×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

PRIME CA
laxmi sunrise bank

टिप्स : कतै घुम्न जाँदा धेरै ‘क्यास’ नाबोकेकै बेश, यी सरल ४ उपाय हुन सक्छन् विकल्प !

  • रेखा चन्द / अर्थ सरोकार डटकम 
काठमाडौँ- केहि मानिसहरुको समस्या पैसा हराउने हुन्छ । आफुसँग भएको रकमको खास हिसाव नहुँदा, वा यात्रामा मोटो रकम बोक्दा यस्तो समस्या आउने गरेको छ । त्यसमाथि पनि कतै घुम्न जाँदा पैसा हराउने बानी धेरैको हुन्छ । साथी-भाइहरुसँगको रमाइलो गर्दा गर्दै आफुसँग भएको पैसा कता गयो पत्तो नहुने समस्या पनि धेरैमा हुन्छ । अझ यहिबेला पाकेटमारहरुले पैसा चोरिदिएको पनि हुन सक्छ । पछिल्लो समय देशका विभिन्न स्थानहरुमा आन्तरिक पर्यटकहरुको संख्या बढेको छ । यससँगै पर्यटकका पैसा, समान हराउने गरेका खबर पनि त्यतिकै मात्रामा आइरहेका छन् । साथमा बोकेर हिड्दा धेरै नै लुटपाट, चोरी, खतरा लगायतका कुराहरु बढिरहेको अवस्था बजारमा छ । 
१) एटिएमको प्रयोग गर्नुस्
प्रायः सबै बैंक तथा वित्तीय संस्थाहरुका सबै शाखामा एटिएम छन् । तपाइले आफुसँग भएको पैसालाई आफ्नै बैंक खातामा राख्नुस् । त्यसपछि, तपाईको घर वा बसेको ठाउँको सबैभन्दा नजिक रहेको बैंक शाखाकोे एटिएमबाट आफ्नो पैसा झिक्नुस् र सुरक्षित तरिकाले प्रयोग गर्नुहोस् । यसो गर्दा बैंक र घरसम्मको छोटो दुरीमा चोरी हुने, हराउने वा नास हुने खतरा कम हुन्छ नै घुम्न जाँदासमेत चोरीको डर हुँदैन । कतिपय अवस्थामा एटिएमहरु उपलब्ध नहुन सक्छन् । त्यसको पहिचान गरी थोरैमात्र रकम साथमा बोक्नुहोस्। आजकल नगरकोट, धुलीखेल, गोदावरी, ककनी, धरान, भेडेटार, इलाम, लगायतका ठाउँमा मात्र होइन, घान्द्रुक, मुस्ताङ लगायतका ठाउँमा पनि विभिन्न बैंकका साखा छन् र त्यहाँ एटिएमको प्रयोग गर्न पाइन्छ । एटिएम नभएको ठाउँको पहिचान गरी घुम्न जानुहोस् । तर मिलेसम्म क्यास नाबोक्नुहोस् ।
२) ब्रान्चलेस बैंकिङको प्रयोग गर्नुस् 
साखारहित बैंकिङको पहुँच अहिले दुरदराजसम्म पुगीसकेको छ । धेरै गाउँ र दुर्गम क्षेत्रहरुमा ब्रान्चलेस बैंकिङ सेवा पुगेको छ । एटिएम नपुगेका ठाउँहरुमा पनि साखारहित बैंकिङ सेवा पुगेको छ । यसलाई ध्यानमा राख्दै सकेसम्म क्यास कम बोक्नुहोस् । यसले नगद बोकेर यात्रा गर्नुपर्ने झन्झट एकातर्फ हटाउँछ भने अर्कोतर्फ तपाईंलाइ सजिलो पनि बनाउँछ । पैसा चोरी हुने डरलाई कतै थाती राखेर तपाईं खुलेर रमाइलो गर्न सक्नुहुन्छ । यसले तपाईंको यात्रालाई झन् रमाइलो बनाउने कुरामा कुनै शंका छैन । चोरीको डर पनि नहुने र रमाइलो गर्न पनि पाइने । तर तपाईं यात्रामा जानु अघि कुन बैंकको साखारहित बैंकिङ सेवा कहाँ छ र कति बजेदेखि कति बजेसम्म त्यसले सेवा दिन्छ भन्ने कुरा ख्याल गर्नुपर्छ । 
३) मोबाइल बैंकिङ / डिजिटल वालेटको प्रयोग गर्नुहोस् 
अहिले धेरै दुर्गम र ग्रामीण क्षेत्रमा पनि मोबाइल बैंकिङ सेवा पुगेको छ । तपाईसँग भएको मोबाइल वालेटको प्रयोग गरेर प्वाइट अफ सेलबाट पैसा झिक्न सक्नु हुन्छ । यो सुबिधा प्रयोग गर्नको लागि आफू बसेको ठाउँको बैंक खातामा पैसा जम्मा गर्ने र मोवाइल वालेटको प्रयोग गरेर प्वाइन्ट अफ सेलबाट पैसा झिक्न सकिन्छ । त्यहाँ भन्दा पनि सजिलो त तपाईं डिजिटल वालेट प्रयोग गर्न सक्नुहुनेछ । अहिले प्रभु पे, आइएमइ पे, इ सेवा, खल्ती लगायतका वालेट सेवा मात्र होइन आफ्नै बैंकका वालेट सेवा पनि उपलब्ध छन् । कतिपय पर्यटकीय स्थलमा यस्ता वालेटहरु प्रयोग गरेर पैसा तिर्न सजिलै सकिन्छ । यसले तपाईंलाई एकातर्फ सुरक्षित राख्छ भने कतिपय अवस्थामा क्रेडिट कार्डको माध्यमबाट पैसा तिर्दा तपाईंले केहि समयपछि मात्र त्यो पैसा भुक्तानी गरे पनि हुने सेवा पनि पाउनुहुन्छ । यसले तपाईंसंग खास पैसा छैन भने पनि तपाईंको घुमफीरलाई रमाइलो बनाइदिन्छ । 

४) आन्तरिक रेमिटान्सको प्रयोग गर्नुस्
तपाईं अलि महँगो घुमघाममा जाँदै हुनुहुन्छ भने आन्तरिक रेमिट्यान्स तपाईंका लागि राम्रो विकल्प हुन सक्छ । अझ साथीभाइ रमाइलो गर्न समूहमा अलि टाढा जाँदै हुनुहुन्छ भने उपलब्ध भएका रेमिट्यान्सहरु प्रयोग गर्न सक्नुहुनेछ । अहिले आइएमइ, प्रभु मनि ट्रान्सफर, लगायतका रेमिट्यान्स सेवा उपलब्ध गराउने कमपनीहरु थुप्रै छन् । यिनीहरुको सेवा लिन सक्नुहुनेछ । सामान्यतया यो सेवा रिस्कको तुलनामा खास महँगो पनि हुँदैन ।तपाइले आफू बसेको ठाउँबाट आफू जाने ठाउँमा साथीभाई एउटाको नाममा पैसा पठाउने गर्दा राम्रो हुन्छ । तर यसरी घुम्न जाँदा आफ्नो परिचयपत्र भने छुटाउनु हुँदैन ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: