
- रामु खनाल / सेयर बजार विश्लेषक, लगानीकर्ता
पहिला-पहिला नेप्सेको एउटै विइन्डोबाट कारोबार रकम, टप गेनर, टप लुजर, नेप्सेका विभिन्न सूचनाहरु, कारोबार भएका कम्पनीहरुको विवरणहरु लगायतका कुराहरु मज्जासँग हेर्न तथा देख्न सकिन्थ्यो । जसको आधारबाट विभिन्न कम्पनीहरु तथा समग्र बजारको विश्लेषण गर्न सजिलो थियोे । अझ यसलाई झन व्यवस्थित,आधुनिक तथा प्रविधिमैत्री बनाउन अनलाइन प्रविधियुक्त बनाउन भन्दै निकै तामझामका साथ अनलाइनयुक्त सफ्टवेर भन्दै शुभारम्भ पनि गरियो ।
अनलाइन प्रविधि अनुसारको सफ्टवेयरको ‘लन्च’पछि कारोबारमा निकै सहजता एवं सरल हुनेछ भन्ने आम लगानीकर्ताको भरोसा थियो । तर उक्त सफ्टवेयरको लन्च पछि त बजारको डिस्प्लेनै झन खत्तम पो देखियो । नयाँ- नयाँ कुराहरु आउनु त कता हो कता, पहिला-पहिला एउटै विइन्डोमा देखिने कुराहरुसमेत हरायो । बजारको डिस्प्ले त भित्तेपात्रो जस्तो पो देखियो । हरियो , रातो र आकासे निलो रङ मिसिएको भित्तेपात्रो जस्तो । कम्पनीहरुको कारोबारको विवरण मात्र देखिन्छ अरु कुराहरु त उक्त सफ्टवेयर बनाउने लागेको रु २९ करोडसँगै हरायो ।
यहाँ विचारणीय कुरा के छ भने सफ्टवेयर निर्माता कम्पनीसँग यस्तै भित्तेपात्रो शैलीको सफ्टवेयर बनाउनेगरी सम्झौता गरिएको हो त ? यदि होईन चुस्त-दुरुस्त आधुनिक प्रविधिमैत्री सफ्टवेयर बनाउने गरी सम्झौता गरिएको हो भने सम्झौता अनुसारको सफ्टवेयर निर्माण भएको छ वा छैन भनी परिक्षण गरियो वा गरिएन ? यदि सम्झौता अनुसारको सफ्टवेयर निर्माण भएको छैन भने किन यस्तो झुर सफ्टवेयर पनि एक्सेप्ट गरी गरि ‘लन्च’ गरियो त ? सम्झौता अनुसारको स्पेसिफिकेसन र कार्य क्षमता नै छैन भने किन हतार-हतारमा उक्त सफ्टवेयर लन्च गरियो । यसको पछाडिको कारण के हो ? कतै यहाँ आर्थिक अनिमियताले प्रशय त पाएको त छैन ? आर्थिक चलखेल त भएको छैन ? यसको यथार्थ के हो ? अधिकार प्राप्त निकाय अख्तियार दुरुपयोग अनुसन्धान आयोग लगायतले छानबिन गरी सत्यतथ्य जनतासामू ल्याउन जरुरी देखिन्छ ।
नेप्सेले हालै मात्र एक बिज्ञप्ति मार्फत अनलाइन आएपछि नेप्से बढ्छ भन्ने कुरा होईन भन्ने आशायको कुरा बाहिर ल्याएको छ । नेप्सेको काम भनेको शेयर कारोबारलाई ब्यवस्थित मात्र गर्ने हो बजार घट्छ वा बढ्छ भन्ने आशयको बिज्ञप्ति निकाल्ने अधिकार उसलाई कसले दियो ? लगानीकर्ताको अरबौ रकम स्वाहा हुँदा, शेयरमा भएको घाटाका कारण लगानीकर्ताले आत्महत्या गर्दा समेत कुनै सान्त्वना दिन नसक्ने अहिले आएर अनलाइन आएपछि बजार बढ्दैन भन्ने उसको नितिगत भ्रष्टाचार हो कि होईन यसको समेत छानविन हुन जरुरी छ । यसरि आम लगानीकर्ताहरुको चासोको बिषयमा नेप्सेबाट हुने गतिविधिको बारेमा सेवोन बाट मात्र होइन अख्तियार दुरुपयोग आयोगबाट समेत छानबिन हुन आवश्यक छ । किनकि आम जनतालाई यसको हिसाव चाहिएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्