×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

मङ्सिरको पहिलो साता कुन बैंकको शाखा कहाँ पुग्यो ? (विवरणसहित)

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

मङ्सिरको पहिलो साता कुन बैंकको शाखा कहाँ पुग्यो ? (विवरणसहित)

६ मंसिर २०७६, शुक्रबार

पढ्न लाग्ने समय: २ मिनेटभन्दा कम

काठमाडौं – बैंकिङ्ग सेवा प्रदान गर्ने उदेश्यले मङ्सिरको पहिलो साता ४ बाट बैंकले विभिन्न स्थानमा शाखा सञ्चालनमा ल्याएका छन्।
काठमाडौं – लक्ष्मी बैंकले आफ्नो शाखा संजाल विस्तार गर्ने क्रममा आफ्नो ११७औँ शाखा सुर्खेतको छिञ्चुमा संचालनमा ल्याएको छ । यो शाखा मार्फत बैकंले ग्राहकहरुको वित्तीय आवश्यकता पुरा गर्न आवश्यक सम्पूर्ण रिटेल बैकिंग सेवाका साथै साना तथा लघु व्यवसायीहरु माझवित्तीय पहुँच पु¥याउने लक्ष्य राखेको छ ।
यो शाखाका साथ लक्ष्मी बैंकले आफ्नो सेवा अझ सुदृढ अनि व्यापक बनाउने विश्वास राखेको छ । सुविधा जनक बचत खाता योजना, मुद्दती निक्षेप योजना, घर तथा सवारी कर्जा, साना व्यवसायी कर्जा, लघुवित्त, लगायतका वित्तीय सेवाहरुको बढ्दो मागलाई पुरा गर्न बैंकले नयाँ तथा वित्तीय पहुँच नपुगेका क्षेत्रहरुमा आक्रामक रुपमा सेवा विस्तार गर्दै आएको छ ।
यो शाखाको विस्तार सँगै बैंकले ग्राहकहरुलाई उनीहरुकै रोजाईको माध्यम अर्थात शाखा कार्यालय, इन्टरनेट बैंकिङ्ग र मोवाईल फोन मार्फत बैंकिङ्ग सेवा प्रादन गरी शहरी तथा अर्ध शहरी क्षेत्रमा आफ्नो ब्राण्ड तथा ग्राहक अनुभवलाई अझ सशक्त पार्ने नीति अनुरुप महत्वपूर्ण फड्को मार्ने विश्वास लिएको छ । यो नयाँ शाखाको साथ लक्ष्मी बैंकको संजाल ४८ जिल्लामा ११७ शाखा, २ एक्सेन्शन काउन्टर र ४ हस्पिटल सेवा काउन्टर, १४२ एटिएम, २५०० भन्दा बढि रेमिटेन्स् एजेन्ट तथा ६४ शाखा रहित बैंकिङ्ग एजेन्टहरु पुगेको छ ।

चितवन

गण्डकी विकास बैंकले एकै दिन चार वटा नयाँ शाखा कार्यालय विस्तार गरी कारोबार शुभारम्भ गरेको छ । बैंकले धादिङ्गको धादिङ्गबेसी, लमजुङ्गको भोटेओडार, तनहुँको जामुने र चितवनको मेघौलीमा एकै साथ शाखा कार्यालय विस्तार गरेको हो । यी शाखा विस्तारसँगै बैंकको शाखा कार्यालय संख्या ८५ पुगेको छ । बैंकको थप विभिन्न ११ स्थानमा शाखा कार्यालयहरुको निर्माण कार्य भइराखेको जनाएको छ ।
बैंकले निक्षेपमा आकर्षक व्याजदर प्रदान गर्दै विभिन्न प्रकारका बचत एवं मुद्दती खाताहरु सञ्चालनमा ल्याएको छ भने कर्जा तर्फ पनि विभिन्न बर्गहरुलाई लक्षित गर्दै आवास कर्जा , अटो लोन, ओभरड्राफ्ट कर्जा , आवधिक कर्जा , विपन्न बर्ग कर्जा , सुन कर्जा प्रवाह गर्दै आउनुका साथै बैंकले ग्राहकलाई आधुनिक बैंकिङ्ग सेवा समेत प्रदान गरेको छ । एटिएम सेवा , मोवाइल बैंकिङ्ग सेवा ,एसएमएस बैंकिङ्ग सेवा, चेक क्लियरिङ्ग सेवा, एविविएस बैकिङ्ग सेवा, लकर सेवा समेत प्रदान गर्दै आएको छ ।

मोरङ

सिद्धार्थ बैंकले मंसिर २ गते सोमबार मोरङको ट्राफिक चोकमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । बैंकले सर्वसाधारण तथा उद्यमीेमाझ सबै प्रकारका निक्षेप तथा कर्जा कारोबार सुविधा, रकम भुक्तानी लगायत सम्पूर्ण बैंकिङ्ग सेवा पुर्याउने उद्देश्यले उक्त शाखा सञ्चालनमा ल्याएको हो । 
उक्त शाखा विस्तार पश्चात् सिद्धार्थ बैंकको कुल शाखा सञ्जाल संख्या १७२ (४ एक्स्टेन्सन् काउन्टर सहित) पुगेको छ । बैंकले १०१ शाखारहित बैंकिङ्ग सेवा, १८७ ATM र १,६०० भन्दा बढी एइक् मेसिनका साथै बैंकले निक्षेप तथा कर्जा सुविधा, घरमै बसेर बैंक खाता खोल्न सकिने अनलाइन सुविधा, रेमिटेन्स सेवा, भिजा एटिएम कार्ड सेवाका मार्फत् उच्चस्तरिय बैंकिङ्ग सेवा प्रदान गर्दै आएको छ ।

एनआईसी एशिया बैंकको नयाँ शाखा रसुवाको स्याफ्रुबेसीमा सञ्चालन गरेको छ । बैंकले ग्रामीण तथा दुर्गम स्थानहरुमा समेत आफ्नो उपस्थितिलाई थप दरिलो बनाउने क्रमसँगै रसुवाको स्याफ्रुबेसीमा नयाँ शाखा कार्यालयको औपचारिक उद्घाटन कार्यक्रम सम्पन्न गरेको छ ।
रसुवा जिल्ला, गोसाईंकुण्ड गाउँपालिका वडा नं. ५ स्याफ्रुबेसीस्थित स्याफ्रुबेसी शाखाको सोही गाउँपालिकाका अध्यक्ष कैसाङ नुर्पु तामाङबाट शुक्रबार एक समारोहकाबीच उद्घाटन सम्पन्न भएको छ । स्याफ्रुबेसी शाखा सञ्चालनमा आएसँगै उक्त क्षेत्रका ग्राहकहरुलाई यस बैंकको सेवा प्राप्त गर्न थप सहज हुने विश्वास बैंकले लिएको छ ।
बैंकलाई आमजनमानसले गरेको प्रगाढ विश्वास, अगाध स्नेह र बैंक प्रतिको भरोसाले गर्दा यस बैंकको मुलुकभर ३१० शाखा कार्यालयहरु, ३८९ एटिएम, ९० वटा एक्स्टेन्सन काउण्टर एवं ४२ वटा शाखारहित बैंकिङ्गमार्फत् बैंकिङ्ग सेवा प्रदान गर्दै आएको छ।  
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
ACTIVE ACADEMY

प्रतिक्रिया दिनुहोस्

सिफारिस: