
प्रविण बस्नेत अर्थात कामना सेवा बिकास बैंकका प्रमुख कार्यकारी अधिकृत । अर्थ सरोकारको भिडियो अन्तर्वार्ता स्तम्भ, ‘सीइओसँग ६ प्रश्न’को आजको अंकमा हामीले उनै बस्नेतलाई प्रस्तुत गरेका छौं । प्रस्तुत छ, उनीसँग गरिएको कुराकानीको सम्पादित अंश :
कामना सेवा बिकास बैंक कस्तो बैंक हो ? अहिलेको स्ट्याटस के छ ?
कामना सेवा बिकास बैंक राष्ट्रिय स्तरको ‘ख’ बर्गको बिकास बैंक हो । अहिले बिकास बैंकहरुमध्ये आफुलाई कसरी अब्बल बनाउने भन्ने विषयमा रणनीतिक रुपमा अगाडी बढिरहेको बैंक हो कामना सेवा बिकास बैंक ।बिगतमा पोखराको अब्बल बैंक कामना बिकास बैंक र बुटवलको अब्बल बैंक सेवा बिकास बैंकको मर्जरपछि बनेको संस्था हो कामना सेवा ।

मर्जरपछि कल्चरमा समस्या आउँछ भनिन्छ नि ! कामना सेवा बिकास बैंकलाई त्यस्तो समस्या पर्यो ? कि परेन ?
मर्जर भनेकै २ वा सोभन्दा बढी संस्थाहरुको मिलन हो । दुइवटा संस्थामा भिन्न प्राक्टिस, भिन्न बोर्ड गाइडेन्स्, भिन्न लिडरशिप, र भिन्न मेनेजमेन्ट हुन्छ । त्यस्ता दुइ संस्था एक आपसमा फरक हुनु स्वाभाविक हो । एउटै आमाले जन्माएका दुइ सन्तानलाई उही खालको लालनपोषण गर्दा त सन्तान दुइखाले भइदिन्छन् भने संस्थाहरु आफु इभोलुसन हुने फेजमा केहि फरक हुनु स्वाभाविक नै हो । पोष्ट मर्जरलाई इन्टिग्रेसन कसले र कसरी गरियो भन्ने कुराले अर्थ राख्छ । राम्रो भन्दा पनि हाम्रो तरिकाले वा अव के गर्ने भन्दा पनि हिजो के गर्यौं भनेर लागियो भने समस्या हुन्छ । तर राम्रो के हो भनेर लागियो भने केहि समस्या हुँदैन । कामना सेवा बिकास बैंकको हकमा पोष्ट मर्जर इन्टिग्रेसन सकिएको छ । हामीले दुवै संस्थालाई मिलाएर बेष्ट प्राक्टिस लिएर अगाडी बढेका छौं ।

कामना सेवा बिकास बैंकलाई शाखा विस्तारमा आवश्यकभन्दा बढी एग्रेसिभ भएको आरोप छ नि ?
कामना सेवा बिकास बैंकको हकमा स्टोरी फरक छ । हामी राष्ट्रियस्तरको बैंक हुँदा हुँदै पनि धेरै ठाउँमा हाम्रा शाखा सञ्जाल निल थिए । प्रदेश १,२ र ३ मा हामीले रहरले भन्दा पनि बाध्यताले शाखा विस्तार गरेका हौँ । त्यहाँ हाम्रा शाखाहरु नै थिएनन् । सबै ठाउँमा शाखा नहुँदा फेरि राष्ट्रियस्तरको बिकास बैंक भनिरहन पनि अफ्ट्यारो हुन्छ भनेर हामीले शाखा विस्तारमा केहि जोड दिएका पक्कै हौँ । आगामी दिनहरुमा ब्रान्च ओपनिङमा हामी थप स्ट्राटिजिक भएर अगाडी बढ्छौं ।
तपाईंहरुको रणनीति एनआइसी एशिया बैंककै जस्तो छ भन्ने सुनिन्छ नि ! त्यस्तो हो ?
फरक छ । एउटा राष्ट्रिय स्तरको ‘क’ वर्गको बैंक र राष्ट्रिय स्तरको ‘ख’ बर्गको बिकास बैंक र त्यसमाथि पनि कान्छो बिकास बैंक उही स्ट्राटिजि लिएर मार्केटमा चल्ने कुरा हुँदैन । स्ट्राटीजी भनेको आफ्ना कमजोरी, राम्रा पक्ष र सबै पक्षका कुराहरु हेरेर कसरी बलियो भइन्छ भनेर बनाएको दस्तावेज हो । हामी एकदमै भिन्न धरातलबाट आएको बैंक भएकाले हामीले माटो सुहाउँदो स्ट्राटिजि बनाउनुपर्छ । तर लामो समय कमर्सियल बैंकिङ गरेर आएका हुनाले, धेरै समस्याहरु उस्तै छन्, पढेका मेटेरियलहरु उही छन्, कन्फेरेन्सहरु उस्तै खालका एटेन्ड गरिएका हुनाले स्ट्राटिजिमा केहि समानता आउनु संयोगमात्र हो ।

पछिल्लो समय बैंकिङ अलि बढी नै टफ भएको हो ?
बैंकिङमात्र होइन समग्र अर्थतन्त्र नै ‘टफ’ भएको हो । हिजोको बेला प्रतिष्पर्धा थिएन । कुनै प्रोडक्ट हुनु नै ठुलो कुरा थियो । तर आज एउटा प्रोडक्टकै धेरै सेलरहरु छन् । बैंकिङमा च्यालेन्जहरु बढी भएकै हो । कम्पिटिटर बढी भएपछि त्यो स्वाभाविक हो । तर यसलाई व्यवस्थापन गरेर अगाडी बढ्नुपर्छ । उदाहरणका लागि हामीले कसैको कर्मचारी खोसेर ल्यायौं भने अरु बैंकहरुले पनि त हाम्रो स्टाफ लैजान सक्छन् नि ! यसरीमात्र काम गर्ने हो भने बजारमा हाम्रो योगदान के रह्यो र ? तर हामीले कलेजका विद्यार्थीहरुलाई ल्यायौं र अब्बल बनायौँ भने बजारमा हाम्रो योगदान हुन्छ । तर धेरैजसो हामी बैंकरहरु पहिलो शैली अर्थात सजिलो बाटोतर्फ लागिरहेका छौं । सजिलोबाटो बाट ‘ग्लोरी’ आउंदैन । कसरी राम्रो अभ्यास गरेर जाने भनेर अगाडी बढ्नुपर्छ ।
सेयरधनीले कामना सेवा बिकास बैंकबाट अव के अपेक्षा गर्ने ?
म चार्टड एकाउन्टेन्ट भएकाले पनि म बैंकका सेयरधनी, ग्राहक, कर्मचारी, रेगुलेटरहरुको सन्तुष्टिमा ध्यान दिन्छु । प्रमोटर र सेयरधनीले पाउने रिटर्नको आफ्नै महत्व छ । सबै कुरामा हामी अब्बल भयौं भनेमात्र हामी अब्बल हुन्छौं । धेरै ग्रोथ गर्दैमा वा धेरै डिभिडेन्ड दिँदैमा संस्था अब्बल हुने होइन । तर हामी बलियो हुने हिसाबमा अगाडी बढीरहेका छौं । तर पछिल्ला केहि बर्ष शाखा संजालहरु बढेका छन्, आइटिमा ठुलो खर्च छ, कर्मचारीको तालिममा बढी खर्च भएको छ । सबै कुराहरुमा कष्ट छ । कष्ट भन्दा पनि बढी इन्भेष्टमेन्ट छ । यो सबै कुराहरुको बाबजुत पनि दोहोरो अंकको दिभिडेण्ड दिन्छौं भन्ने विषयमा कोसिस गरिरहेका छौं ।
हेर्नुहोस् भिडियो :
(थप प्रश्नसहितको अन्तर्वार्ताको थप अंश हामी आगामी अंकमा प्रस्तुत गर्नेछौं ।
‘सीइओसँग ६ प्रश्न’ अर्थ सरोकार डटकमको भिडियो स्तम्भ हो ।)
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्