×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सार्वजनिक सूचनामा आइएमइ जनरल इन्स्योरेन्सको हदैसम्मको लापरवाही, सीइओले दिए गैरजिम्मेवार जवाफ !

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : २८ कार्तिक २०७५, बुधबार

PRIME CA
laxmi sunrise bank

सार्वजनिक सूचनामा आइएमइ जनरल इन्स्योरेन्सको हदैसम्मको लापरवाही, सीइओले दिए गैरजिम्मेवार जवाफ !

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ- कहिले हुँदै नभएको ट्रेडमार्क चिन्हको प्रयोग त कहिले अयोग्य सञ्चालकका कारण विवाद । कहिले सीइओ र सञ्चालकको भनाइ बाझिने कार्य त कहिले बिज्ञापन काण्ड । पछिल्लो समय नाम परिवर्तन गरेदेखि नै विवादमा आएको कम्पनी आइएमइ जनरल इन्स्योरेन्स कम्पनीले सार्वजनिक सूचनामा पनि लापरवाही गर्ने गरेको भेटिएको छ । बुधबारमात्रै पनि कम्पनीले २ भिन्न पत्रिकामा प्रकाशन गरेको बिज्ञापन र सूचनामै लापरवाहीका चरम नमूनाहरु देखिएका छन् ।
बिज्ञापन र सूचनामा त्रुटी नै त्रुटी !
१. आजको अभियान राष्ट्रिय दैनिकमा प्रकाशित सूचनाको बुँदा नम्बर २ को ख मा शैक्षिक योग्यता हुनुपर्ने ठाउँमा ‘योग्गता’ लेखिएको छ । यो व्याकारणीय त्रुटी मात्र होइन ‘योग्गता’ शब्दको कुनै अर्थ नै नभएको भाषाविद् बताउँछन् । 
२. सोहि बुँदाको ‘ग’ नम्बरमा पासपोर्ट साइजको फोटो लेखिनुपर्ने ठाउँमा ‘पासपार्ट’ लेखिएको छ । अव ‘पासपार्ट’ भनेको के हो कम्पनी नै जानोस् ।
३. आज नयाँ पत्रिकामा कम्पनीले ठुलो रंगीन बिज्ञापन छापेको छ । तर बिज्ञापनमा व्याकरणीय त्रुटी त छँदै छ बिज्ञापन डिजाइन गर्नेले ‘कमन-सेन्स’ समेत लगाएको देखिंदैन । उदाहरणका लागि माथि ‘नगदरहित’ शब्दमा नगद र रहित जोडिएको छ भने तलको बुँदामा छुट्टयाइएको छ । खासमा जोडिएको शब्द ठिक हो । माथि ठिक लेख्नेले तल किन गलत लेखियो ? उनै जानुन् । अर्को उदाहरण सो बिज्ञापनको अन्तिम बुँदामा  ‘छुट्टै’ लेखिनुपर्नेमा ‘छुटै’ लेखिएको छ । आधि टचाहिं डिजाइन बनाउनेले किन बिर्से, उनै जानुन् ।
भाषाविद् भन्छन्, ‘यो गल्ती होइन अपराध हो’
यस विषयमा हामीले भाषाविद् टिबि थापालाई सोधेका थियौं । उनले सार्वजनिक रुपमा पत्रिकामै छापिने यस्ता सूचना र बिज्ञापनमा देखिने भाषागत त्रुटीहरु गल्ती नभई अपराध भएको बताएका छन् । ‘भाषासम्बन्धि ठूलो विवाद भइरहेका बेला यस्तो सार्वजनिक सूचनामा देखिएका भाषागत त्रुटीहरु अपराध हुन् । नेपालमा त कानुन फितलो भएर मात्र हो, तर यो सच्याईनु पर्ने कदम हो । तपाईंले जुन बिज्ञापनको कुरा गर्नुभएको छ त्यो लापरवाहीको पनि पराकाष्टा हो । पासपार्ट भनेको के हो म आफैँले बुझेको छैन । छुटै भन्ने हुँदैन । छुट्टै नै लेख्नुपर्छ ।’
हाम्रो प्रश्न ‘बिज्ञापन बनाउनेले यतिपनि हेर्दैन ?’ सीइओको गैरजिम्मेवार जवाफ !
यस विषयमा कम्पनीको आधिकारिक धारणा माग्न हामीले कम्पनीका प्रमुख कार्यकारी अधिकृत युगेश भक्त बादेलाई फोन गरेका थियौं । उनले यस विषयमा आफ्नो जीएसटि विभागले हेर्ने बताए । हामीले त्यहाँका कसैको नम्बर माग्दा उनले दिएनन् मात्र ‘तपाईंको बिज्ञापन बनाउने एजेन्सीले एक पटक भाषा पनि हेर्दैन ?’ भनेर सोध्दा ‘खोइ हेर्छ होला’ भन्ने गैरजिम्मेवार जवाफ दिएर आफैँ फोन काटिदिए । यता हामीले यस विषयमा बुझ्न कम्पनीको सोहि बिभागमा फोन गर्यौं तर फोन उठेन ।
यो पनि पढ्नुहोस् :
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: