
- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ- केहि समयदेखि गैरकानुनी रुपमा सेवा संचालनमा ल्याईरहेको टुटललाई सरकारले बन्द गर्न निर्देशन दिएको छ । प्रचलित ऐन अनुसार निजि सवारी साधनमा यात्रु बोक्न नपाइने स्पष्ट व्यवस्था हुँदा हुँदै कानुनलाई आफ्नो हातमा लिने प्रयास गरेर संचालनमा ल्याइएको टुटल अन्तत: बन्द भएको हो ।
स्मरण रहोस टुटल गैरकानुनी छ भन्ने तथ्यसहितको समाचार अर्थ सरोकार डटकमले नेपाली मिडियामा नै पहिलोपटक ब्रेक गरेको थियो । टुटल र पठाओ सेवाअन्तर्गत यात्रुलाई सेवा दिइरहेका चारजना मोटसाइकलधनीलाई कारबाही गर्दै ट्राफिक प्रहरीले उनीहरूको सेवा बन्द गरेको हो । अर्थ सरोकार डटकमलाई महासाखाले दिएको जानकारी अनुसार बा २६ प ९९४६, बा ३५ प ८०३४, बा ९३ प ८५१९, लु २० प ७६३४ र प्रदेश ३–०२–००३ प ६५८२ नम्बरको मोटरसाइकलका चालकलाई कारबाही गर्दै यो सेवा बन्द गरिएको हो । महाशाखाका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक बसन्त पन्तले निजी सवारी साधनले पैसा लिएर यात्रु बोक्न नपाइने स्पष्ट पार्दै दर्ता नहुञ्जेल आफ्नो सेवा रोक्न पत्राचार भएको स्पष्ट पारे ।
नेपाली मिडियामा पहिलो पटक टुटल गैरकानुनी छ भन्ने तथ्यसाहितको अर्थ सरोकारले ब्रेक गरेको समाचार :
यातायात व्यवस्था ऐन २०४९ को दफा ८ को उपदफा १ बमोजिम दर्ता भएका सवारी साधनले उपदफा २ बमोजिम निजी सवारी साधन यातायातका लागि प्रयोग गर्न नपाइने व्यवस्था छ । कारवाही गरिएका मोटरसाइकल चालकलाई एक हजारसम्म जरिवना गरिएको छ ।
यता टुटलका संस्थापक तथा प्रमुख कार्यकारी अधिकृत शिक्षित भट्टले भने पुरानो ऐनलाई आधार मानेर नयाँ सेवा बन्द गर्ने हो भने धेरैको व्यवसाय बन्द हुने दावी गरिरहेका छन् । तर कानुन मान्नु पर्छ कि पर्दैन ? वा गैरकानुनी रुपमा असुल गरिएको रकममा कर कति तिरिएको छ भन्ने तथ्य भने उनले सार्वजनिक गैरहेका छैनन् । उनकै भनाइलाइ आधार मान्ने हो भने पनि १२ हजारभन्दा धेरै राइडर रहेको टुटलमा पूरा दिन काम गर्नेले मासिक ५० देखि ६० हजार रुपैयाँसम्म कमाइरहेका छन् ।
त्यसवापत सरकारलाई कति पनि कर तिरिएको छैन । यसले करोडौंको राजश्व पनि गुमेको बुझ्न गाह्रो छैन । यस विषयमा बुझ्दा आन्तरिक राजश्व कार्यालयका एक अधिकारीले टुटल, र पठाओले कर छली गरेको विषयलाई गम्भीरतापूर्वक लिई, छिट्टै नै अनुसन्धानको प्रक्रिया अगाडी लैजाने बताए । आन्तरिक राजश्व कार्यालयको तथ्यांक हेर्ने हो भने टुटल संचालक कम्पनीले कारोबारका आधारमा नगन्यमात्रामा कर तिरेको छ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्