको यात्रा अहिले उनी पक्राउ परेसम्म चलिरहेको छ । 
यस्तो छ ज्ञवालीको ब्याकग्राउण्ड 
गुल्मीको मध्यमवर्गीय परिवारमा जन्मिएका ज्ञवाली उच्च शिक्षा अध्ययनका लागि ०५२ सालमा काठमाडौँ आएका थिए । १० हजार रुपैयाँ बोकेर उनी काठमाडौं आएका थिए । उनी सुरुमा अध्यापन कर्ममा थिए । सुरुमा पढाउँथे । पछी सिए पढ्न भारत गए । भारतमा सिएमा लगातार फेल भएपछी उनी पुन: काठमाडौँ आए । सिएको पढाइ बीचैमा रोकेर ज्ञवाली व्यापारमा होमिए । उनले ०५९ सालमा ५ करोड रुपैयाँमा किष्ट मर्चेन्ट बैंकिङ एण्ड फाइनान्स खोले । १० हजार रुपैयाँ बोकेर काठमाडौं छिरेको उनले १५ वर्षमा उनले करिब तीन अर्ब रुपैयाँको हाराहारीमा सम्पत्ति कमाए । त्यसबेलै उनी १ करोड ६० लाख रुपैयाँमा किनेको ल्याण्डक्रुजर गाडी चढ्थे ।
लोभले लाभ, लाभले विलाप भयो ज्ञवालीको कमाइ कथा :
कमल ज्ञवालीको यात्रा त्यो बेला ओरालो लाग्यो जव ०६२/६३ ताका काठमाडौंमा घरजग्गाको भाउ अचाक्ली बढ्दा लोभले उनलाई त्यहि व्यवसायमा उकास्यो । देशभरका ५१ शाखाबाट जम्मा गरेको रकम काठमाडौंका घरजग्गामा लगानी गरियो । सन् २००८ को विश्व आर्थिक मन्दी पनि घरजग्गाकै कारण आएको थियो । त्यसपछि उनको पतन यात्रा सुरु भयो। ज्ञवालीको ५० करोड रुपैयाँभन्दा बढी घरजग्गामा लगानी थियो । ०६६ पछि घरजग्याको कारोबार ठप्प जस्तै भयो । ज्ञवालीका लागि पैसा को सर्टेज भयो । गर्ज्व टार्न उनले केहि गलत काममा हात हाले। बाँच्ने आशामा उनी धमिलो पानीमै भए पनि हामफाल्न थाले । उनले ०६७ असारमा श्रीमती गौरी समेत संलग्न रहेको जम्को प्रकाशनको नाममा किष्टबाट साढे १५ करोड रुपैयाँ ऋण दिए । ऋण लिने व्यक्ति थिए जम्कोका सञ्चालक किशोर ढकाल । तर, त्यो ऋणको आधाभन्दा बढी रकम ज्ञवालीले नै चलाए । तर पनि उनको संकट कम भएन । ०६७ कै भदौमा जम्कोको सोही सम्पत्ति धितो राखेर सिद्धार्थ डेभलपमेन्ट बैंकबाट उनै ढकालको नाममा १३ करोड रुपैयाँ ऋण लिएर आफैंले चलाए । उनी यहि काण्डमा फसे । अदालतले सजाय सुनाएपछी उनी भागे । उनी आज पक्राउ परेका छन् । 

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: