×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सरकारी जागिर नभएकालाई तनाव, ‘बजारको महँगीले ढाड सेकाउने भो, बा-आमाको १ हजार बृद्धभत्ता बढेर के गर्नु ?’

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

सरकारी जागिर नभएकालाई तनाव, ‘बजारको महँगीले ढाड सेकाउने भो, बा-आमाको १ हजार बृद्धभत्ता बढेर के गर्नु ?’

१६ जेष्ठ २०७६, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । सरकारी कर्मचारीको तलव बढेको छ । बृद्धभत्ता ३ हजार पुगेको छ । व्यापारीहरुलाई छोडेर बजेटले खुसी दिएको पक्ष यहि हो । तर बजारभाउ आकासिने भएको छ । पेट्रोलको भाउ बढ्ने पक्का छ । महंगी बढ्ने निश्चित छ । त्यसैले यो बजेटले खुसीभन्दा बढीलाई निराशा बनाउने पक्का छ । 
कर्मचारीहरुको तलब ३ वर्षपछि बढेको हो । तीन वर्ष अगाडि २५ प्रतिशतले बढेको कर्मचारीको तलब यो वर्ष २० प्रतिशतले बढेको हो । निजामती कर्मचारीहरुको आधिकारिक ट्रेड युनियनले आधारभूत तलब ३५ हजार पुर्याउन माग गरेका थिए ।
राजपत्रांकिततर्फ मुख्य सचिवको तलब स्केल १८ प्रतिशतले बढेर ६५१३६ पुगेको छ । त्यस्तै रा.प. विशिष्टको ६०६७५.५, रा.प. प्रथमको ४७३७७, रा.प. द्वितियको ४०३७९.६ र रा.प.तृतीयको ३५९९० पुगेको छ । त्यस्तै, राजपत्र अनंकिततर्फको नयाँ तलब स्केलअनुसार रा.प.अंन प्रथमको २८२००, रा.प.अनं. द्वितियको २६६०४, रा.प.अनं. तृतीयको २२००८, रा.प.अनं. चतुर्थको २०६७६ पुगेको छ ।
हलकाराको पाँचौ स्तरको २७४५६, चतुर्थ स्तरको २४७०८, तृतीय स्तरको २३२०८, द्वितिय स्तरको २१८२८, प्रथम स्तरको २०६७६ पुगेको छ । साथै हुलाकीहरुको पाँचौ स्तरको २६८०८, चतुर्थ स्तरको २४०६०, तृतीय स्तरको २२२२४, द्वितिय स्तरको २०८५६, प्रथम स्तरको १९८९६ पुगेको छ ।
त्यस्तै, हेभी सवारी चालक पाँचौ स्तरको ३४४१०, चतुर्थ स्तरको ३२६१६, तृतीय स्तरको ३०७२०, द्वितिय स्तरको २६९८८, प्रथम स्तरको २३८४४ पुगेको छ ।
हलुका सवारी चालकको पाँचौ स्तरको ३२६१६, चतुर्थ स्तरको ३०७२०, तृतीय स्तरको २६९८८, द्वितिय स्तरको २३८४४ र प्रथम स्तरको २२००८ पुगेको छ ।
कार्यालय सहयोगीको पाँचौ स्तरको २६५६८, चतुर्थ स्तरको २३८४४, तृतीय स्तरको २२००८, द्वितिय स्तरको २०६७६, प्रथम स्तरको १९४७६ पुगेको छ ।
तर बजेटले खुसी सरकारी कर्मचारीलाई मात्र दिएको छ । सरकारी जागिर नभएकाहरुलाई यो बजेटसँगै बढ्ने महंगीले झन् तनाव दिने पक्का छ । त्यसैले नागरिकहरु भन्न थालेका छन्, ”बजारको महँगीले ढाड सेकाउने भो, बा-आमाको १ हजार बृद्धभत्ता बढेर के गर्नु ?’
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी