
- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ- नेपालमा टुटलका नाममा ‘गैरकानुनी धन्दा’ हुँदा पनि नियामक मौन बस्नुले कानुनको धज्जी उडाउने र अवैध रुपमा करोडौं कमाउने काममा नियामकको पनि मिलेमतो छ कि भन्ने शंका उब्जिएको छ । यातायात सम्बन्धि नेपालको प्रचलित कानुन अनुसार निजी सवारीलाई सार्वजनिक यातायात सेवाको रूपमा प्रयोग गर्न नपाइने भन्ने स्पष्ट व्यवस्था हुँदा हुँदै पनि मोटरसाइकल तथा स्कुटरमा यात्रु ओसारपसामा गर्ने कार्य गरेर टुटल नामक एपको प्रयोग गरेर खुलेआम अवैध धन्क्दा हुँदा पनि नियामकले यस विषयमा केहि पनि बोलेको छैन ।
नीजी सवारी साधनमा यात्रु बोक्नु गैरकानुनी : यातायात व्यवस्था विभाग
टुटलले गरिरहेको गैरकानुनी धन्दाबारे हामीले यातायात व्यवस्था विभागका निर्देशक तथा सूचना अधिकारी गोकर्णप्रसाद उपाध्यायलाई प्रश्न गरेका थियौं । अर्थ सरोकारसँग कुराकानी गर्दै उनले सवारी तथा यातायात व्यवस्था ऐन २०४९ को दफा ८ को उपदफा १ मा निजी प्रयोगको लागि दर्ताको प्रमाणपत्र प्राप्त सवारीलाई निजी सवारी भनिने र उक्त दफाको उपदफा २ मा ‘निजी सवारी यातायात सेवाको लागि प्रयोग गर्न पाइने छैन’ भनी स्पष्ट रूपमा उल्लेख गरिएको हुनाले निजी सवारी साधनमा यात्रु बोक्नु सरासर गैरकानुनी रहेको बताएका छन् । ‘निजी सवारीमा रातो प्लेटमा सेतो अक्षर हुनुपर्छ भनी ऐनको अनुसूची २ को खण्ड ‘ग’मा स्पष्टसँग लेखिएको छ । त्यसैले कसैले पनि यस्तो काम गर्न हुँदैन ।’ उनले भने। ‘अनि यस्तो गलत काम गर्ने टुटललाई किन कारवाही नगरेको भन्ने हाम्रो प्रश्नमा उनले भने, ‘मलाइ यसबारे जानकारी छैन । अहिलेसम्म विभागमा त्यस्ता कुनै पनि कम्पनीले सञ्चालन स्वीकृति पाएका छैनन् । विभागको अनुमति विना कुनै पनि कम्पनीले मोटरसाइकललाई भाडामा प्रयोग गराउनु सरासर गैरकानुनी काम हो । यस्तो गलत काम गर्ने मोटरसाइकलधनीलाई पनि कुनै पनि बेला कारवाही गर्न सकिन्छ । ‘

भाडादर तोक्ने अधिकार टुटललाई कसले दियो ?
यता टुटलले कानुनको धज्जी मात्र उडाएको छैन बरु भाडादरसमेत आफैं तोकेर सरकारलाई ठाडो चुनौतीसमेत दिएको छ । नेपालमा कुनै पनि सवारी साधनको दुरीका हिसावले भाडादर तोक्ने अधिकार विभागसँग मात्र छ । तर टुटलका नाममा यस्तो गलत धन्दासेमत कम्पनीले गैरहेको छ । निजी सवारी पनि भाडाको प्रयोजनमा प्रयोग गर्ने हो भने भाडाका सवारी भनेर छुट्याइरहनु किन पर्यो ? यस्तो गलत काम गर्ने अधिकार टुटललाई कसले दियो ? प्रश्नहरु थुप्रै छन् । तर लामो समय यस्तो गलत धन्दा चलिरहेको भएपनि टुटललाई कसैले पनि कारवाही गर्न सकेको छैन । राजनीतिक आडमा कम्पनीले यस्तो गलत धन्दा चलाईरहेको आरोपसमेत केहिले लगाउने गरेका छन् । तर हाकाहाकी यस्तो अवैध काम गर्नेलाई किन कारवाही हुँदैन भन्ने अर्को प्रश्न हो । यसमा विभाग र शक्तिकेन्द्रको समेत मिलेमतो रहेको बुझ्न गाह्रो छैन ।
के भन्छ टुटल ?
यस विषयमा बुझ्न हामीले टुटको कार्यालयमा सम्पर्क समेत गरेका थियौं । हामीले टुटलका बारेमा जानकारी माग्दा त्यहाँका कर्मचारीले टुटलका सबै अफरहरु बारे सुनाइन् । तर हामीले टुटल गैरकानुनी रहेको प्रसङ्ग उठाएपछि हामीसँग टुटलका कर्मचारीले भने, ‘त्यो त हामीलाई थाहा छैन । हामी त स्टाफ मात्र हो । यस विषयमा बोल्ने सर अहिले अफिसमा हुनुहुन्न ।’ त्यसपछी हामीले यस्तो गलत धन्दा चलाउने हाइपरलुप प्रालिका संचालकलाई समेत फोन गर्यौं तर उनी सम्पर्कमा आउन चाहेनन् । कम्पनीले टुटल डट टुडे नामक वेव साइट र टुटल एप् मार्फत यस्तो गलत धन्दाको प्रचार गरिरहेको छ । कम्पनीले नेपालका केहि सेलीब्रेटीहरुलाई समेत प्रयोग गरेर यस्तो गैरकानुनी धन्दाको मतियार बनाएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्