Skip to content
LAXMI SUNRISE BANK

पुषको जाडोमा एजिएमको ‘हट’ रमिता : कैलाशमा माइक खोसाखोस, एनबीमा लात्ति हानाहान, सनराइजमा मुद्धा मामिला

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ- पुष मसान्त लाग्दै गर्दा बैंक तथा वित्तीय संस्थाहरु एजिएमको धपेडीमा छन् । यहिबीचमा थुप्रै खाले लफडाहरु पनि निस्किएका छन् । कतै संचालकबीच नै कुटाकुट भएको खबर छ भने कतै माइक खोसाखोस भएको छ । कतिपय ठाउँमा सेयर होल्डरहरुले सीइओ असक्षम भएको भन्दै राजीनामासमेत मागेका छन् । त कतै बैंकका संचालक नै आफ्नै अध्यक्ष विरुद्ध खनिएका छन् । 
नेपाल बंगलादेश बैंकको रमिता : संचालकमाथि लात्ती हानाहान ! 
नेपाल बंगलादेश ब ऐनकको केन्द्रीय कार्यालय प्रयोजनको लागि खरिद गर्न लागिएको सात रोपनी नौ आना जग्गाको विषयलाई लिएर उठेको विवाद लात्ती हानाहानसम्म पुगेको छ । जग्गा खरिदको विषयलाई लिएर बैंकको यही मंसिर २८ गते सञ्चालक समितिको बैठक बसेको थियो । उक्त बैठकमा सर्वसाधारण सेयरधनीका तर्फबाट सञ्चालक बनेका दिपक कार्कीले बैंकको हितविपरीत उक्त जग्गा खरिद गर्नुहुँदैन भने विमति राखे । तर सोही जग्गा खरिद प्रकरणमा विमति राखेकै आधारमा सञ्चालक कार्कीमाथि पुस २५ गते बुधबार साँझ कुटपिट भयो । काठमाडौंको एलिस रिसेप्सनमा बसेको सञ्चालकहरुको बैठकमा कार्कीमाथि लात्ती हान्ने काम भयो । त्यो पनि टिल्ल जाँड खाएको सुरमा ।
कैलाश बिकास बैंकको एजीएममै माइक खोसाखोस, सानिमा बैंकमा पनि लफडा ! 
यता कैलाश बिकास बैंकमा स्टाफ टर्न ओभर बढेको, नियम विपरित कामहरु बैंकमा भएको भन्दै अर्थ सरोकार डटकमको समाचारलाई कोट गरी सीइओसँग प्रश्नको उत्तर मागियो । तर सीइओले चित्त बुझ्दो जवाफ फर्काएनन् । लफडा सुरु भइसकेको थियो । अर्को एक प्रसङ्गमा माइक खोसाखोस भयो । एक छिन् अवस्था तनावग्रस्त बन्यो । एजीएमभर सबैले सीइओमाथि असन्तुष्टि पोखे । सीइओ रातोपिरो भएर घर फर्के । यता सानिमा बैंकमा पनि एजिएमको विषयमा सानो रडाको भएन । एजीएमकै विषयलाई लिएर अध्यक्षकोदेखि सीइओसम्मको राजीनामा माग्ने काम भयो ।  
सनराइजमा मुद्धा मामिला !
यस्तै भयो सनराइज बैंकको केसमा पनि । बैंकमा उम्मेदवारीको विषयलाई लिएर झन् विवाद उत्पन्न भएपछी केस मुद्धा मामिलासम्म पुग्ने भएको छ । कानुनविधि, योग्यता र क्षमतालाई आत्मसाथ गर्दै आफुले दिएको आवेदनलाई लत्याएर विधि, कानुन र वाफियाको कदर नगरी ठाडो आदेशमा समयसीमाभित्र रही देहायबमोजिमका शर्त पूरा गरी दिइएको उम्मेदवारीलाई समेत वेवास्ता गरी समयसीमा तय गरी मनोनयन दाखिलाको दुईदिनपछि अर्थात् मनोनयन दाखिलाप्रति कुनै पनि उजुरी नआउँदा पनि निर्वाचन अधिकृतको भूमिका निर्वाह गरेका अधिवक्ता केदार कोइरालाले बैंकका अध्यक्ष मोतिलाल दुगडको ठाडो आदेश र प्रभावमा परी बैंकका संस्थापक सदस्य श्रवण गोयल र अनुराग गोयलको उम्मेदवारीलाई विनासूचना पूर्वाग्राहीढंंगबाट उम्मेदवारीको सूचीबाट हटाएको भन्दै अनुराग गोयल मुद्धा मामिलामा लागेका छन् ।
यी त प्रतिनिधि उदाहरणमात्र हुन् । विभिन्न बैंकमा यस्ता घटना घटिरहेका छन् ।  
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK