×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

न्युरोडको एयरटेल बचत तथा सहकारी संस्था लिमिटेडबाट करोडौँ ठगिए ग्राहक, बचतकर्ता आन्दोलनको तयारीमा !

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

न्युरोडको एयरटेल बचत तथा सहकारी संस्था लिमिटेडबाट करोडौँ ठगिए ग्राहक, बचतकर्ता आन्दोलनको तयारीमा !

८ पुष २०७५, आईतवार

पढ्न लाग्ने समय: २ मिनेटभन्दा कम

धुलो–धुँवा खाएर हरदिन न्युरोडमा जुत्ता पालिस गर्नेहरु देखि न्युरोड र त्यस आसपासमा ठूला–ठूला होलसेल व्यापार सञ्चालन गर्ने मारवाडी समुदायका साहु’जी हरु एयरटेल सहकारीमार्फत ठगिएका छन् ।करिब ९ वर्षअघि देखि न्युरोडस्थित धर्मपथमा सञ्चालित एयरटेल सहकारीमा निक्षेपकर्ताहरुले जम्मा गरेको करोडौँ ठगेको उजुरी परेपछि महानगरीय प्रहरी परिसर काठमाडौंले एयरटेलका प्रवन्ध निर्देशक अशोक गोयललाई पक्राउ गरेको छ ।
‘एयरटेलका प्रबन्ध निर्देशक अशोक गोयललाई हामीले पक्राउ गरेर अनुसन्धान गरिरहेका छौँ,’ महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता (डिएसपी) होविन्द्र बोगटी भन्छन्, ‘अहिलेसम्म ५० जना निक्षेपकर्ताबाट १६ करोड ठगी गरेको जाहेरी आएको छ ।’भारतीय मुलका अशोक गोयलको परिवार नै सहकारी ठगीमा संलग्न भएको प्रहरी अनुसन्धानबाट खुलेको छ । आफू प्रबन्ध निर्देशक रहेका अशोकले श्रीमती सुमन गोयललाई एयरटेल बचत तथा ऋण सहकारी संस्थाको अध्यक्ष बनाएका थिए ।
छोरी मेहक अग्रवाल सहकारीको लेखापालको रुपमा कार्यरत थिइन् । अशोकलाई प्रहरीले नियन्त्रणमा लिएपछि उनको श्रीमती सुमन र छोरी मेहक फरार भएका छन् ।निक्षेपकर्ताले बचत गरेको करोडौँ रकम ठगी गर्ने कार्यमा संलग्न रहेका संचालक समितीका सदस्यहरु सीमा बंसल, सारिका जैन, दीपेन्द्र शर्मा, रबिन्द्र सिंह, पुरुषोत्तम अग्रवाल र सुरेन्द्र अग्रवाल पनि फरार भएको महानगरीय प्रहरी परिसर काठमाडौँले जनाएको छ ।
भारतबाट सामान्य हवाई चप्पलमा काठमाडौँ छिरेका अशोकले शुरुमा न्युरोडमा सामान्य कपडा पसल सञ्चालन गरेका थिए । जिल्ला प्रशासन कार्यालय धनुषाबाट नेपाली नागरिकता लिन सफल अशोक हुण्डी कारोबारी समेत भएको बताइएको छ ।९ वर्षअघि खुलेको एयरटेल सहकारीमा २ हजारभन्दा बढी बचतकर्ता रहेका छन् । न्युरोडको सड्कमा जुत्ता पोलिस गर्नेहरु देखि ठूला साहु–महाजनहरुलाई फकाएर जम्मा गरेको रकम अशोकले भारत पठाइसकेको बचतकर्ताहरु बताउँछन् ।
१६ करोड ठगेको जाहेर आएपनि अशोक गोयलको समुहले अहिलेसम्म कुल ३८ करोड ठगी गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ ।‘बचत भएको रकम आफुखुसी लिने अनि चल–अचल सम्पत्ति खरिद गर्ने गरेको अनुसन्धानबाट खुलेको छ,’ काठमाडौं प्रहरी प्रवक्ता (डिएसपी)ं बोगटी भन्छन्, ‘अनुसन्धानको क्रममा अमुक व्यक्तिको नाममा लोन इस्यु गरेर आफै चलाउने गरेको देखिएको छ ।’
सहकारी ऐन र राष्ट्रबैंक ऐन विपरित बिना धितो ऋण बाँडेका उक्त सहकारीको ऋण रकम उठ्ने सम्भावना भने न्युन रहेको छ । किनभने, गोयल परिवारले अमुक ब्यक्तिको नाममा लोन इस्यु गरेर आफैले भोगचलन गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ ।भारतीय मुलका ठूला ब्यापारिको घर–घरमा गएर करोडौं जम्मा गर्न आग्रह गर्ने अशोक गोयलको परिवारबाट धेरैजसो मारवाडीहरु नै ठगिएका छन् ।‘एउटै ब्यापारिबाट ३ करोडसम्म ठगेको देखिन्छ,’ डिएसपी बोगटी भन्छन्, ‘परिवार र आफन्त मिलेर संगठीत रुपमा ठगी गरेको हुनाले हामीले संगठित अपराध तथा ठगी मुद्दामा अनुसन्धान गरिरहेका छौँ ।’
बिजुलीका सामान कारोबारी, क्यामरा व्यापारी, कपडाको व्यापार गर्ने ठूला कारोबारीहरुलाई २२ प्रतिशतसम्म व्याजको लोभ देखाएर गोयलले करोडौँको निक्षेप संकलन गरेका थिए ।निक्षेपकर्ताबाट संकलित रकमबाटै गाडी खरिद गर्नेगरी गोयलले ३ करोड मुल्य पर्ने ‘रेञ्ज रोभर’ गाडी बुक गरिसकेको अवस्थामा पक्राउ परेको न्युरोडका एक व्यापारीले जानकारी दिएका छन् ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
ACTIVE ACADEMY

प्रतिक्रिया दिनुहोस्

सिफारिस: