
काठमाडौँ – के तपाईले बिना रेकर्ड सेयर खरिद गर्दैहुनुहुन्छ ? यदि गर्दैहुनुहुन्छ भने आफुले सेयर खरिद गरेकोे रेकर्ड राख्नुहोस् । किनकी अव नेपालको सेयर कारोबार पुन: कागजी युगमा फर्किएको छ । अनलाइन ट्रेडिङको नयाँ जमानामा यस्तो झन्झटिलो र ‘वाईयात’ नियम आएसँगै सेयर किनेको रेकर्ड नराखे तपाईले घाटा हुँदापनि लाभकर तिर्नुपर्ने अवस्था आउने भएको छ । पूँजीगत लाभकरको नयाँ गणना विधि आएसँगै यस्तो समस्या देखिएको हो । यसो त यो विधि आएसँगै पूँजीगत लाभकरको नयाँ गणना कार्यन्वयनमा कठिनाई देखा परेको छ ।
सेयर ब्रोकर एसोसिएसनले लगानीकर्तालाई आफ्नो सेयरको लागत गणना गरेर विवरण बुझाउन आग्रह गरिसकेको छ । शेयर बिक्रि गरेको भोलीपल्ट आफु स्वयं नै ब्रोकर कार्यालयमा उपस्थिति भएर भारित औसत गणना फाराम भरी सहिछाप गरेर बुझाउन आग्रह गारिएको हो । लगानीकर्ताले शेयर खरिद गरेको प्रमाण खुल्ने कागजात समेत पेश गर्नुपर्ने भएकाले यो विधि झन्झटिलो विधिका रुपमा अगाडी आएको छ । यसो त इन्भेष्टर्स फोरम लगायतले बिज्ञप्ति नै जारी गरेर यस्तो विधिको विरोध गरिसकेका छन् । यद्यपी फोरममा गतिलो नेतृत्व नभएकाले फोरमको पहलले सार्थकता पाउला वा नपाउला भन्न सकिने अवस्था छैन । यद्यपी अन्य संघहरु सरकारसँग नजिक भएकाले केहि पहल गर्लान् भन्ने आशा भने जीवित नै छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्