×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सनराइज बैंकको अडिटमा ‘कन्फ्लिट अफ इन्ट्रेष्ट’ : ‘कागज मिलाएर’ यसरी हुन्छ खुलेआम ‘बदमासी’ !

PRIME CA
GLOBAL IME BANK

सनराइज बैंकको अडिटमा ‘कन्फ्लिट अफ इन्ट्रेष्ट’ : ‘कागज मिलाएर’ यसरी हुन्छ खुलेआम ‘बदमासी’ !

२२ भाद्र २०७६, आईतवार

पढ्न लाग्ने समय: < ४ मिनेट

काठमाडौँ । सनराइज बैंक लिमिटेडको लेखापरिक्षणमा हाकाहाकी ‘कन्फ्लिट अफ इन्ट्रेष्ट’ देखिएको छ । बैंकको लेखापरिक्षक नियुक्त भएका पीएल श्रेष्ठ श्रेष्ठ एण्ड कम्पनी रहेकै भवनमा बसेर, काममा आर्टिकल ट्रेनीहरुसमेत बाँडचुड गरेर, र समूहगत रुपमा मिलेर काम गर्ने भए पनि दर्ताका हिसावलेमात्रै फरक बसेका सुदर्शन राज पाण्डेको कर्जा भएको बैंकमा श्रेष्ठले लेखापरीक्षण गर्दा ‘कन्फ्लिट अफ इन्ट्रेष्ट’ देखिएको हो । लेखापरीक्षणको  नियमनकारी निकाय नेपाल चार्टड एकाउन्टेन्ट्स संस्था (आइक्यान)ले जारी गरेको कोड अफ इथिक्समा यस्तो गर्न नहुने उल्लेख छ ।  पीएल श्रेष्ठको अडिट फर्म पीएल श्रेष्ठ एण्ड कम्पनी र एसआर पाण्डेको सिए फर्म एसआर पाण्डे एण्ड कम्पनी सँगै समूहगत रुपमा काम गर्ने गरेका छन् । उनीहरुले उही फोनसमेत ‘सेयर’ गर्ने गरेका छन् ।  

यसरी हुन्छ कागज मिलाएर ‘कन्फ्लिट अफ इन्ट्रेष्ट’ हुने काम !
बैंकका अडिटर पीएल श्रेष्ठ नियुक्त छन् भने श्रेष्ठकै समूहका र उही भवनमा बसेर काम गर्ने सुदर्शन राज पाण्डेको बैंकमा ऋण छ । पाण्डेले मुद्धामार्फत आफ्नै भाइको ऋण सकारी सो धितोलाई अहिले सनराइज बैंकमा राखेर कर्जा निकालेका छन् । त्यहि सनराइज बैंकको लेखापरीक्षकमा भने पीएल श्रेष्ठ एण्ड कम्पनी नियुक्त भएको छ । जहाँ फर्मका पार्टनर राजेश पौडेलको नेतृत्वमा लेखापरीक्षण भएको थियो । पीएल श्रेष्ठ र सुदर्शन राज पाण्डे मिलेर समूहगत रुपमा काम गर्छन् । यतिसम्मकि श्रेष्ठका ‘आर्टिकल ट्रेनीहरु’ सुदर्शन राज पाण्डे अडिटर नियुक्त भएको संस्थामा जान्छन् भने पाण्डेका आर्टिकलहरु पनि श्रेष्ठ अडिटर  नियुक्त भएको कम्पनीमा लेखापरिक्षण गर्न जान्छन् । कागजी रुपमा फरक फर्म भए पनि उनीहरु स्टाफमात्र बाँडफांट गर्दैनन्, बरु उनीहरुको कार्यालय रहेको भवन देखि कतिपय अवस्डथामा कुमेन्ट प्रिन्ट गर्ने प्रिन्टरसमेत उही हुने गरेको छ । यतिसम्मकी ३ बर्ष एउटाले लेखापरिक्षण गरेपछि अर्कोले पुन: त्यहि कम्पनीमा लेखापरिक्षण गर्गनेगरी उनीहरुले आन्तरिक सहमति गरेका छन् । यसरी तीन बर्षमा आफ्नो क्लाइन्ट अन्त नजाओस् भनेर उनीहरुमात्र होइन, धेरैले सिए फर्महरुले काम सँगै गर्ने तर अडिट फर्म फरक दर्ता गर्ने गरेका छन् । यहि रणनीति अनुरुप पीएल श्रेष्ठ र सुदर्शन राज पाण्डेले काम गरेका छन् । सनराइज बैंकमा सुदर्शन राज पाण्डेले आफ्ना भाइको ऋण तिरेर सकारेको घर राखेर ऋण लिएका छन् भने सोहि बैंकमा उनका ‘अघोषित पार्टनर’ अडिटर छन् । आइक्यानले जारी गरेको कोड अफ इथिक्स अनुसार यस्तो गर्नु गलत हो ।
आइक्यानका पधाधिकारी नै भन्छन्, ‘सुदर्शन राज पाण्डेलाई छोएर के सबैको दुश्मन बन्नु ? हामी लाचार छौं भाइ, नाम उल्लेख नगरिदिनू’
यस विषयमा आइक्यानको धारणा लिन हामीले आइक्यानका एक जिम्मेवार अधिकारीलाई फोन गरेका थियौं । तर उनले आफुहरु नियामक भएपनि सुदर्शन राज पाण्डे लगायत केहिको हकमा भने आफुहरु लाचार रहेको प्रतिक्रिया दिएका छन् । ‘पहिला पनि महालेखाबाट सुदर्शन राज पाण्डेलाई कारवाही गर्नु भनेर चिठी आएको हो । हामीले केहि गर्न सकेनौँ । पीएलजी र उहाँसँगै काम गर्नुहुन्छ भन्ने पनि थाहा छ । उहाँहरुको फर्म उही भवनमा छ, काम संगै गर्नुहुन्छ भन्ने पनि थाहा छ । तर बेकार उहाँसँग निहुँ खोजेर हामी बलिको बोका बन्न  चाहदैनौं । मेरो नाम कृपया उल्लेख नगरिदिनुहोला ।’ उनले भने । यसअघि पनि पाण्डेलाई कारवाही गर्न महालेखाले सिफारिस गरेको थियो । तर नियामक आइक्यानमै शक्तिशाली रहेका पाण्डेलाई कुनै पनि खालको कारवाही भएन । त्यहि रिसले अहिले ‘ओभरसाइट बडी’को कन्सेप्टमा अर्थमन्त्रालयमा काम भईरहेको जानकारहरुको ठम्याई छ । 
आर्टिकल ट्रेनी नै भन्छन्, ‘कसको आर्टिकल ट्रेनी हो भन्ने कुरा कागजमा मात्र हुन्छ, हामी दुबैको काममा जान्छौं’
यस विषयमा हामीले सुदर्शन राज पाण्डे र पीएल श्रेष्ठका केहि आर्टिकल ट्रेनीहरुलाई पनि सोधेका थियौँ । उनीहरुले आफुहरु दुबैको क्लाइन्टमा काम गर्न जाने बताएका छन् । ‘हाम्रो नाम आयो भने हामीलाई फर्मले निकालीदिन्छ । तर हामी काम भने दुवै फर्मको गर्छौँ । हाम्रो प्रिन्सिपल को हो भन्ने कुरा कागजमा मात्र सिमित छ । आइक्यानलाई आर्टिकल ट्रेनीङबारे विवरण पठाउँदा अलि सचेत हुने गरेका छौं । कामचाहिं दुवैको गर्छौं ।’ ती आर्टिकल ट्रेनीले भने । उनका अनुसार सनराइज बैंकको अडिट पनि पीएल श्रेष्ठकै भएपनि पाण्डे अन्तर्गत रहेका ट्रेनीहरु पनि उक्त काममा गएका थिए । ‘यसको र उसको भन्ने छैन । हामी उहि समूहमा छौं ।’           
सम्पर्कमा आएनन् पाण्डे, बैंक भन्छ, ‘यस्ता कुरा हामीलाई थाहा नै हुन्न’
यस विषयमा बुझ्न हामीले सुदर्शन राज पाण्डेलाई ३ पटक फोन गर्यौँ । तर उनको फोन निरन्तर अफ छ । यद्यपी उनले यसअघि आफ्नो ऋण सनराइज बैंकमा रहेको स्वीकार गरेका थिए । यता सुदर्शन राज पाण्डेका पार्टनर अरुण राउतले भने पाण्डेको ऋण कहाँ छ भन्ने कुरा आफुलाई थाहा नभएको तर्क गरे । यद्यपी उनले आफुहरु र पीएल श्रेष्ठको समूह सँगै काम गर्ने गरेको स्वीकारे ।  यता पीएल श्रेष्ठका पार्टनरले पनि आफुहरु उही भवनमा बसेर उही फोन नम्बर सेयर गर्ने गरेको स्वीकारे । हामीसँगको कुराकानीमा उनले आर्टिकल ट्रेनीहरुलाई काम पुग्नेगरि दिनुपर्ने भएकाले एउटाको काममा अर्को फर्मको आर्टिकल ट्रेनी पठाउने गरेकोसमेत स्वीकारे । यद्यपी सनराइज बैंकको केसमा भने त्यसो हुनु नपर्ने उनको तर्क छ । ‘तपाईंले कहाँबाट इन्फर्मेसन पाउनुभयो थाहा छैन, तर हामी दुइबै इन्डीपेन्डेन्ट फर्म हौँ ।’ ‘उही भवनमा बस्ने, उही फोन नम्बर प्रयोग गर्ने, एउटाको काममा अर्काको आर्टिकल पठाउने अनि इन्डीपेन्डेन्ट भन्ने ?’ भन्ने हाम्रो प्रश्नमा उनले तर्क गरे, ‘सँगै बस्दैमा र उही फोन नम्बर प्रयोग गर्दैमा इन्डीपेन्डेन्ट नहुने हुन्छ र ?’ तर यता यसरी नम्बर नै सेयर गरेर उही भवनमा बसेर काम गर्ने एउटा बैंकको ऋणी र अर्को अडिटर हुनु नैतिक रुपमा पनि गलत रहेको तर्क यस क्षेत्रका जानकारहरुको छ ।  यता बैंकका कर्मचारीहरुले भने यस्ता कुरा आफुलाई थाहा नहुने दावी गरेका छन् । पीएल श्रेष्ठका पार्टनर राजेश श्रेष्ठलाई सम्पर्क गर्दा भने उनी सम्पर्कमा आएनन् । 

यस विषयमा आइक्यानमासमेत उजुरी गर्ने तयारी यस क्षेत्रका केहि जानकारहरुले गरेका छन् । ‘कारवाही नै नभएपनि सुदर्शन राज पाण्डेले जे गरेपनि हुन्छ भन्ने कुरा भने तोड्नु पर्छ । यसरी हाकाहाकी गलत गर्दा पनि उनलाई आइक्यानले छुट दिन्छ भने देओस्, तर गलतलाई गलत नै भन्नुपर्छ । ‘उनी विरुद्ध उजुरीको तयारीमा रहेका एक सिएले भने ।’

सुदर्शन राज पाण्डेको सनराइज बैंकमा अहिले राखिएको धितोको विषयमा ठुलै विवाद सतहमा आएको थियो । हेर्नुहोस् यो विवादको विषयमा तयार गरिएको रिपोर्ट । जहाँ उनले सो सम्पत्ति सनराइज बैंकमा राखिएको स्वीकारेका छन् । 

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: