- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ- तपाईंको कुन बैंकमा खाता छ ? वा कतिवटा बैंकमा खाता छ ? नियमित कारोबार गर्ने र अरु एक-दुइ वटा गरेर बढीमा ३-४ वटा बैंकमा खाता होला । त्यो पनि मुस्किलले । तर भ्रष्टाचार मुद्धामा लागेका गोपाल खड्काले भने ५५ वटा बैंकमा कारोबार गर्ने गरेको खुलासा भएको छ । यसो त पाँच वर्षमा पाँच वटा घर बनाए उनले । काठमाडौँमै जग्गा त कति हो कति । निहुँ खोज्नेहरुलाई चन्दा दिइहाल्ने । किनमेल यति गर्ने कि सुपर मार्केटहरुमा एटीएमबाट मात्रै १ करोड ८० लाख भुक्तानी भएको छ । घर जग्गाको हिसाव त कति हो कति ।
उनै खड्काविरुद्ध सोमबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा भ्रष्टाचारको मुद्दा दायर गरेको छ । उनको १८ करोड ६६ लाख ५ हजार ६२९ रुपैयाँ २३ पैसा बराबर सम्पत्ति अवैध भएको अख्तियारको दाबी छ । आयल निगमको भण्डारण स्थल बनाउन विभिन्न ठाउँमा जग्गा खरिद गर्दा अनियमिता गरेको भेटिएपछि खड्कालाई सरकारले २ असोज २०७४ मा बर्खास्त गरेको थियो । आयल निगममा साढे ३ वर्ष कार्यकारी निर्देशक हुँदा खड्काले अकुत सम्पत्ति आर्जन गरेको अख्तियारको अनुसन्धानबाट खुलेको छ । उनले काठमाडौं, ललितपुर, भक्तपुर र काभ्रे जिल्लाका विभिन्न स्थानमा ११ कित्ता जग्गा खरिद गरेको पाइएको छ ।
कारोबार नभएको वाणिज्य बैंकनै छैन ! यस्तो छ आम्दानीको हिसाव !
यसो त उनले कारोबार नगरेको वाणिज्य बैंक नै छैन । तर उनको कारोबार बढीचाहिं सिटिजन्स बैंक र एनएमबि बैंकमा देखिएको छ । अख्तियारका अनुसार खड्काले २ चैत २०६९ देखि अनुसन्धान अवधिसम्म पारिश्रमिकबाट ४० लाख ५७ हजार १५५ रुपैयाँ ४७ पैसा आर्जन गरेका छन् भने जग्गा बिक्रीबाट ५८ लाख ७५ हजार, घर भाडाबाट १३ लाख ५६ हजार उनले आम्दानी गरेका छन् । यस्तै जागिरबाट उनले अवकाश हुँदा २९ लाख २२ हजार ६९८ रुपैयाँ २८ पैसा आर्थिक सुविधा पाएका छन् । अख्तियारका अनुसार उनको पेन्सनबाट १४ लाख ७८ हजार ४८२ रुपैयाँ २४ पैसा उनले कमाएका छन् भने गाडी बिक्रीबाट ३५ लाख र रेमिट्यान्स आयबाट प्राप्त ८ लाख २६ हजार ९१३ रुपैयाँ ५४ पैसा उनले पाएका छन् । अख्तियारका अनुसार सबै यी र यिनै सबैखाले आम्दानी जोड्दा उनको आम्दानी ८ करोड ६४ लाख ६९ हजार ७५१ रुपैयाँ ५३ पैसा हुन्छ । तर, उनले २ चैत २०६९ पछि मात्र ३ वटा घर निर्माण तथा खरिद गरेका छन् भने दुई वटा घर खरिदका लागि आंशिक भुक्तानी दिएका छन्
यस्तो छ खड्काको खर्चको कारोबार, सुपर मार्केटहरुमा एटीएमबाट मात्रै झन्डै २ करोड भुक्तानी !
अख्तियारका अनुसार घरजग्गा खरिदमा मात्र उनले ११ करोड ६१ लाख ४३ हजार २०६ रुपैयाँ ३१ हजार खर्च गरेका छन् । १ करोड ६ लाख ४ हजारको शेयर किनेका उनले ऋणको सावाँब्याज भुक्तानीमा ४ करोड २२ लाख ९६ हजार २३९ रुपैयाँ ९९ पैसा खर्चिएका उनले १ करोड २५ लाख ६० हजार सापटी दिएका उनले विभिन्न व्यक्ति तथा संस्थालाई १ करोड १७ लाख ७५ हजार चन्दा दिएको पाइएको छ । छोराछोरीको अध्ययन र सामाजिक व्यवहारमा २५ लाख १४ हजार ६९५ र गाडी खरिदमा १ करोड १७ लाख ४२ हजार खर्चिएका उनले एटीएमबाट सुपरमार्केटहरू १ करोड ८० लाख १६ हजार ४४६ रुपैयाँ ८२ पैसा खर्चिएका छन् । एटिएममा हुने यो हदैसम्मको खर्च हो । अख्तियारका अनुसार विभिन्न ५५ वटाभन्दा बढी बैंक वित्तीय संस्था तथा सहकारीमा उनको खाता भेटिएको जसमा अहिले २ करोड ७१ लाख ५३ हजार ४२१ रुपैयाँ ६४ पैसा ब्यालेन्स छ । यो सबै जोड्दा उनले २५ करोड २८ लाख ५ हजार नौ रुपैयाँ ७६ पैसा लगानी तथा खर्च गरेको भेटिएको छ । यसरी खड्काको १८ करोड ६६ लाख ५ हजार ६२९ रुपैयाँ २३ बराबरको खर्च तथा लगानीको स्रोत खुल्न नखुलेको ठहर गर्दै अख्तियारले भ्रष्टाचारको मुद्दा दायर गरेको छ ।

Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page

प्रतिक्रिया दिनुहोस्