Skip to content
LAXMI SUNRISE BANK

कालिका लघुवित्त अनियमितता प्रकरण : महालक्ष्मी बिकास बैंकमाथि पनि ठडियो औंला…! (अध्यक्षको पत्रसहित)

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ- स्याङ्जाको वालिङ नगरपालिकामा मुख्य कार्यालय रहेको कालिका लघुबित्त बित्तीय संस्थामा अनियमितता भएको रहस्य खुलेको खबर अर्थ सरोकार डटकमले प्रकाशित गरेपछि उक्त प्रकरणसँग सम्बन्धित थप विवरणहरु अर्थ सरोकार डटकमलाई प्राप्त भएको छ । यसै बीचमा संस्थाका अध्यक्ष विष्णु प्रसाद पौड्यालले संस्थाभित्रको अनियमितताको पोल खोल्दै राजीनामा दिएपछि संस्थाका बदमासीहरु बाहिरिएका छन् । यसैबीचमा संस्था र महालक्ष्मी बिकास बैंकबीच पनि गैरकानुनी कारोबार भएको खुलासा स्वयम् अध्यक्षले लगाएका छन् ।
महालक्ष्मी बिकास बैंकमाथि ठडियो औंला !
कालिका लघुवित्त वित्तीय संस्थाका तत्कालीन अध्यक्ष विष्णु प्रसाद पौड्यालले नेपाल राष्ट्र बैंकद्वारा जारी निर्देशन २.११ को पालना नगरी महालक्ष्मी बिकास बैंकबाट कर्जा लिएर सोहि बैंकमा १० करोडभन्दा माथि रकम मुद्दतीमा राखेको आरोप राजीनामा पत्रमा उल्लेख गरिएको छ । यस्तै कारोबार विभिन्न बैंक र लघुवित्तबीच भएको भन्दै नेपाल राष्ट्र बैंकले केहि समय अघि सर्कुलर नै जारी गरेर त्यस्तो काम नगर्न / नगराउन निर्देशन दिएको थियो । सोहि बैंकबाट कर्जा लिने र सोहि बैंकमा मुद्दती राख्ने काम ‘नन-कम्प्लाइन्स’ भएको भन्दै यस्तो निर्देशन राष्ट्र बैंकले विभिन्न बैंक तथा वित्तीय संस्थाका नाममा जारी गरेको थियो । हेर्नुहोस् उनको राजीनामा पत्रमा उल्लेख भएको तथ्य : (पहिलो बुँदामा)

के भन्छन् महालक्ष्मी बिकास बैंक ?
यस विषयमा बुझ्न हामीले महालक्ष्मी बिकास बैंकका सीइओ कृष्ण राज लामिछानेलाई सम्पर्क गरेका थियौं । ‘हुन त मैले पनि यो केसको बारेमा विस्तृत जानकारी लिन पाएको छैन । तर यसबारे सुनेपछी यो पूरानो केस भएको र यो केस ‘सेटल’ भैसकेको थाहा पाएको छु ।’ अर्थ सरोकार डटकमसँग कुराकानी गर्दै बैंकका सीइओ लामिछानेले भने, ‘कालिकाले लोन लिएको र हाम्रोमा डिपोजिट राखेको कुरा सत्य हो । तर कर्जा लिएपछी तुरुन्त हाम्रोमा पैसा राखेको होइन । त्यहाँ लगभग २-३ महिनाको ग्याप छ । अर्को कुरा यो केस हुँदा राष्ट्र बैंकको सर्कुलर आइसकेको हो जस्तो पनि मलाइ लाग्दैन । म बैंकमा आउनु भन्दा अघिको केस हो यो । यदी यो केस त्यस्तै ठूलो इस्यू भएको भए राष्ट्र बैंकले हामीलाई ‘इन्क्वाइरी’ पनि गर्थ्यो होला । अहिलेसम्म गरेको छैन । त्यहाँका सीइओ र अध्यक्षबीचको टसलले यस्तो कुरा आएको हो भन्ने सुनेको छु मैले ।’
यता बैंकको कर्जा साखाका एक कर्मचारीले भने अहिलेपनि कालिकाको नाममा बैंकले कर्जा दिइरहेको बताएका छन् । आफ्नो नाम उल्लेख नगर्ने सर्तमा उनले भने, ‘केहि समय अघि बैंकले कर्जा दिएको पनि हो । कालिकाले ७ करोड हाराहारीमा डिपोजिट पनि राखेको हो । एउटा लोन त अहिले पनि सेटल भएको छैन । त्यस्तो ठुलो इस्यू त होइन तर कतै न कतै ‘नन-कम्प्लाइन्सचाहिं भएकै हो।’ 
कालिकाका सीइओ भन्छन्, ‘संचालकको कुराले टसल देखिएको हो, केहि प्राविधिक त्रुटी भने भएको हो’
यता कालिका लघुवित्तका सीइओले भने अध्यक्षको राजीनामा आफुलाई सीइओबाट निकाल्ने षडयन्त्र सफल नभएपछी निम्तिएको आरोप लगाएका छन् । ‘संचालकबीचको टसलमा हामीलाई मुच्छ्ने काम भएको छ । अरु केहि होइन ।’ अध्यक्षले लगाएको आरोपका बारेमा उनी भन्छन्, ‘केहि प्राविधिक त्रुटी भएकै हो । तर त्यसलाई भित्री रुपमा नै समाधान निकाल्नु पर्थ्यो । जसरी संचालकको टसल बाहिर ल्याउने काम भएको छ, त्यो गलत हो जस्तो लाग्छ मलाई ।’
जानकार भन्छन्, ‘गल्ती भएको हो, तर ठुलो इस्यूचाहीं होइन’
यता कालिका लघुवित्त र महाल्क्ष्मी बिकास बैंक दुवै र यो केसबारे पनि जानकार एक बैंकरले भने यो केस त्यति ठुलो नभएको बताएका छन् । ‘कृष्णजी मेरो साथी हुनुहुन्छ, यो काम उहाँ बैंक आउनुअघि भएको हो, त्यसैले मैले धेरै प्रतिक्रिया दिन चाहिन । तर गल्ती भएकै हो । महालक्ष्मी बिकास बैंक र कालिका लघुवित्तबीच नन-कम्प्लाइन्स’ हुने काम भएकै हो । तर यति ठुलो इस्यूचाहिं यो होइन । धेरैले यो काम गर्थे पहिला । अहिले कम भएको छ । नेपाल राष्ट्र बैंकले यो काम नगर्न / नगराउन सर्कुलर जारी गरेपछि यस्तो गलत काम धेरै रोकिएको छ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK