×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

२७ वाणिज्य बैंकको दोस्रो त्रैमास: सबैभन्दा अगाडी राष्ट्रिय वाणिज्य बैंक, अरुको नाफा कति ?

काठमाडौँ –  २७ वटै वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको दोस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेका छन् । सार्वजनिक भएको वित्तीय वित्तीय विवरण अनुसार सबैभन्दा धेरै नाफा राष्ट्रिय वाणिज्य बैंकले कमाएको छ । यस बैंकले २ अर्ब २० करोड ९४ लाख रुपैयाँ खुद नाफा कमाउन सफल भएको हो ।

यस्तै दोस्रो र तेस्रोमा नाफा कमाउने बैंकमा नबिल र एनआइसी एशिया बैंक रहेका छन् । यी दुई बैंकले क्रमश:  २ अर्ब ४ करोड १८ लाख र २ अर्ब १ करोड ६२ लाख रुपैयाँ खुद नाफा कमाएका हुन् । सबैभन्दा कम नाफा आर्जन गर्नेमा सिभिल बैंक रहेको छ । सिभिले ३१ करोड ६२ लाख रुपैयाँ मात्र नाफा कमाएको छ ।

राष्ट्रिय वाणिज्य, नबिल र एनआइसी एशिया बैंकले २ अर्ब भन्दा माथि कमाएका छन् भने १३ बैंकले १ अर्ब भन्दामाथि नाफा कमाएका छन् । साथै ११ बैंकले १ अर्ब भन्दा कम नाफा कमाएका छन् ।



हेनुहोस् कुन बैंकले कति कमाए ?
राष्ट्रिय वाणिज्य बैंक – २ अर्ब २० करोड ९४ लाख रुपैयाँ 
कृषि विकास बैंक – १ अर्ब ५८ करोड १७ लाख रुपैयाँ 
सिटिजन्स बैंक – ६८ करोड ७७ लाख  रुपैयाँ 
मेगा बैंक – ९५ करोड २ लाख रुपैयाँ 
सेन्चुरी बैंक – ६५ करोड २ लाख रुपैयाँ 
सिद्धार्थ बैंक – १ अर्ब २ करोड ६५ लाख रुपैयाँ 
एभरेष्ट बैंक – १ अर्ब ५० करोड ९८ लाख रुपैयाँ 
सिभिल बैंक – ३१ करोड ६२ लाख रुपैयाँ 
बैंक अफ काठमाण्डू – ८८ करोड ३८ लाख रुपैयाँ 
माछापुच्छे बैंक – ८२ करोड १८ लाख रुपैयाँ 
सानिमा बैंक – १ अर्ब १४ करोड ७४ लाख रुपैयाँ 
नेपाल बैंक – १ अर्ब ३५ करोड २३ लाख रुपैयाँ 
सनराइज बैंक – ९४ करोड ४३ लाख  रुपैयाँ 
प्रभु बैंक – १ अर्ब ८ करोड ५७ लाख  रुपैयाँ 
नबिल बैंक – २ अर्ब ४ करोड १८ लाख  रुपैयाँ 
स्टयाण्डर्ड चार्टर्ड बैंक – १ अर्ब २२ करोड ६९ लाख रुपैयाँ 
नेपाल बंगालादेश बैंक – ८० करोड ७७ लाख रुपैयाँ
लक्ष्मी बैंक – ९० करोड ३० लाख रुपैयाँ
कुमारी बैंक – ८० करोड ३० लाख रुपैयाँ 
प्राइम कमर्सियल बैंक – १ अर्ब ३० करोड ७ लाख रुपैयाँ 
हिमालयन बैंंक – १ अर्ब ७४ करोड २४ लाख रुपैयाँ 
नेपाल इन्भेष्टमेन्ट बैंक – १ अर्ब ६६ करोड ६१ लाख रुपैयाँ 
एनआइसी एशिया बैंक – २ अर्ब १ करोड ६२ लाख रुपैयाँ 
ग्लोबल आइएमई बैंक – १ अर्ब ६८ करोड ५९ लाख रुपैयाँ 
नेपाल एसबीआई बैंक – १ अर्ब ७ लाख रुपैयाँ
एनएमबी बैंक – १ अर्ब ६३ करोड ६० लाख रुपैयाँ 
एनसीसी बैंक – ७५ करोड ६३ लाख रुपैयाँ 
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: