×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

राष्ट्रिय वाणिज्य बैंकको चरम लापरवाही : बैंकमा ७८ हजार रुपैयाँ राख्दा भयो ७८ लाख रुपैयाँ जम्मा !

PRIME CA

राष्ट्रिय वाणिज्य बैंकको चरम लापरवाही : बैंकमा ७८ हजार रुपैयाँ राख्दा भयो ७८ लाख रुपैयाँ जम्मा !

१० पुष २०७५, मंगलवार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अर्थ सरोकार संबाददाता 
काठमाडौँ – राष्ट्रिय वाणिज्य बैंकका कमजोरीहरु एक एक गरी बाहिर आइरहेका बेला त्यस्तै अर्को घटना पनि सार्वजनिक भएको छ । बैंकको लापरवाहीका नागढुंगा बस्ने सञ्जय श्रेष्ठले ७८ लाख रुपैयाँ ठगी गरेको खुलासा भएको छ । बैंक ठगीको आरोपमा श्रेष्ठलाई सीआइबीले पक्राउ गरेपछि यस्तो रहस्य खुलेको हो । एक रुपैयाँ बैंकमा डिपोजिट गर्दा खातामा सीधै एक डलर जम्मा हुने गरेको र पटक–पटक गरी ७८ हजारसम्म जम्मा गरेर ७८ हजार डलर ठगी गरेको खुलेको हो । पछिल्लो समय आफू आर्थिक समस्यामा परेकाले गलत काम गर्नुपरेको उनले बताएका छन् । 
यस्तो छ ठगीधन्दाको नालीबेली ! यसरी खुल्यो पोल !
बैंकको कोर बैंकिङ सिस्टम (सिबिएस)को कमजोरीले यस्तो भएको हो । गत वर्ष श्रेष्ठले बैंकको न्युरोड शाखामा खाता खोलेका श्रेष्ठले सो खातामा अनलाइन बैंकिङ, मोबाइल बैंकिङ तथा मोबाइल वालेटमार्फत पैसा जम्मा गरेका थिए । त्यसरी पैसा ट्रान्सफर गर्दा गर्दा सीधै डलरमा पैसा देखियो र श्रेष्ठले पैसा ठगेको खुल्यो । यस विषयमा न बैंकले थाहा पायो न उनले बैंकमा यस विषयमा सोधनी नै गरे । तर गत वर्ष मार्चमा जापान गएका उनले त्यहाँ सोही खाताबाट कार्डमार्फत २ हजार डलर खर्च गरे । उनी नेपाल आउने जापानीहरूको ट्रान्सलेटरका रूपमा काम गर्दथे ।बल्ल बैंकले थाहा पायो कि रुपैयाँ जम्मा गर्दा सिष्टमले डलर देखाएको रहेछ । त्यसपछी बैंकले सीआइबीलाई खबर गरेको थियो ।  सोही सम्बन्धका आधारमा उनी पटक–पटक जापान पनि गएका थिए र सो रकम खर्च गरेका थिए  । उनीविरुद्ध बैंकिङ कसुर मुद्दामा कारबाही अघि बढाइएको सिआइबीका एसपी उमाप्रसाद चतुर्वेदीले बताए ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: