×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

बैंक अफ काठमाण्डू जग्गा किर्ते प्रकरण : यस्तो छ पूर्व सीइओ अजय श्रेष्ठसहित पक्राउ पर्नेहरुको डिटेल (नामावलीसहित)

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

बैंक अफ काठमाण्डू जग्गा किर्ते प्रकरण : यस्तो छ पूर्व सीइओ अजय श्रेष्ठसहित पक्राउ पर्नेहरुको डिटेल (नामावलीसहित)

Artha Sarokar

८ आश्विन २०७६, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । प्रहरीको केन्द्रिय अनुसन्धान ब्यूरो (सीआइबी)ले बैंक अफ काठमाण्डूको जग्गा किर्ते काण्डमा परेकाहरुको नामावली सार्वजनिक गरेको छ । नक्कली कागजपत्रका आधारमा ऋण दिएको अभियोगमा बैंक अफ काठमाण्डूका तत्कालीन सीइओ अजय श्रेष्ठसहित अन्य पक्राउ परेको खबर बाहिरिएपछि यस विषयमा व्यापक जनचासो भइरहेका बेला सीआइबीले यसरी पक्राउहरुको विवरण सार्वजनिक गरेको हो ।
आफ्नै कर्मचारीले यसरी फसाए !
पहिला घटनाको नालीबेली हेरौं । २०७१ सालमा हेटौंडाका व्यापारी सुरेन्द्र श्रेष्ठले झापामा रहेको खोला छेउको जग्गा धितो राखेर बैंक अफ काठमाण्डूबाट झन्डै ५ करोड ऋण स्वीकृत गराए । ऋण लिए तर तिरेनन् । नतिरेपछि बैंक प्रक्रियामा गयो । बुझ्दै जाँदा धितो नक्कली भएको खुल्यो । हदै भएपछि बैंकले सीआइबीलाई उजुरी गर्यो । प्रहरीले उजुरी परेको १० दिन अर्थात साउन २४ गते ऋणी सुरेन्द्र श्रेष्ठलाई पक्राउ गर्यो । उनले बयानका क्रममा अन्यको नाम लिए र प्रहरीले उनले नाम लिएकाहरुलाई भकाभक पक्राउ गर्यो । अजय श्रेष्ठ यहींनेर मुछिए । 
यो कर्जा लिन सुरेन्द्रले बैंकका तत्कालीन पूर्वाञ्चल क्षेत्र हेर्ने गणेश लम्साललाई हातमा लिए । दुइजनाको पहिलेदेखि नै निकै राम्रो सम्बन्ध थियो । धितो हेर्न उनी नै गएका थिए । उनी अहिले बैंकबाट अवकास प्राप्त भइसकेका छन् । तर यहि प्रकरणमा उनलाई प्रहरीले पक्राउ गर्यो । धितोको मूल्याङ्कन ‘स्वतन्त्र भ्यालुएटर’ भेषराज खत्रीले गरेका थिए जो अहिले फरार छन्। भ्यालुएटर बैंकको कर्मचारी हुँदैनन् । बैंककि कर्मचारी ऋचा श्रेष्ठले सबै कागजपत्र हेरेर नियम/कानुन पालना भएको भनी प्रमाणित गरेकी छिन् । उनी पनि पक्राउ परिसकेकी छिन । भ्यालुएटरले पनि राम्रो भ्यालुएसन गरेको र ऋचा श्रेष्ठले पनि ठिक भनेपछि उक्त फाइल चिफ बिजनेस अफिसर पुष्पराज भण्डारीकहाँ पुग्यो । उनले सबै कुरा ठिक छ भनेर ऋणको फाइल अप्रुभ गरे । उनी पनि पक्राउ परिसकेका छन् । अव सबै ठाउँबाट ठिक भनेर आइसकेको फाइलमा सीइओले सहि गर्छन् । नगरुन् पनि किन, सबै ठिक छ भनेर आएको छ । ऋणीले स्वर्णिम एण्ड सिजनका नाममा झन्डै ५ करोड ऋण पाए ।
CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी