×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

PRIME CA
laxmi sunrise bank

पिरती र सेयर बजार उस्तै भो, ‘तिम्रो माया कति छ कति… हे बरै नलाउ पछि हल्लैको’

  • रामु खनाल  / शेयर बजार बिश्लेषक 
‘सालको पातको टपरी हुनी हे बरै नहुनी सल्लैको , 
तिम्रो माया कति छ कति हे बरै नलाउ पछि हल्लैको’
यो गित अहिले गीतसंगीतको क्षेत्रमा चर्चाको शिखरमा छ । उस्तै छ शेयर बजारको हालत पनि । बजारमा अहिले विभिन्न हल्लाहरु चलिरहेका छन् । लगानीकर्ताहरुले दु:ख मिहिनेत गरेर कमाएको सम्पत्ति अर्थात तिम्रो माया कति छ कति । बजारमा विभिन्न समयमा विभिन्न हल्लाहरु फैलिरहन्छन् । शेयर बजारको आफ्नै बुल र बियरिस साइकल हुन्छ । यो निरन्तर चलिरहने प्रक्रिया हो र चलिरहन्छ । यो कसैले भनेर हुने पनि होईन कसैले रोकेर रोकिने पनि होईन । बजारको आफ्नै लय र गति हुन्छ । बुलमा समयमा बजार बाट नाफा हुन्छ भने बियरिस समयमा आफ्नो सम्पत्ति जोगाउन सक्नुपर्छ । बजार निरन्तर घटिरहेको अवस्थामा हल्लाको पछि लाग्दा थप नोक्सानी पनि हुन सक्छ । 
अत: स्टप लस प्रयोग गर्ने अवस्था छैन भने आफ्नो सम्पत्तिलाई जोगाउनुको विकल्प छैन । त्यसैले त उक्त गीततले भने जस्तो तिम्रो माया कति छ कति छ हे बरै नलाउ पछि हल्लैको । यस्तो माया भएको चिजलाई सस्तो बजार हल्लाको पछाडि लागि किन कौडिको भाउमा फ्याक्ने त । बजारले आफ्नो बियरिस साइकल पूरा गरे पछि पुनः बुल साइकल तर्फ उकालो लाग्छ । बजारको नियम नै बुलपछि बियरिस र बियरिसपछि बुल हो । बियरिस समयमा आफ्नो शेयर जोगाउन सक्नुभयो भने त्यसले बुल समयमा अवश्य पनि नाफा दिन्छ । त्यसैले त हे बरै नलाउ पछि हल्लैको ।
केहि लगानीकर्ताहरु यस्तो समयमा आत्तिनु हुदैन भन्ने मनस्थितिमा पनि छन् । बजार बियरिस साइकल पुरा गरे पछि पुनः अवश्य पनि बुल साइकलमा फर्किन्छ भन्ने आशावादी छन् । उनिहरु यस्तो सस्तो बजार हल्लाको पछाडि लाग्नु भन्दा बरु बनभोजको आयोजना गरौं, रमाइलो गरौं भनि बनभोजको आयोजना गरी तस्बिरमा देखिए झै’ सालको पातको टपरी हुनि हे बरै नहुनी सल्लैको , तिम्रो माया कति छ कति हे बरै नलाउ पछि हल्लैको’ भन्ने गितमा छमछमी नाचे पनि । बिगतमा पनि नेप्से ११७५ को उच्च बिन्दु बाट घटेर ३०० बिन्दु भन्दा तल आइपुगेको थियोे । ३०० बिन्दु भन्दा तल नेप्से पुग्दा अव बजार क्र्यास भयो अब बजार फर्किदैन भन्ने व्यापक हल्ला थियो । बजारमा चरम निराशा थियोे । तर पछि उक्त बजार फर्केर १८८१ बिन्दुमा पुग्यो । 
उक्त समयको निराशालाइ खुशीमा बदल्यो । बजारमा लगानी गरिसके पछि धैर्य गर्न सक्नुपर्छ । उक्त समयमा जसले सस्तो बजार हल्लाको पछाडि लागेर शेयर बेच्यो उसले गुमायो । तर जो सस्तो बजार हल्लाको पछि लागेन आफ्नो शेयर जोगाएर राख्यो उसले पछि कमायो । जसले अरु डराएको बेला आफू बजारमा पस्नु पर्छ भन्ने सिद्धान्तको अवलम्बन गरी शेयर खरिद गर्यो उसले कमायो । त्यसैले त भनिन्छ , ‘जो डरगया उ मरगया ।’ बिगतमा नेप्से ११७५ बिन्दु बाट ३०० बिन्दु तल झर्दा लगानीकर्ताहरुको सम्पत्ति करिब ७५% ले घटेर करिब करिब २५% मा सिमित भएको थियोे । अहिले नेप्से १८८१ बिन्दु बाट घटेर ११०० को लाइनमा आएको छ अर्थात लगानीकर्ताहरुको सम्पत्ति करिब करिब ४०-४२% ले मात्र घटेको छ । 
बिगतमा जस्तो समग्र नेप्से २५% मा सिमित भएको अवस्था अहिले छैन । आफ्नो सम्पत्ति करिब करिब ७५% ले सम्म घट्दा सम्म नआत्तिएका बजार मै टिकिरहेका लगानीकर्ताहरु अहिले आफ्नो सम्पत्ति करिब ४०-४२% ले घट्दा किन आत्तिने , बजार बाट डराएर किन भाग्ने , सस्तो बजार हल्लाको पछाडि किन दौडिने । लगानीकर्ताहरु सबैलाई थाहा नै बजारमा बुल पछि बियरिस आउछ बियरिस पछि बुल आउछ । त्यति फरक हो बुलमा नाफा हुन्छ मन खुशी हुन्छ। बियरिसमा तुलनात्मक रूपमा नाफा कम हुन्छ अलि बढी पीडा हुन्छ जसको लागि धैर्य गर्न सक्नुपर्छ । आफ्नो सम्पत्ति जोगाउन सक्नुपर्छ । अर्को अर्थमा भन्ने हो भन्ने बियरिश समय भनेको लगानी गर्ने समय पनि त हो । त्यसैले त भनिन्छ बजारमा अरु पस्दा आफू भाग्नु अरु भाग्दा आफू बस्नु । सस्तो बजार हल्लाको पछि किन दौडिनु । अनि त तिम्रो (अर्थात लगानीको) माया कति छ कति हे बरै नलाउ पछि हल्लैको ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: