×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

बीमा साक्षरता- २ : निर्जीवन बीमाबारे यी कुराहरु थाहा पाईराख्दा राम्रो ! हेर्नुहोस्, कस्तो अवस्थामा भुक्तानी पाइँदैन ?

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : ६ मंसिर २०७५, बिहीबार

PRIME CA
laxmi sunrise bank

बीमा साक्षरता- २ : निर्जीवन बीमाबारे यी कुराहरु थाहा पाईराख्दा राम्रो ! हेर्नुहोस्, कस्तो अवस्थामा भुक्तानी पाइँदैन ?

  • रेखा चन्द / अर्थ सरोकार डटकम 
काठमाडौँ – बीमाका बारेमा चासो राख्ने जो कोहिले निर्जीवन बीमाबारे पनि बुझ्नुपर्छ । शब्द आफैं बोल्छ भनेजस्तै ‘निर्जीवन’ शव्दले सम्पत्ति र दायित्व सम्बन्धि विषयलाई बोध गराउँछ । यद्यपी यसले मानव जीवनको केहि अंशलाई समेटेको हुन्छ । निर्जीवन बीमा भन्नाले सामान्यतया बिमक र बिमितका बीच गरिने सम्झौतालाई बुझिन्छ । निश्चित अवधिमा बीमा गरिएको सम्पत्तिको हानि नोक्सानी वा व्यक्ति आदिको मृत्यु वा अंगभंग भएमा बीमांको परिधिमा रही कति हानि नोक्सानी भएको हो, त्यसको आधारमा बीमा कम्पनिले सम्बन्धित पक्षलाई क्षतिपूर्तिका रुपमा भुक्तानी गर्दछ । निर्जीवन बीमा सम्पत्तिको हानी नोक्सानी र दायित्वको जोखिमबाट मुक्त हुनका लागि गरिने ‘करार’ हो भन्दा धेरैलाई यसबारे बुझ्न सजिलो होला ।
बुझ्नै पर्ने केहि सैद्धान्तिक कुरा !
सामान्यतयाः चल अचल सम्पत्ति जस्तै घर, उद्योग कलकारखाना, सवारी साधन आदिको गरिने बीमा निर्जीवन बीमा हो । यस किसिमका बीमा अन्तरर्गत दुर्घटना, तेस्रो पक्ष दायित्व, उत्पादन दायित्व, विदेश यात्रामा पर्ने जोखिम लगायतको बीमा हुनुका साथै दुर्घटना, आगलागी, चोरीलगायत विभिन्न किसिमका प्राकृतिक प्रकोपबाट हुन सक्ने क्षतिको क्षतिपुर्ति प्राप्त गर्न तथा जोखिमबाट हुन सक्ने सम्भाव्य नोक्सानीको क्षतिपूर्ति वा राहत पाउन बीमा गर्ने गरिन्छ ।  यदि सम्पत्तिको बीमा गरिएको छ भने कुनै कारणवस् सम्पत्ति नाश भएमा कम्पनीले क्षतिपूर्ति भुक्तानी गर्छ । कम्पनीहरुले अधिकतम ९० प्रतिशतसम्म भुक्तानी गर्छन् । उक्त रकमबाट मानिसले फेरि सम्पत्ति जोडेर फेरी पहिलेकै अवस्थामा अवस्थामा आउन सक्छ । यदि बीमा गरिएको छैन भने यस्ता दुर्घटनाले करोडपति पनि फुटपाथमा आउन समय लाग्दैन ।
निर्जीवन बिमाका बारे यी कुरा पनि थाहा पाईहाल्नुहोस् है !
निर्जीवन बीमा विभिन्न प्रकारका हुन्छन् । जस्तो कि अग्नि बीमा । अग्नि बीमा भनेको भवन भित्र र बाहिर रहेका सामान, मेशिनरी लगायत स्थिर सम्पत्तिका लागि गरिने बीमा हो । अग्निबाट क्षति हुँदा क्षतिपूतिका लागि बीमा गर्ने व्यक्ति र बीमा कम्पनिका बीचमा गरिने करार लाई अग्नि बीमा भनिन्छ । भविष्यमा आगलागि भएर केहि नोक्सान भयो भने के गर्ने त्यसका लागि अग्नि बीमा गरिन्छ । यदि अग्नि बीमा गरेमा बीमा कम्पनिले आगलागि भई क्षति हुन पुगेमा बीमा कम्पनिले क्षतिपूर्ति दिने व्यवस्था गरेको हुन्छ । अर्को हवाई बीमा । हवाई दुर्घटनामा हुने जनधन, मालसामान, आदिको हानि नोक्सानी बेहोर्ने बीमालाई हवाई बीमा भनिन्छ । नेपालमा सबैभन्दा बुझ्न सजिलो हुने निर्जीवन बीमा हो, ‘सवारी साधन बीमा ।’ सडकमा गुड्ने सवारी साधनहरु मोटरसाइकल, कार, बस जस्ता अन्य उपकरणकहरु यस बीमा भित्र पर्दछन् । सवारी साधन दुर्घटना हुने खतरा धेरै हुन्छ त्यसैले सवारी साधनको बीमा गराएर हुन सक्ने जोखिम वा क्षतिलाई कम गर्न सकिन्छ । 

कसरी गर्ने निर्जिवन बीमा ? 
सुरुमा बीमा गर्न लागिएको हो भने मानिसले आफ्नो कुन वस्तु वा सम्पत्तिको बीमा गर्ने हो, निश्चित गर्नुपर्छ । सम्पत्तिको अवस्थाअनुसार कुनकुन जोखिमको रक्षावरण गर्ने हो, त्यो पनि निश्चत गर्नुपर्छ । यदि उद्योगको बीमा गर्ने हो भने उद्योग खोलाको छेउमा छ भने बाढीको जोखिमसमेत कभर गर्ने गरी बीमा गर्नुपर्छ । त्यसपछि कम्पनीमा गएर आवेदन दिनुपर्छ । साथै केवाईसी फर्म पनि भर्नुपर्छ र आफ्नो सम्पतिको आवश्यक प्रमाणपत्र बुझाउनुपर्छ । साथै सम्पत्तिको मालिकको फोटो, नागरिकताको फोटोकपी, यदि कम्पनी हो भने प्रबन्धपत्र, नियमावली, प्यान नम्बर आदि बुझाउनुपर्छ । कम्पनीले बिमितको आवेदन स्वीकार गरेपछि बीमा शुल्क निर्धारण गर्छ । बीमा शुल्क भुक्तानी गरेपछि करार सुरु हुन्छ ।
कसरी पाउने भुक्तानी ? कस्तो अवस्थामा भुक्तानी पाइँदैन ?
बीमा गरिएको सम्पत्तिको क्षति हुनेबित्तिकै जतिसक्दो छिटो कम्पनीलाई खबर गर्नुपर्छ । अधिकतम १५ दिनभित्र खबर गरिसक्नुपर्ने प्रावधान धेरै ठाउँमा छ । कम्पनीलाई सूचना दिनेबित्तिकै कम्पनीले सर्भेयर पठाउँछ । सर्भेयरले क्षति भएको सम्पत्तिको मूल्यांकन गरेर कम्पनीमा बुझाउँछ । सोही मूल्यांकनअनुसार दुर्घटना भएको प्रमाणित हुने कागजपत्र कम्पनीमा बुझाउनुपर्छ । त्यसपछि कम्पनीले दाबी भुक्तानी गर्छ । आफूले गरेको बीमा सम्पत्तिको कस्तो खालको जोखिम वहन गर्छ, कस्तो खालको अवस्थमा भुक्तानी गर्छ, दाबी कसरी गर्ने, कहाँ गर्ने, कस्तो कागजपत्र बुझाउने भन्ने खालको जानकारी बीमालेखमा नै लेखिएको हुन्छ । 
यदि बिमितले गरेको दाबी नियमसंगत छैन भने भुक्तानी पाउन सकिँदैन । त्यस्तै, कानुनले बर्जित गरेको कारणबाट दुर्घटना भई सम्पत्तिको क्षति भएको रहेछ भने भुक्तानी पाइँदैन । जस्तै, सवारीसाधनको बिमा गरिएको छ तर, सवारीधनीले मादक पदार्थ खाएर सवारी साधनको दुर्घटना भएको रहेछ भने कम्पनी भुक्तानी गर्न बाध्य हुँदैन । 
निर्जीवन बीमा गर्दा ध्यान दिनुपर्ने कुराहरु : 

  • किन र केका लागि बीमा योजना खरिद गर्न लागिएको हो भन्नेबारेमा आफू प्रस्ट हुनुपर्छ ।
  • सबैलाई एकै खाले योजना नसुहाउने भएकाले आफूलाई कुनचाहिँ योजना ठीक छ भनी जानकारी हासिल गर्नुपर्छ ।
  • कसैको बहकाउमा नआई आफ्नो आवश्यकताअनुुसारको बिमा योजना खरिद गर्नुपर्छ । 
  • घर तथा सवारीसाधनको बीमा गर्दा आफ्नो लागत केकस्तो छ भन्ने ध्यानमा राखेर सही योजना छनोट गर्नुपर्छ । 
  • बीमा योजना खरिद गर्दा एकैचोटि भारी योजनातिर लाग्नु हुँदैन । 
  • आफूले खरिद गर्न लागेको बीमा योजनाले आफ्नो साधन वा घरको सम्पूर्ण जोखिमलाई ओगट्छ कि ओगट्दैन भन्नेबारे ध्यान पुर्याउनुपर्छ । 
  • कुनै पनि बीमा योजना खरिद गर्नुपहिले आफ्नो व्यापार वा बीमा गरिने साधनमा के–कस्ता समस्या तथा अप्ठ्यारा आउन सक्छन्, ती बारे पूर्ण अध्ययन गर्नुपर्छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: