
काठमाडौँ । आजको कार्यक्रममा हामी बैंक तथा वित्तीय संस्थाभित्र महिला कर्मचारीहरु र बैंकमा कर्जा माग्न गएका महिलाहरुमाथि हुने गरेका, बाहिर आएका र नआएका यौन दुर्व्यवहारका बारेमा सामाग्री प्रस्तुत गर्दैछौं ।अन्याय गर्नुभन्दा अन्याय सहनु ठुलो पाप हो । त्यसैले यस्ता दुर्व्यवहार कसैमाथि पनि भए भने सहेर बस्नु हुँदैन भन्ने सन्देश दिनु आजको कार्यक्रमको मुख्य उद्देश्य हो । र यो कार्यक्रम प्रस्तुत गर्दै गर्दा हामी यो कुरामा पनि सचेत र स्पष्ट छौं कि बाहिर आएका वा चर्चामा आएका केहि घटनाहरुलाई लिएर समग्र बैंकमा काम गर्ने महिलालाई गलत रुपमा हेरियो वा बैंकमा काम गर्ने सबै पुरुषहरुलाई गलत तरिकाले हेरियो भने, त्यो चाहिं झनै अर्को ‘महापाप’ हुन्छ ।
